वीरगंज (पर्सा), ९ असोज / पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आइतबार सांझ दुई पक्ष बिच झडप भएको छ । गाउँपालिका अध्यक्ष यसवन्त यादवका भाई बलवन्त यादव र अमिताभबचनले सखुवा प्रसौनी गाउँपालिकाकाे वडा नं. ५ बलुवा निवासी बुलेट गिरीलाई कुटपिट गरेपछि भएको झडपमा आधा दर्जन घाईते भएका छ्न् ।
गिरिले गाउँपालिकाकी उपाध्यक्षको कार्यक्षमा बसेर छलफल गरिरहेकाे अवस्थामा गाउँपालिका अध्यक्ष जसवन्त यादव र उनको भाई बलवन्त यादवले कोठा बाहिर बोलाई आफुलाई कुटपिट गरेको गाउँलेलाई फोन गरेर रुदै वताएपछि गाउँबाट पालिका पुगेका बलुवाबासी र अध्यक्ष यादव समर्थक बिच झडप भएको थियो ।
गाउँपालिकामा भएको झडप प्रहरी पुगेपछि सुल्झिए पनि गाउँपालिका अध्यक्ष यादवले आफ्नो समर्थक सहित बलुवा गाउँ भएर घर फर्कने क्रममा त्यहाँ पुनः झडप भएकाे थियाे । झडपकाे क्रममा अध्यक्ष यादव सवार गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सिसा फुटेको छ भने ना २ च ८६६ नम्बरको निजी कारमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
घटना स्थलमा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे र हाल सखुवा प्रसाैनीकाे अवस्था समान्य रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले वताए ।
केही दिन पहिला मात्र गिरी समुदायका राजु गिरी भनिनेले फेसबुकमा गाउँपालिकाको गाडी दुरुपयोग भएको विषयमा ‘स्टाटस’ राखेका थिए । सोही विषयलाई लिएर गाउँपालिका अध्यक्ष यादवका भाइ बलवन्तले गाउँपालिका पुगेका बुलटलाई कुटपिट गर्नुकाे साथै माेबाइल समेत खाेसिलिएकाे वताएका थिए ।
त्यसपी कुटपिटकाे बिषयलाई लिएर नै गाउँपालिकामा बबाल भएकाे स्थानियहरुले वताएका छन् ।
प्रतिक्रिया दिनुहोस् !