Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिभिल बैंक र पर्सा प्रहरीको कारण निर्दोष व्यक्ति ४० दिनसम्म प्रहरी हिरासतमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २६, २०७९
सिभिल बैंक र पर्सा प्रहरीको कारण निर्दोष व्यक्ति ४० दिनसम्म प्रहरी हिरासतमा

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २६ साउन / वीरगंज स्थित सिभिल बैंक लिमिटेडको लापरवाही र पर्सा प्रहरीको गलन नियतको कारण एक सर्वसाधारणलाई ४० दिन प्रहरी हिरासत (थुना) मा बस्नु परेको छ । वीरगंज महावीरस्थान स्थित रहेको सिभिल बैंक लिमिटेड वीरगंज शाखाले खाताधारीको चेकबुक अन्य व्यक्तिलाई दिएपछि खाताधारीले अनाहकमा ४० दिन प्रहरी थुनामा बसेका छन् भने ३ लाख धरौटी राखेर थुनामुक्त भएको घटना बारिएिको छ ।
वीरगंज महानगरपालिका वडा नं. २५ सिर्सिया निवासी जियालाल साह तुरहाको नाममा सिभिल बैंकमा खाता रहेकोमा बैंकका कर्मचारीको मिलोमतोमा भिनाजु अयोध्या साहले चेकबुक निकाली पर्सा प्रहरीसँग मिली आफूलाई ४० दिन थुनामा राख्न लगाएको आरोप लगाए । सुख्खा बन्दरगाह स्थित अलौं चोकमा फुटपाथमा तरकारी बेच्ने काम गर्दै आएका जियालालले आफ्नै भिनाजुको योजनामा सिभिल बैंकका म्यानेजर अमर अमात्य र पर्सा प्रहरी नायब उपरीक्षकद्वय ओमप्रकाश खनाल एवं प्रह्लाद कार्कीको गलत नियतको कारण अन्यायमा परेको बताए ।
जियालालले विगत ५ वर्ष अगाडि इँटाको व्यापार गर्नका लागि वीरगंज महानगरपालिका वडा नं. २६ निवासी भिनाजु अयोध्या साहलाई सिभिल बैंक वीरगंज शाखाबाट ३३ लाख रकम कर्जा लिएर दिएका थिए । सुख्खा बन्दरगाह स्थित १० धुर जग्गा धितो राखेर ऋण लिएर भिनाजुलाई साँवा एवं व्याज तिर्नेगरि पैसा दिएकोमा भिनाजु अयोध्याले बैंकलाई कर्जा तिर्न आलटाल गरेपछि बैंकले कर्जा तिर्न दबाब दिन थाल्यो, त्यसपछि भिनाजु र आफ्नै भान्जा पप्पु साह मिली आफूलाई फसाउने योजना बनाएको बताए ।
भिनाजु अयोध्याको योजनामा बैंकले आफ्नो खाताको १० वटा चेक आफूलाई कुनै जानकारी नै नदिई भिनाजु र भान्जालाई दिएको उनको भनाई छ । त्यस पश्चात भिनाजु अयोध्याले आफ्नो परिवारको सदस्यहरुको नाममा ३ लाख, १० लाख, १९ लाख, २० लाख, ९५ लाख गरि १ करोड ६५ लाख ९४ हजार ३ सय ८ रुपैयाको चेक काटि बैंकबाट बाउन्स गराए । बाउन्स चेकहरुमध्ये एउटा १९ लाखको चेक बाउन्सको जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी हाले, त्यस पश्चात पर्साका प्रहरी नायब उपरीक्षकद्वय खनाल र कार्की सहित प्रहरी नायब निरीक्षक तिलकधारी साहले चासो देखाए ।
चेक बाउन्स गरी उजुरी दिएकोबारे जानकारी पाएपछि मिति २०७९ जेठ १९ गते नक्कली हस्ताक्षर गरेर चेकपेश गरेको भनेर जिल्ला प्रहरी कार्यालयमै उजुरी दिदाँ समेत प्रहरीले कारवाही नगरे पश्चात पुनः अर्को मिति २०७९ असार ५ गते जाहेरी दिँदा डिएसपी ओमप्रकाश खनाल र प्रहलाद कार्की एवं प्रहरी नायब निरीक्षक तिलकधारी साहले दुवैजना मिल्नुस् भनेर दबाब पनि दिएको जानकारी दिए । भिनाजु नै हो, १० लाख दिदिनुस्, १५ लाख दिदिनुस्, १० धुर जग्गा नै दिदिनुस् भन्ने जस्ता प्रहरीबाट कुराहरु आएपछि आफूले नमाने पश्चात प्रहरीले आफूलाई थुनामा राखेको बताए ।
आफ्नो नामको चेक अन्य व्यक्तिले लिईसकेकोबारे जियालालले चेक फिर्ता गर्न बैंकमा लिखित निवेदन पनि दिए, तर बैंकले हालसम्म कुनै चेकलाई फिर्ता ल्याएनन् । बैंक र जिल्ला प्रहरीले उनको उजुरीमाथि कुनै किसिमको सुनुवाई नगरि किर्ते हस्ताक्षर गरि चेक बाउन्स गराई जाहेरी दिने भिनाजु अयोध्याको जाहेरीमाथि अनुसन्धानको नाममा ४० दिनसम्म प्रहरीले थुनामा राखेको उनको आरोप छ ।
अयोध्याले बैंकबाट १० वटा चेक हात पारेकोमा ६ वटा चेक बाउन्स गराईसकेका छन् भने ४ वटा चेक अहिलेपनि आफूसँगै राखेको पीडित जियालालको आरोप छ । पर्सा प्रहरीको गलत नियत एवं भिनाजुको आर्थिक प्रलोभनको कारण आफ्नो कुरा कसैले नसुनी अयोध्याको इसारामा प्रहरी नायब उपरीक्षकद्वय र प्रहरी नायब निरीक्षकले आफूमाथि अन्याय गरेको बताए ।

पीडित जियालाल साह तुरहा

अयोध्याको जेठो छोरा हरेराम कुमार साहले जियालाल साह तुराहाको नक्कली हस्ताक्षर गरेर २०७८ फागुन १६ गते सिभिल बैंककै कर्मचारीको मिलोमतोमा १० पेजको १ थान चेकबुक बैंकबाट बुझेको बैंकको सिसिटिभि क्यामरा पनि रेकर्ड छ । पहिलो चेकमा १९ लाख भरेर उक्त बैंकमा चेक बाउन्स गराई उल्टै जियालाल माथि बैंकिङ्ग कसूरमा मुद्दा दर्ता गराई पक्राउ पुर्जी जारी गराएका थिए ।
बैंकिङ्ग कसुरमा मुद्दा दर्ता गर्दा सो बारे सम्बन्धित व्यक्तिसंग एक पटक प्रहरीले बुझ्नु पर्ने प्रावधान रहेपनि प्रहरीले सिधै मुद्दा दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी जारी गराएको पीडित जियालालले वताए । चेक बाउन्स गर्नु अघि बैंकले पनि एकपटक पनि आफुलाई जानकारी अथवा चेक बारे नसोधेको उनको गुनासो छ ।
प्रहरी समक्ष आफूसंग कुनै प्रकारको चेकबुक नरहेको र यो चेकमा मेरो हस्ताक्षर नभएको बारम्बार बयान दिदा समेत प्रहरीले कुनै सुनवाई नगरी उल्टै आफूलाई पक्राउ गरि ४० दिनसम्म हिरासतमा राखेर मानसिक तनाव दिएको उनको आरोप छ । उच्च अदालतमा मुद्दा गएपछि न्यायधीश समक्ष बयानमा आफूसँग चेक नभएको अवस्थामा हस्ताक्षर मैले कसरी गरे, यसको निश्पक्ष छानविन गर्नुपर्ने माँग गरेको थिए ।
न्यायधिशले चेकमा हस्ताक्षर सम्बन्धित खातावालाले नै गरेको हो होईन बुझन केन्द्रिय पुलिस विधि विज्ञान प्रयोगशालामा समेत परीक्षण गराउँदा रिपोर्टमा हस्ताक्षर नक्कली रहेको पुष्टि भएपछि जियालाल ३ लाख रुपैया धरौटी तिरेर छुटेका छन् । विधि विज्ञान प्रयोगशालाको रिपोर्टको आधारमा र सिभिल बैंकको सिसि क्यामरा फुटेजमा समेत अयोध्या साह तुहारा र उनका छोरा हरेराम कुमार साह तुहाराले नक्कली हस्ताक्षर गरेर चेकबुक निकालेको प्रमाण हुँदा हुदै पनि प्रहरीले अयोध्यासँग आर्थिक लेनदेनको प्रभावमा परेर उल्टै आफूलाई प्रताडित गर्ने काम गरिरहेको उनले आरोप लगाए ।
यसबारे सिभिल बैंकका म्यानेजर अमर अमात्यले आफूले केही बोल्न नमिल्ने बताए । चेकबुक खाताधारीको हस्ताक्षर हेरेर दिइएको हो, चेकबुक बुझेको व्यक्ति पनि उनकै आफन्त रहेकोले त्यसमा बैंकको कुनै गल्ती नरहेको बताए । चेक बाउन्स गर्ने बेलामा पनि खाताधारीलाई जानकारी गराइन्छ, तर उनको फोन नलागेको कारण जानकारी नगराएको हुन सक्ने बताए ।
यता पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले त्यो घटनाको बारेमा आफूले केही पनि नबोल्ने गैर जिम्मेवारीपूर्ण जवाफ दिए । त्यस्ता जियालाल कति आउँछन्, कति जान्छन्, उसले जे भन्दैमा त्यसको स्पष्टिकरण दिईरहनु पर्दैन, उसलाई अदालतको आदेश अनुसार पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान गरिएको थियो, अदालतको आदेश अनुसार नै छुटेको तर यसबारे आफूले क्यामरामा केही पनि नबोल्ने भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ दिए ।
प्रनाउ कार्कीले दिएको गैर जिम्मेवारीपूर्ण जवाफले उनको कार्यशैली र अभिव्यक्तिप्रति विरोध हुँदै आएको छ । कोरोना संक्रमण महामारीको बेला पनि कार्कीले औषधी पसलमा छिरी पसलका संचालकलाई बुटले हानेको सिसिटिभि क्यारामा रेकर्ड भएपछि विवादमा परेका थिए । त्यस पश्चात उनलाई प्रदेश प्रहरी कार्यालय झिकाएर विभागीय कारवाही गरिएको थियो तर उनको अभिव्यक्तिप्रति कोही सन्तुष्ट भएनन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि