Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कुशवाहा मृत्यू प्रकरण : प्रहरी र न्याधिवक्ताले अभियुक्त संरक्षण गरेको भन्दै विरोध प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २३, २०७९
कुशवाहा मृत्यू प्रकरण : प्रहरी र न्याधिवक्ताले अभियुक्त संरक्षण गरेको भन्दै विरोध प्रदर्शन

वीरगन्ज (पर्सा), २३ असार / बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नं. ६ निवासी प्रभु कुशवाहा मृत्यू प्रकरणमा प्रहरीले १० जना विरुद्ध अभियोगपत्र दर्ता गरेको छ । गत जेठ २३ गते जग्गा नाप नक्साको विषयलाई लिएर विवाद हुँदा दोश्रो पक्षले कुटपिट गर्दा गम्भिर घाइते भएका प्रभू कुशवाहाको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । मृत्यु पश्चात पीडित पक्षले १३ जना विरुद्ध किटानी जाहेरी दिएपनि बारा प्रहरीले घटनाको मु्ख्य योजनाकार रामअयोध्या राय यादव सहित रामसखी देवी, उपेन्द्र कुमार महतोको नाम हटाएर १० जना विरुद्ध मात्र अभियोगपत्र दर्ता गरेको मृतक प्रभु कुशवाहाका छोरा सन्दिप कुशवाहाले जानकारी दिए ।
उनका अनुसार बारा प्रहरी उपरीक्षक दिलीप सिंह देउवा, प्रहरी नायब उपरीक्षक राजेश थापा, प्रहरी निरीक्षक तथा घटनाका अनुसन्धान अधिकृत सुरेन्द्र यादव एवं जिल्ला न्यायधिवक्ता जुद्धबहादुर आले मिली मुख्य योजनाकारहरुलाई संरक्षण गरि बाँकी अरोपी विरुद्ध अभियोगपत्र दर्ता गरेको हो । घटनाका मुख्य योजनाकार रामअयोध्या राय यादव नेपाली काँग्रेस पार्टी कार्यकर्ता भएको नेपाली काँग्रेसका प्रदेश उपसभापति चन्द्रशेखर यादवको निर्देशनमा प्रहरी उपरीक्षक देउवा लगायत जिल्ला न्यायधीवक्ता सहितले उनलाई संरक्षण गर्न लागि परेको पीडित पक्षको आरोप छ ।


हत्या जस्तो सम्वेदनशील घटनामा पनि प्रहरीले नातेदार, पार्टीका कार्यकर्ता संरक्षण गर्ने कार्यले उनको कार्यशैलीप्रति प्रश्न उब्जिएको छ । घटनाका मुख्य योजनाकार रामअयोध्या राय यादवका आफन्त पर्ने प्रहरी निरीक्षक सुरेन्द्र यादव आफै अनुसन्धान अधिकृत रहेकोले यादवलाई संरक्षण गर्न लागि परेका हुन् भने मुख्य योजनाकार यादवका छोरा जिल्ला मालपोत कार्यालय बारामा लेखापालमा कार्यरत रहेकोले पनि प्रहरी लगायत न्यायधिवक्ताले पनि आरोपीलाई संरक्षण गर्न खुलेरै लागेको पीडित पक्षको आरोप छ ।
घटना भए लगत्तै पीडित पक्षले १३ जना विरुद्ध किटानी जाहेरी दिएपनि बारा प्रहरीले शुरु देखि नै मुख्य योजनाकार रामअयोध्या राय यादव सहित तीन जनाको नाम हटाएर मात्रै जाहेर दिन पीडित पक्षलाई दबाब दिदै आएका थिए । तर पीडित पक्षले मुख्य योजनाकार रहेकोले तिनै जना विरुद्ध जाहेर जसरी पनि दिने अडान राखेपछि जिल्ला न्यायधिवक्ता एवं प्रहरी मिली तीन जना बाहेक अन्य १० जना विरुद्ध अभियोगपत्र दर्ता गर्ने निर्णय नै गरेको पीडित पक्षले आरोप लगाएको छ । बारा प्रहरीले किशोरी महतो कोइरी, रामप्रवेश प्रसाद कुशवाहा, विलाश महतो कोइरी, बुनी महतो कोइरी, हिरामन कुमार कुशवाहा, शिवजी प्रसाद कुशवाहा, रामबाबु प्रसाद महतो, संजय कुमार, रामदेव महतो एव. गगनदेव महतो कोइरी विरुद्ध कर्तव्य ज्यान सम्बन्धी अभियोगपत्र दर्ता गरेको हो ।
अभियोगपत्र दर्ता भएकाहरुमध्ये २ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने बाँकी आरोपीहरु अहिलेपनि फरार रहेका छन् भने मुख्य योजनाकार सहित ३ जना आरोपीलाई बारा प्रहरी र जिल्ला न्याधिवक्ताले संरक्षण गरेको पाइएको छ ।

अभियुक्तलाई संरक्षण गरेपछि बारा प्रहरी तथा जिल्ला न्यायधिवक्ता विरुद्ध नारावाजी
बारा प्रहरी र जिल्ला न्यायधिवक्ताले अभियुक्त संरक्षण गरेको भन्दै पीडित पक्षले बारा प्रहरी उपरीक्षक दिलीप सिंह देउवा र जिल्ला न्यायधिवक्ता जुद्धबहादुर आले विरुद्ध प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय बारा अगाडि र जिल्ला न्यायधिवक्ता कार्यालय अगाडि पीडित पक्ष तथा स्थानीयहरुले बारा प्रहरी मुर्दावाद, घुसखोर एसपी मुर्दावाद, घुसखोर एसपी जिल्ला छोड, प्रहरी प्रशासन हायहाय, जिल्ला प्रहरी प्रशासन मुर्दावाद, जिल्ला न्यायधिवक्ता मुर्दावाद, मुख्य आरोपीलाई पक्राउ गर, अभियुक्तलाई संरक्षण गर्न पाइँदैन लगायतका नारावाजी गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि