• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २८ असार / वन तथा वातावरण मन्त्री प्रदिप यादवले चुरे क्षेत्रको संरक्षण नगरे मधेस मरुभूमिमा परिणत हुने बताउनुभएको छ । क्रियासिल युवा पत्रकार मंच नेपालद्वारा बिरगंजमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वन मन्त्री यादवले क्षनिक स्वार्थका लागि केहि माफियाहरुले काठ तस्करी गर्ने गरको र चुरे दोहन गरी मधेसलाई मरुभूमि बनाउन लागेकोले त्यस्तालाई कानुनी दायरामा ल्याउने बताउनुभएको छ ।
उहाँले राजनीतिक संरक्षणमा बिना लाइसेन्सको क्रसर उद्योगहरु धमाधम संचालन भैरहेकोमा चिन्ता ब्यक्त गर्दै यसरी अबैध रुपमा संचालनमा आएका क्रसर उद्योगलाई चाडो भन्दा चाडो बन्द गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्री यादवले आफ्नो मन्त्रालय सम्बन्धि कार्यहरुको अध्ययन गर्दा दर्जनौ विकास निर्माणका कामहरु वन मन्त्रालयकै अस्पष्ट नीति तथा नियमका कारण अवरुद्ध भएको पाइएकोले आगामी दिनमा बिकासको काममा वन मन्त्रालयको सहयोग रहने बताउनु भयो ।
मन्त्री यादबले वन जंगलको कारण देखाएर निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य नरोकिने बताउनु भएको छ । वातावरणको संरक्षण गर्दै निजगढ विमानस्थल बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले बिज्ञहरुका अनुसार श्रावण देखि भाद्र महिना सम्ममा वृक्षारोपण गरे मात्र त्यसले सार्थक पाउने भएकोले आगामी आर्थिक वर्षको श्रावण महिनामा एक करोड बृक्षारोपण गर्ने अभियान संचालन गर्ने बताउनुभयो िएक फरक प्रसङ्गमा उहाँले नागरिकता बिधेयक असार मसान्तसम्ममा पारित हुने बताउनु भएको छ ।
यसैगरी बिरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले पत्रकार राष्ट्रको चौथो अंग रहेकोले सत्य तथ्यको आधारमा सामाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले आफुहरु गलत बाटोमा लाग्दा सचेत गराउनु दायित्व पत्रकारको हो, तर केही पत्रकारले आफुहरुले राम्रो काम गर्दा समेत भ्रामक समाचार लेखेर जनतालाई दिग्भ्रमित पारेको आरोप लगाउनु भयो ।
क्रियासिल युवा पत्रकार मंच नेपालका अध्यक्ष प्रणय कुमार साहको सभापतित्वमा सम्पन्न भएको मंचका उपाध्यक्ष आन्नद पटेल, कोषाध्यक्ष उपेन्द्र बरै, सदस्य उषा चौधरी, मंचका सल्लाहकार मनोज उपाध्याय, शिवशंकर साह, प्रताप श्रेष्ठ, जसपाका युवा नेता मुकेश दुवेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वन मन्त्री प्रदिप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण मंचका महासचिव धिरेन्द्र साहले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस् !