Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगरमा ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ संचालनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २६, २०७९
वीरगंज महानगरमा ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ संचालनमा

वीरगंज (पर्सा), २६ भदौ / वीरगंज महानगरवासी स्वस्थ्य रहुँन, निरोगी रहुँन भन्ने उद्देश्यले आइतबारदेखि वीरगञ्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालनमा आएको छ । वीरगंज महानगरपालिकाको वडा नम्बर ३० लालपर्साबाट सुरु गरिएको स्वास्थ्य कार्यक्रममा गर्भवती महिलाको परीक्षण, प्याथोलोजी ल्याब, गर्भवती महिलाको लागि भिडियो एक्सरे, जेनरल परीक्षण, ईसिजी सेवा सहित निशुल्क औषधी समेत वितरण गरिने मेयर राजेशमान सिंहले बताए । आइतबार मेयर स्वास्थ्य घरदैलो कार्यक्रमको औपचारिक उद्घाटन गर्दै मेयर सिंहले यो कार्यक्रम यसअघि गाउँघरमा सञ्चालन हुँदै आएका एक दिने शिविर भन्दा फरक र विशेष प्रकारको भएको बताए ।
उनले भने, ‘एउटा वडामा यो शिविर पाँच दिनसम्म चल्छ, डाक्टरले सुरुमा बिरामीको स्वस्थ्य जाँच गर्छन्, आवश्यक परे ल्याब टेष्ट पनि गरिन्छ, रोग पत्ता लगाएर औषधि दिएपछि मात्रै बिरामीलाई घर पठाइन्छ । ’ हरेक नगरवासीको घरदैलोमै स्वास्थ्य उपचारको सेवा पुगोस् भन्ने उद्देश्यले आफूले यो कार्यक्रम सञ्चालन गरेको उनले बताए । मेयर सिंहले भने, ‘महानगरका ३२ मध्ये १६ वटा वडा ग्रामीण भेगमा छन्, यो भेगमा सहरको जस्तो सुविधा सम्पन्न स्वास्थ्य संस्था छैनन्, उपचारका लागि सहर नै धाउनुपर्ने बाध्यता छ, त्यसैले पहिलो चरणमा ग्रामीण भेगका जनतालाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको हो । ’ उनले आफनो चुनावी घोषणापत्रमा पनि नागरिकको घरदैलोमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख गरेको स्मरण गर्दै त्यही वाचा पूरा गर्न पनि यो कार्यक्रम सुरु गरेको बताए । सिंहले भने, ‘यो कार्यक्रम एउटा वडाका लागि मात्र नभइ महानगरका ३२ वटै वडामा सञ्चालन गरिने छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले वीरगन्ज महानगरले सस्तो लोकप्रियताका लागि नभइ देशका अन्य ७५२ पालिकाले पनि अनुसरण गरुन् भनेर नागरिकको घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सुरु गरेको बताए । चुनावताका जनतासामु गरेका वाचा पूरा गर्न वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरवासीको घरदैलोमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य उपचार सेवा दिन थालेका छन् । मेयर सिंहको निर्देशनमा महानगरपालिकाले वडावडामै विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीलाई टोली पठाएर स्वास्थ्य उपचार सेवा प्रदान गर्न थालेको हो । पहिलो चरणमा वीरगंज महानगरका ग्रामीण भेगका १६ वटा वडालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो । यसमा विशेषज्ञ चिकित्सक (मेडिकल अफिसर) तीन जनासहित स्टार्फ नर्स, हेल्थ असिस्टटेण्ट, अनमी गरी २५ जना स्वास्थ्यकर्मी खटाइएको छ । एउटा वडामा पाँच दिनसम्म सञ्चालन गरिने स्वास्थ्य शिविरमा बिरामीको स्वास्थ्य जाँच गरिनुका साथै ल्याब टेष्ट (रगत, दिशा, पिसाब, खकार इत्यादिको जाँच), इसिजी, भिडियो एक्सरे लगायतका सेवा पनि प्रदान गरिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले बताए ।
बिरामीको जाँच र ल्याब टेष्टसँगै औषधि पनि निःशुल्क वितरण गरिएको उनले जनाए । जयसवालले भने, ‘यो शिविरमा बिरामीलाई नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको ९८ प्रकारका औषधिबाहेक उच्च रक्तचाप, मधुमेह र थाइराइडको औषधि पनि निःशुल्क वितरण गरिरहेका छौं । ’ वडा अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको शीवीरको उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ (क ) का प्रदेश सभा सदस्य जन्नत अन्सारी, जसपाका वीरगंज महानगर अध्यक्ष इश्वरचन्द्र यादव, मेयर सिंहका राजनीतिक सल्लाहकार उमेश सहनी, जसपा नेता प्रेमबाबु पटेल, लालपर्सा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी अनिषकान्त कुशवाहा लगायतको उपस्थिती रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि