Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राजनीति आडमा विद्यार्थीको भविष्यसँग खेलवाड गर्दै शिक्षक चौहान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २९, २०७९
राजनीति आडमा विद्यार्थीको भविष्यसँग खेलवाड गर्दै शिक्षक चौहान

वीरगंज (पर्सा), २९ भदौ / राजनीतिको आडमा एक स्थायी शिक्षकले स्कुललाई भताभुङ्ग बनाउन लागि परेको आरोप लागेको छ । पर्साको पर्साको बहुदरमाई नगरपालिका वडा नं. ७ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय फुलकौल भौराटारमा कार्यरत स्थायी शिक्षक रामजी प्रसाद चौहान राजनीतिक आडमा स्कूललाई भताभुङ्ग बनाउन कम्मर कसेर लागेको स्थानीहरुको आरोप छ । चौहान राजनीतिक आडको संरक्षणले विगत तीन महिनादेखि विद्यालयमा उपस्थित पनि भएका छैनन् । गत असार ६ गते देखिहालसम्म उनी स्कूलमा नगएको विद्यालयको हाजरी रजिष्टरबाट प्रष्ट हुन्छ । शिक्षक चौहान लामो समय देखि स्कूलमा अनुपस्थित हुँदा विद्यार्थीहरुको अध्ययन अध्यापन नै ठप्प भएको छ । विद्यालयमा जम्मा ४ जना शिक्षक छन् तर चौहान करिब ३ महिना देखि विद्यालयमा अनुपस्थित रहेकोले ३ जना शिक्षकले भरमा विद्यालय संचालन भइरहेको विद्यालयका प्रधानाध्यापक नरेश प्रसाद यादवले बताए ।
चौहानले श्रीमतिको उपचार गराउनु पर्ने भन्दै सामान्य निवेदन दिएर बिदा लिई उनी राजनीतिक दलको अधिकांश कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने गरेको स्थानीयहरुको भनाई छ । शिक्षक चौहान शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ बहदुरमाई नगरपालिकाका अध्यक्ष पनि हुन् । शिक्षक महासंघका अध्यक्ष नै यसरी गैरजिम्मेवार र लापरवाह भयो भने उनले कसरी अरु शिक्षकहरुलाई व्यवस्थापन र सुधार गर्लान ? उनीमाथि प्रश्न तेर्सिएको छ । शिक्षक चौहान राजनीतिक दलको आडमा स्कूलनै नगई तलब मात्र खाने दाउमा रहेकोले उनको तलब कुनै पनि हालतमा निकाशा नहुने स्कूलका प्रधानाध्यापक यादवले जानकारी दिए । शिक्षक चौहान विद्यालय भन्दा पनि राजनीतिक कार्यक्रममा बढि समय दिने गरेको तर तलब समयमा बुझ्न विभिन्न नेतासँग दबाब दिलाउने गरेको कारण उनी अहिले बसि बसि तलब बुझि रहेको अवस्थामा अब त्यस्तो हुन नसक्ने विद्यालयका प्रधानाध्यापक यादवको भनाई छ । उनी राजनीतिक दलको आडमा विद्यार्थीहरुको भविष्यसँग खेलवाड गरि रहेको बताइएको छ ।
शिक्षक चौहानलाई बारम्बार विभिन्न माध्यमबाट सम्पर्क गर्न खोजेपनि उनी सम्पर्कमा नआएको बताउदै प्रधानाध्यापक यादवको भनाई छ । अब उनी विरुद्ध लिखित रुपमै माथिल्लो निकायमा जानुपर्ने अवस्था पनि सृजना भएको यादवले बताए । शिक्षक चौहान गत असार ६ गते देखि नआएकोले उनको हाजिर समेत काटिएको छ । शिक्षक चौहानको अनुपस्थित बारेमा वडा नं. ७ को कार्यालय, पालिकाको शिक्षा शाखा, प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेती, मेयर, उपमेयरलाई समेत मौखिक रुपमा जानकारी गराई सकेको र अब लिखित रुपमै कारवाही प्रक्रिया अगाडि बढ्ने प्रधानाध्यापकले बताए । स्कूलमा विद्यालय व्यवस्थापन समिति पनि पूर्ण नरहेको देखिएको छ । बिगत २ वर्ष पहिले भएको अभिभावक भेलाबाट निर्मला देवी यादव, धुरेन्द्र पटेल, विनय प्रसाद यादव र रामवती देवी राम गरि ४ जना मात्र व्यवस्थापन समितिमा चयन भएका हुन् । विद्यालय व्यवस्थापन समिति पूर्ण नरहेकोले विद्यालयको भौतिक पूर्वाधार, पठनपाठन, व्यवस्थापन लगायतमा सुधार हुन नसेको प्रधानाध्यापक यादवको भनाई छ ।
शिक्षक चौहानलाई राजनीति नै गर्नु छ भने पहिला शिक्षकबाट राजीनामा दिनु अनि जे पनि गनुृपर्नेमा त्यसो नगरि विद्यालयबाट तलब पनि खाने, राजनीति पनि गर्ने एक तिरबाट दुईवटा निशाना लगाउने दाउमा रहेको स्थानीयहरुको भनाई छ । उनलाई राजनीति नै गर्नुछ भने कम्तिमा राजिनामा दिए, उनको ठाउँमा अन्य जनशक्ति भर्ना गर्न सकिन्थ्यो तर उनी राजिनामा पनि नदिएको कारण जनशक्तिलाई भर्ना गर्न समेत अवस्था नरहेको बताइएको छ । यस विषयमा बहुदरमाई नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवसँग बुझदा शिक्षक चौहानको बारेमा आफुलाई मौखिक रुपमा जानकारी आएको भन्दै लिखित रुपमा जानकारी आए कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए ।
यता स्कूलको चौतर्फि विकासको लागि मैले विभिन्न निकाय, वडा र पालिकाबाट सक्दो सहयोग मागी स्कूलको विकासमा लाग्ने प्रतिबद्धता जनाए । त्यसैगरी बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेति सँग बुझदा शिक्षक चौहानले बिना कुनै जानकारी यति लामो बिदा बस्न नमिल्ने र स्कूलबाट लिखित रुपमा जानकारी आए शिक्षा नियमावली अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि