Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्साबासीले भोगिरहेको समस्यालाई समाधान गर्न माग गर्दै प्रजिअ मार्फत प्रमलाई ज्ञापन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १, २०७९
पर्साबासीले भोगिरहेको समस्यालाई समाधान गर्न माग गर्दै प्रजिअ मार्फत प्रमलाई ज्ञापन

वीरगन्ज (पर्सा), १ साउन / पर्सा जिल्लामा आम नागरिकहरुले भोगिरहेको समस्यालाई समाधान गर्न माग गर्दै नेपाली काँग्रेस पर्साले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । वर्तमान अवस्थामा यस जिल्लाबासीले भोगिरहेका समस्याहरु यथाशिघ्र समाधानको माग गर्दै नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीद्वारा हस्ताक्षरित ज्ञापनपत्र पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाली काँग्रेसको अगुवाईमा गठबंधन सरकार निर्माण भई राज्य सञ्चालन भईरहेको अवस्थामा हाल देखिएका समस्याहरु आफुहरुले प्रधानमन्त्री समक्ष पुर्याउन ज्ञापनपत्र बुझाएको काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले जानकारी दिए । उनका अनुसार आगामी संघिय र प्रदेश निर्वाचन (२०७९) लाई मध्यनजर गरि निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य यस जिल्लामा निर्वाचन कार्यालय पर्साबाट गरिरहेकोमा दिनहु ४००÷५०० जना मतदाताहरु कार्यालयमा पुग्दा जनशक्तिको अभावमा ५०÷६० जनाको नाम मात्रै दर्ता हुने भएकोले गाउँ÷गाउँ बाट आउने आम नागरिकले समस्या भोगिरहेकोले जनशक्तिको व्यवस्था गरि प्रत्येक गाउँ÷वडा मा नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्न व्यवस्था मिलाउन माग गरेको बताए ।
त्यसतै नेपाल कृषि प्रधान देश रहेकोले यस जिल्लाको वासिन्दाको पेशा कृषि नै रहेको हुँदा कृषकहरुलाई धानवाली लगाउने साउन महिनामा रसायनिक मल (खाध) को अभाव भई कृषकहरुको जनजीवन कष्टकर भइरहेको र उत्पादनमा समेत ह्रास हुने भएकोले अविलम्व रासायनिक मल उपलब्ध गराई कृषकहरुको समस्या समाधान गर्न माग गरिएको छ । विभिन्न ६ बुंदे माग सहित बुझाइएको ज्ञापन पत्रमा पर्सा जिल्लाको जिराभवानी गाउँपालिकामा पर्ने ईलाका प्रशासन कार्यालय सुपौलीमा हफ्तामा एक दिन मात्र नागरिकता वितरणदेखि अन्य सेवा दिईरहेकोमा उक्त कार्यालयमा आवश्यक जनशक्ति लगायतको व्यवस्था मिलाई दिनहु सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाली काँग्रेस पर्साको माग गरिएको उल्लेख गरिएको छ ।
यसैगरि पर्सा जिल्लाको दाश्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपािलकामा विगतमा ईलाका प्रशासन कार्यालय स्थापना भई सेवा प्रवाह भइरहेकोमा द्वन्द्व कालमा सो कार्यालय बन्द भई सेवाग्राहीहरु वीरगंज आउनु परेकोले जिल्ला प्रशासन कार्यालयमा भार थपिएको र सेवाग्राहीलाई पनि समस्या रहेकोले पोखरियामा पुनः ईलाका प्रशासन कार्यालय स्थापना गरि सेवा सुरु गराउन माग गरिएको छ ।
पर्सा जिल्लाका कृषकहरुको धानवाली लगाउने सिजन र हाल पानी नपरी सुख्खायाम भई अनावृष्टिको अवस्थामा कृष्कका आशा भरोसा रहेको नारायणी सिचाई व्यवस्थापन कार्यालय पर्सा वीरगंजले नहरमा पानी समेत सञ्चालन नगरेकोमा यथाशिघ्र पानी सञ्चालन गर्न, हुलाकी सडकको वीरगंज – ठोरी सडक खण्डमा सुरक्षाका लागि गण्डक नहर चौक (नवरंगिया) पुल निर प्रहरी चौकी स्थापना गर्न, र पर्सालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न मागहरु पनि राखिएका छन् ।
ज्ञापनपत्र बुझाउने क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पुर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, जिल्ला उपसभापति रामनारायण कुर्मी, प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सचिव दिनेश चौधरी, प्रदेश सदस्य ममता चौधरी, नेता रामरुप कुर्मी, वीरगंज महानगरपालिकाका उपमेयर इमितयाज आलम लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि