Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कालिकामाई गाउँपालिकाको ८ औं गाउँसभा सुरु

उपाध्यक्ष बरैनीको कारण नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण स्थगित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २५, २०७९
कालिकामाई गाउँपालिकाको ८ औं गाउँसभा सुरु

वीरगन्ज (पर्सा), २४ असार / पर्साको कालिकामाई गाउँपालिकाको ८ औं गाउँसभा अधिवेशन तथा आ.व. २०७९÷०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण शुक्रवार एक कार्जक्रमका बिच शुभारम्भ भएको छ ।
गाउँपालिकाको वडा नं. ३ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, हरिहरपुर बिर्तामा भएको अधिवेशनमा गणपुरक संख्या नपुगेको कारण आ.व. २०७९÷०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण स्थगित भएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले औपचारिक रुपमा अधिवेशन सुरु भए पनि प्राविधिक कारणले गणपुरक संख्या नपुगेकोले स्थगित गर्नु परेको दुःखेसो सुनाए ।
बैठकका सचिव समेत रहेका गिरीले कानुनी रुपमा अर्को बैठक आह्वान गरी जम्मा जनप्रतिनिधिको न्युनतम ३३ प्रतिशत सहभागी भएको खण्डमा नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण गर्न सकिने र ५० प्रतिशतले सभामा आएको एजेण्डा पास वा फेल गर्न सकिने बताए । कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिका अध्यक्ष बशिष्ट कुमार कलवारले उपाध्यक्ष राजमती देवी बरैनीले एकलौटी रुपमा भागबण्डा खोजेको कारण सफल हुन नसकेकोमा दुःख व्यक्त गर्नु भयो । उपाध्यक्षले राजश्व परामर्श समितिको पटक–पटक बैठक बसाई छलफल गर्नु पर्नेमा उपाध्यक्षले सो कार्य नगरेको र एकलौटी रुपमा आफुलाई अढाई करोड भन्दा बढी बजेट दिनु पर्ने अडान राख्दै केही वडाध्यक्षहरुलाई पनि आफ्नो प्रभावमा पारी कार्जक्रमलाई असफल बनाउन प्रयास गरिरहेको बताउनु भयो । हेर्नमा थुप्रै बजेट देखिए पनि थुप्रै कामहरु पनि गर्नु पर्ने भएकोले विकास बिरोधी उपाध्यक्ष र दुई जना वडाध्यक्षले भागबण्डामै बारम्बार अडान राख्दै आएको बताए ।
पालिकाको बजेट कुनै पनि व्यक्तिको नभई पुरै पालिकावासीको रहेकोले मलाई पनि बजेट चाहिदैन, बजेटमा भागबण्डा होईन, बजेटलाई सबै वडामा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारमा खर्च गर्नु पर्ने बताए । शिक्षामा थुप्रै विकृतिहरु रहेकोले सिसिटिभी क्यामरा जडान गर्नु पर्ने, स्वास्थ्य, कृषि, बाटोघाटोमा थुप्रै सुधार गर्नु पर्ने भएकाले बजेटमा भागबण्डा हैन पुरै पालिकामा आवश्यक रहेको कार्यहरुलाई प्राथमिक्ताका साथ पुरा गर्नमा आफु प्रतिबद्ध रहेको बताए । वडा नं. ५ का निवर्तमान वडाध्यक्षका अध्यक्ष पवन तिवारीले सञ्चालनमा रहेको स्कूललाई बन्द गराई त्यसमा भुसा राखिएको अवस्था पनि रहेकोले त्यस्ता थुप्रै स्कूलहरुलाई सञ्चालनमा ल्याउने हाम्रो अभियान नै रहने बताए ।
कुनै पनि जनप्रतिधिहरुलाई कुनै गुनासो छ भने बाहिर गएर होहल्ला, गलत प्रचार गर्नु भन्दा पनि वार्ताको माध्यमबाट समाधान गर्न सकिनेमा जोड दिएका थिए । कुनै पनि समस्या छ भने सभाबाट भागेर होईन, छलफलबाट समस्या समाधान गर्नु पर्ने बताए । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष लालबाबु राउत बरै, वडा नं. ३ का वडाध्यक्ष संजय कुमार पटेल, वडा नं. ५ का वडाध्यक्ष जयनारायण प्रसाद कुर्मी, कार्यपालिका सदस्यहरु चनरजोतिया दुसादिन, अकलिया खातुन मुकेरी, मालती देवी दुसादिन, ललिता देवी, हरिओम कुमार साह लगायत स्थानिय बुद्धिजिवि, समाजसेवी, कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि