Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

पटेल दाजुभाईले बोरामा शव राखेर मुख्य नाका हुँदै सिमा कटाएका थिए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३०, २०७९
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ३० साउन / बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाही बस्ने १४ बर्षिय राजकुमार ठाकुरको निर्ममतापूर्वक हत्या गरिएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईटियाहीमा कक्षा ९ मा अध्ययनरत ठाकुर ट्युसन पढ्नका लागि विगत दुई महिनादेखि वीरगंज आउने गरेका थिए । वीरगंज – १६ नगवा स्थित श्रवण कोचिङ सेन्टरमा ट्युसन पढ्दै गरेका ठाकुर साउन २४ गते बिहान घरबाट ट्युसन पढ्न भनि निस्किए तर उनी फर्किएनन् । उनकै छिमेकी उत्तम पटेल र प्रित्तम पटेल दाजुभाई मिलेर निर्मता पुर्वक हत्या गरेको खुलासा भएको छ ।
राजकुमारलाई वीरगन्ज १६ नगवा बाइपास चौकमा रहेको उत्तम टेलरमा उनलाई बोलाएर पटेल दाजुभाई मिलेर निर्ममता पुर्वक हत्या गरेको खुलेको हो । विहान ट्युशनको लागि निस्केका राजकुमार साँझसम्म घर नफर्केपछि बुवा मोतिलाल ठाकुरले छोराको खोजतलास गरिदिन जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिए । घटना पर्सामा भएकोले बारा प्रहरीका सहयोगमा पर्सा प्रहरीले अनुसन्धान थाल्यो र प्रहरीले नगवा क्षेत्रबाट हराएको हुन सक्ने आशंकामा सीसीटीभी क्यामेराका फुटेजहरु खोज्यो । नभन्दै सीसीटीभी फुटेजले अनुसन्धानका लागि बाटो देखायो ।
पर्सा प्रहरीका अनुसार राजकुमार बिहान बिहान ९ः२० बजे कोचिङ सेन्टरबाट निस्किएका थिए । घर जान लागेका उनलाई दुई जनाले टेलर तिर लगेको पत्ता लाग्यो । राजकुमारलाई ईटीयाहीकै ३० वर्षीय प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेलले आफ्नो टेलरमा लगेका थिए । प्रहरीका अनुसार उनीहरुले टेलरमै कुटपिट गरेर विद्युतको तारले घाँटी कसेर राजकुमारको हत्या गरेको दुबैको बयान छ ।
हत्यापछि कपडाका टुक्राहरु सहित प्लाष्टिकको बोरामा शव पोको पारेर उत्तम र प्रितम पटेलले बोलबम (बाबाधाम) जाने रातो रंगको कपडा लगाएर शवलाई रक्सौलको रेल्वेस्टेशनसम्म पुगेको पाइएको छ । उनीहरुले ना ३८ प ४३९५ नम्बरको मोटरसाइकलमा चढी शवलाई बीचमा राखेर बाइपास सडक हुँदै वीरगंज भन्सार कार्यालय अगाडिको सडकबाट भारत रक्सौलको रेल्वे स्टेशनमा पुगी मुज्जफरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा शव छोडेर फर्किएका थिए ।
मुख्य सडक हुँदै शव भारत पु¥याउँदा प्रहरीले चाल समेत पाएन । जबकी रक्सौलबाट वीरगंज आउँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय समेतले गरेर पाँच ठाउँमा चेक गरिन्छ । साउन २४ गते रेलमा राखिएको शव २७ गते साँझ ५ बजे भारत बिहार भागलपुर जिल्लाको नौगछिया स्थित रेल्वे स्टेशनमा ट्रेन सफा गर्ने क्रममा अलपत्र अवस्थामा फेला पर्यो । त्यसबारे जानकारी पाएपछि साउन २८ गते नेपाल प्रहरी र मृतकका आफन्त पुगेर मृतकको पहिचान गरेर शव बुझेर ल्याएका छन् । शव नारायणी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले घटनाबारे सुनियोजित तरिकाले हत्या गरिएकोले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । हत्यापछि बाबाधाम जाने लुगा लगाएर शव सीमा पारी पु¥याएर मुज्जफरपुर जाने ट्रेनमा छोडिएको अनुसन्धानबाट खुलेको भन्दै प्रहरी उपरीक्षक बस्नेतले भारतीय प्रहरीसँगको समन्वयमा भागलपुरबाट शव ल्याईसकिएको छ, जघन्य प्रकृतिको घटना भएकोले गम्भिर ढंगले अनुसन्धान गरिरहेको उनको भनाई छ ।
हत्याका आरोपीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन
राजकुमारको हत्यामा संलग्न व्यक्तिहरुलाई कडा कारवाहीको माग गर्दै इटियाहीका स्थानीले प्रदर्शन गरेका छन् । गाउँकै २३ वर्षीय राजकुमार ठाकुरको हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने माग राखेर उनीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि मुख्य सडकमा विरोध प्रदर्शन गरेका हुन् । मुलुकी अपराध संहितामा ज्यान मार्ने कसुरमा संलग्न रहेको व्यक्तिलाई जन्म कैदको सजाय हुने व्यवस्था छ तर फाँसीको सजाय गर्ने व्यवस्था कानुनमा छैन ।
अभियुक्तहरुको बुवा ६५ वर्षीय कृष्णा राउत कुर्मीलाई पनि पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने, ज्यान मार्ने अभियुक्तहरुलाई फाँसीको सजाय दिनुपर्ने भन्दै मृतकका आफन्त र गाउँलेले जिल्ला प्रहरी कार्यालय पर्सा घेराउको प्रयास गरेका थिए । उनीहरुलाई सुरक्षाकर्मीले जिल्ला प्रहरी कार्यालय, पर्सा जाने मुख्य बाटोमै रोकेको थियो ।

राजकुमार हत्याको आरोपमा दुईजना पक्राउ
राजकुमार हत्या प्रकरणमा पर्सा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ५ का २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रित्तम पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको शंकामा राजकुमार ठाकुरलाई वीरगंज महानगरपालिका – १६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेका प्रहरीको दाबी छ । उनीहरूले हत्यापछि शवलाई बोराभित्र राखी ना. ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल प्रयोग गरि भारतको रक्सौल रेल्वे स्टेशनमा पु¥याएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान दिएका थिए । त्यही बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार, भागलपुरबाट शव बुझी ल्याएको प्रहरीले जनाएको छ ।
२४ गते ट्युसन पढ्न हिंडेका राजकुमार बेपत्ता भएको भन्दै उनका बाबुले उजुरी दिएपछि खोजतलासका क्रममा पटेल दाजुभाइमाथि शंका लागेर सोधपुछ गर्दा उनीहरुले अपराध स्वीकारेको प्रहरीको दाबी छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि