Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विद्युतीय चुल्होको प्रयोग बढाउन विद्युत आपूर्तिको समस्या सामधान गर्नु पर्छ : मेयर सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २९, २०७९
विद्युतीय चुल्होको प्रयोग बढाउन विद्युत आपूर्तिको समस्या सामधान गर्नु पर्छ : मेयर सिंह

वीरगंज (पर्सा), २९ भदौ / राष्ट्रिय योजना आयोग र क्लीन कुकिंग एलायन्स (सीसीए) को संयुक्त आयोजनामा वीरगंजमा खाना पकाउने स्वच्छ विद्युतीय उर्जाको प्रवर्धन विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ उर्जा अभियान कार्यक्रम अन्तरगत पालिका स्तरिय स्वच्छ उर्जा कार्यक्रम संचालन गर्न लागेको जानकारी गराउँदै अभियानले स्वच्छ उर्जा प्रयोगमा सचेतना लगाउनुको साथै संघिय र स्थानीय सरकारहरुको नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम एलपी ग्यासको खपत घटाइ स्वदेशमा उत्पादित विद्युतको खपत बढाउने उद्देश्य रहेको सीसीएकी नेपाल कन्ट्री मेनेजर करुणा बज्राचार्यले वताइन । वीरगंजस्थित भिस्वा होटलमा भएको कार्यक्रममा वोल्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले विधुतीय चुल्हो (इन्डक्सन चुल्हो) को प्रयोग बढाउन सबैभन्दा पहिले विधुत आपूर्तिमा विद्यमान समस्या सामधान गर्नु पर्ने बताए । उनले भने,जब सम्म छिन छिनमा लाइन कट्ने समस्याबाट मुक्ति पाइदैन तब सम्म विद्युतीय चुल्होको प्रयोग बढाउन सकिँदैन । उनले वीरगंजमा अहिले पनि छिन छिनमा लाइन कट्ने समस्या विद्यमान नै रहेको बताए । यो समस्या सामधानका लागि आफुले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै भेटेर ध्यानाकर्षण गराइसकेको भएपनि वीरगंजमा अझै विद्युत आपूर्तिमा रहेको समस्या पूर्णरूपमा समाधान नभएको उनले बताए ।
नेपाल सरकारले २० युनिट विद्युत निशुल्क गरेको र वीरगन्ज महानरपालिकाले साउन देखि ३० युनिट विद्युत निशुल्क गरेकाले वीरगंजका उपभोक्ताले महिनामा ५० प्रतिशत विद्युत निशुल्क पाइरहेकाले विद्युतीय चुल्होको प्रयोग बढाउने अभियानलाइ केही हदसम्म सहज हुने उनले बताए । विद्युतीय चुल्होको प्रयोग बढाउने अभियानलाई वीरगंज महानगरपालिकाले आफनो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि मेयर सिंहले जनाए । कार्यक्रममा नीति तथा उर्जा विज्ञ मोहन दास मानन्धरले सरकारले अनुदान दिन्छ भनेर कुर्नु भन्दा नागरिक आफैले विद्युतीय चुल्हो किनेर प्रयोग गर्नुपर्ने बताए । उनले एलपीजी ग्याँस भन्दा विद्युतीय चुल्होको प्रयोग गर्दा धेरै फाइदा हुने भएकाले यसको प्रयोग गर्न सुझाव दिए ।
विद्युतीय चुल्होको प्रयोग गर्दा एलपिजी ग्याँसको भन्दा कम खर्च लाग्ने, स्वास्थ्यमा समेत हानी नपुग्ने, इन्धन आयातमा विदेशीने मुद्रा पनि कम गर्न सकिने उनले बताए । उनले अहिले नेपालमा विद्युतको उत्पादन पनि बढ्दै गइरहेकाले विद्युतीय चुल्होको प्रयोग बढाउदा उर्जाको संकट नहुने उनले बताए । जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष पुरन कुर्मीको अध्यक्षता एंव राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाल कर्णको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, हस्क पावर नेपाल प्रालिका निर्देशक मनोज गुप्ता लगायतकाले मन्तव्य राखेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि