Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सहिद परिवारलाई दिने राहत घोषणामै सीमित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २९, २०७९
सहिद परिवारलाई दिने राहत घोषणामै सीमित

वीरगंज (पर्सा), २९ भदौ / मधेस सरकारले सहिद परिवारलाई तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेपछि सहिद लालु भनिने रामभरोसका परिवार खुसी भएका थिए । बाराको सिम्रौनगढ नगरपालिका–८ कचोर्वानिवासी लालु १८ वर्षकै छँदा माओवादी द्वन्द्वकालमा मारिएका थिए ।
२०६० माघ २७ मा नेपाली सेनाको कारबाहीमा नयाँ बस्ती जंगल छेउमा उनको मृत्यु भएको थियो । उनको परिवारले संघीय सरकारबाट पटकपटक गरी राहतस्वरूप १० लाख रुपैयाँ पाइसकेको छ ।
मधेस सरकारको घोषणापछि लालुको परिवार राहत पाउने आशमा थिए, तर घोषणाको एक वर्ष नाघिसक्दा पनि नपाएपछि उनीहरू निराश छन् । लालुका ६० वर्षीय बुबा जंगवीर राय यादवले राहतबाट ऋण सधाउने सोच बनाएका थिए । ‘राहत नपाएपछि निराश छौं,’ उनले भने, ‘ऋणको चपेटामा परेर तनावमा छौं ।’ खेत जति महाजनको नाममा रजिस्ट्रेसन पास गरेर ऋण लिएकाले त्यसको ब्याज तिर्दै हैरानी खेप्नुपरेको उनले बताए । ‘धेरै सहिद परिवारले राहत पाइसके, आफूले पाएको छैन,’ उनले भने, ‘राहत पाएको भए ऋण सधाउँथे ।’
यस्तै सेनाकै कारबाहीमा सिम्रौनगढ–६ अमृतगन्जका माओवादी कार्यकर्ता अच्छेलाल कुसवाहा घरनजिकको नहर छेउमा २०६० पुसमा मारिए । उनको परिवारले संघ सरकारबाट राहत पाइसके पनि मधेस सरकारबाट पाएको छैन । अच्छेलालका छोरा कुन्दनले भने, ‘राहत वितरणमा मधेस सरकारले विभेद गरेको छ । कसैले पाउने कसैलेनपाउने पनि हुन्छ ?’ सबै विवरण बुझाए पनि सरकारले राहत दिन ढिलाइ गरेको उनको भनाइ छ ।
लालु र अच्छेलाल जस्ता दर्जनौं सहीद परिवार अहिले मधेस सरकारको राहतको पर्खाइमा छन् । सिम्रौनगढ नगरपालिका–११ कै मीनादेवी नुनियाले ३ लाखमध्ये १ लाख रुपैयाँ राहत पाए पनि अझै २ लाख रुपैयाँ नपाएको बताइन् । उनले संघीय सरकारबाट १० लाख रुपैयाँ पाइसकेकी छिन् । उनका पति माओवादी कार्यकर्ता शंकर महतो नुनिया २०५९ पुस १ मा सेनाको कारबाहीमा मारिएका थिए । ‘गत स्थानीय तहको चुनावमा माओवादीका उम्मेदवारले बढी मत नपाउँदा पार्टीका केही नेता भोट नदिएको आरोप लगाउँछन्, त्यसैले राहतको लागि पहल गरिदिएका छैनन्,’ उनले भनिन्, ‘घरमा दौडधूप गर्ने कोही छैनन् ।’
मधेस सरकारले गत आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत द्वन्द्वकाल, जनआन्दोलन र मधेस आन्दोलनमा सहिद भएकालाई ३ लाख राहत दिने घोषणा गरेको थियो । यसबाहेक सहिद परिवारलाई गत असारदेखि नै मासिक २१ हजार रुपैयाँ भरणपोषण भत्ता दिने निर्णय प्रदेश मन्त्रिपरिषद्बाट भएको थियो । तर निर्णय भएको तीन महिना बित्नै लाग्दा कसैले पाएका छैनन् । प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयअन्तर्गत ‘मधेसी सहीद प्रतिष्ठान’ मार्फत भत्ता दिने जनाइएको थियो । प्रतिष्ठानका निर्देशक छठु चौधरीले रकम अपुगसँगै सहिद परिवार पहिचानमा समस्या भएको बताए । उनका अनुसार प्रदेशका ८ जिल्लाको ५ सय ३८ जना सहिदको सूची उपलब्ध भएको छ । बारामा ८१ जना सहिदमध्ये ५८ जनाले मात्र एक÷एक लाख रुपैयाँको दरले राहत पाएका छन् ।
अरूलाई क्रमशः दिँदै जाने नीति रहेको उनको भनाइ छ । भरणपोषणको भत्ताका लागि कागजात बुझाउन एक साताको सूचना जारी गरिएको उनले बताए । ‘पहिला पनि दुई÷तीन पटक सूचना जारी गरेका थियौं, अहिले फेरि सूचना निकालेका छौं,’ चौधरीले भने । साभार ः कान्तिपुर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि