Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

धोबिनीका शिक्षा प्रमुखले कमिशन लिन खोजेपछि चार महिनादेखि शिक्षकहरुले तलब पाएनन्

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ३१, २०७९
धोबिनीका शिक्षा प्रमुखले कमिशन लिन खोजेपछि चार महिनादेखि शिक्षकहरुले तलब पाएनन्

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), ३१ असार / पर्साको धोबिनी गाउँपालिका अन्तर्गत विद्यालयमा कार्यरत बालविकास शिक्षक र कार्यायल सहयोगीहरुले विगत ४ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख वृजकिशोर त्रिपाठीको चरम लापरवाही र कमिशन नदिएको कारण तलब रोकेको शिक्षकहरुले गुनासो पोखेका छन् । गाउँपालिका अन्तर्गत रहेका ३ वटा माध्यमिक विद्यालय सहित १७ वटा विद्यालयमा कार्यरत बालविकास र कार्यालय सहयोगीहरुले २०७८ चैतदेखि तलब नपाएको नेपाल शिक्षक महासंघ धोबिनी गाउँपालिका अध्यक्ष महम्मद आरिफ अन्सारीले जानकारी दिए ।
उनका अनुसार शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठीले कमिशन बिनाको कुनै काम नगरेको कारण शिक्षकहरुको तलब रोकिएको आरोप लगाए । गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब पठाउन समेत उनले कमिशन माग गरेको विद्यालयका प्रधानाध्यापकहरुले गुनासो गरेका छन् । गाउँपालिकाका लेखापालले असार २२ गते नै तलबको चेक बनाएपनि शिक्षा शाखा प्रमुखले कमिशन लोभमा असार २९ सम्म रकम विद्यालयको खातामा नपठाएको गाउँपालिका कार्यालय भेटिएका प्रधानाध्यापकहरुले गुनासो गरे ।
शिक्षा शाखा प्रमुख त्रिपाठीले बालबिकास सहजकर्ता, कार्यालय सहयोगीको साथै छात्रवृति, बुक क्रनर, किताबको बाँकी २५ प्रतिशत रकमको चेक कटेपनि नपठाएको अध्यक्ष अन्सारीले गुनासो गरे । धोबिनी गाउँपालिका अन्तर्गत ३ वटा माध्यमिक विद्यालय, ४ वटा मदारसा एवं १० वटा आधारभुत विद्यालय गरि १७ वटा विद्यालय रहेका छन् भने त्यसमा ३० जना बालबिकास सहजकर्ता र कार्यालय सहयोगीहरु कार्यरत छन् । उनीहरुलाई गाउँपालिकाले दिने गरेको मासिक ७ हजारको रकमबाट कमिशन लिनका लागि पारिश्रमिक पठाउन ढिलाई गरेको शिक्षकहरुको आरोप छ ।
शिक्षा शाखा प्रमुख त्रिपाठीले प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहको मिलोमतोमा विद्यालयको हरेक शिर्षकमा कमिशन असुल्ने गरेको अध्यक्ष अन्सारीको भनाई छ । विद्यालयको भौतिक निर्माणदेखि छात्रवृत्ति, सेनेटरी प्याड लगायतका हरेक शिर्षकमा कमिशन असुल्न खोज्ने गरेको प्रधानाध्यपाकहरुको भनाई छ । उनको नियुक्ति गैर कानुनी तरिकाले कमिशन असुल्न कै लागि गरिएको उहाँहरुको भनाई छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारको कार्यकालमा त्रिपाठीलाई शिक्षा शाखा प्रमुख नियुक्ति गरिएपनि उनको नियुक्ति गैर कानुनी रहेको पाइएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु साहले उनलाई जिम्मेवारी मुक्त गरेका थिए । तर पुनः गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जयचन्द्र साह आएपछि त्रिपाठीलाई पुनः शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिएका थिए ।
गाउँपालिकामा हुने शिक्षक नियुक्ति लगायतको थोकमा रकम असुल्नकै लागि त्रिपाठीलाई गैर कानुनी तरिकाले शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइएको गाउँपालिकाकै कर्मचारी स्रोतले जनाएको छ । उनको नियुक्तिको विषयमा पालिकाकै कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा समेत उजरी दिएका छन् ।

 

 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि