• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १० असोज / हिन्दुहरु महान पर्व वडा दशैँको पूर्व संध्यामा वीरगंज उद्योग वाणिज्य संघले सोमबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
संघले आफनै सभाहलमा आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष डा.सुबोद गुप्ता, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सहसचिव अनोज रुँगटालगायतका पदाधिकारीहरु, मधेश प्रदेश का अध्यक्ष गणेश लाठ, सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, अशोक टेमानी, प्रदीप केडीया, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पर्साका सशस्त्रका प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, श्री श्री जंग गणका प्रमुख डायमण्ड कार्कीलगायत विभिन्न राजनैतिक दलका नेता, सन्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
कार्य्रकममा संघका अध्यक्ष डा. गुप्ताले अतिथीहरुलाई बडा दशैंको शुभकामना दिदैं उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो । उहाँले यस क्षेत्रले बोकेको अपार सम्भावना र अवसरका बारे सामुहिक सहकार्यका माध्यमबाट उजागर गर्दै जाने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस् !