Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाललाई श्रीलंकासँग तुलना गर्ने अवस्था आएको भन्दै अध्यक्ष डा. गुप्ताद्वारा चिन्ता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १८, २०७९
नेपाललाई श्रीलंकासँग तुलना गर्ने अवस्था आएको भन्दै अध्यक्ष डा. गुप्ताद्वारा चिन्ता

वीरगन्ज (पर्सा), १८ असार / वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले नेपाललाई श्रीलङ्कासँग तुलना गर्नुपर्ने अवस्था आइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । देशमा कच्चा पदार्थको अभाव हुनुका साथै आयात रोकिएको अवस्थामा देशको अर्थतन्त्र खस्किदै गएको डा. गुप्ताको भनाई छ । नेपाल चार्टड एकाउन्टेन्ट संस्था वीरगञ्जले आयोजना गरेको प्रादेशिक तथा स्थानीय बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. गुप्ताले देशमा भित्रिने रेमिट्यान्सलाई एउटै वैद्य बाटो बनाउनुपर्नेमा जोड दिए । अधिकांश विदेशी डलर अवैध रुपमा भित्रिँदा यसले पनि राष्ट्रलाई ठूलो क्षति भइरहेको उनको बुझाई छ ।
स्थानीय एवम् मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएका बजेटमा केही नयाँपन भएपनि अधिकांश योजना पूरानै दोहोरिएकोमा आपत्ति जनाए । बजेट एवम् नीति तथा कार्यक्रममा हरेक वर्ष एउटै कुरा दोहोरिने तर पूरा नहुने परिपाटीको अन्त्य गर्नुपर्ने डा. गुप्ताको सुझाव छ । बजेट हरेक वर्ष आएपनि कार्यन्वयन नहुँदा फ्रिज भएर जाने गरेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका डा. गुप्ताले उत्पादनमुखी बजेट भएमात्र देश समृद्ध बन्न सक्ने धारणा राखे । गास, बास कपास जस्ता जनताका आधारभुत आवश्यक्तालाई परिपुर्ती गर्ने किसिमका योजना ल्याएर रोजगारमा बृद्धि गरी स्वदेशमै उपलब्ध स्रोत साधन एवम् जनशक्तिको भरपुर मात्रामा परिचालन र उपभोग गर्न सके आर्थिक तरलताको समस्या क्षणभरमै समाधान हुने डा. गुप्ताको बिश्वास छ ।
नेपाल चार्टड एकाउन्टेट वीरगञ्जका बरिष्ठ सिए अरबिन्द खेतानको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्जका प्रमुख राजन भट्टराई, वीरगञ्ज महानगरपालिकाका आन्तरिक लेखापाल हरिशंकर प्रसाद कुर्मी, कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका आयुष कुमार साह, प्रसौनी गाउँपालिका बाराका लेखा अधिकृत प्रेम बाबु प्रसाद लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि