Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिराभवानी गा.पा.द्वारा ३६ करोड बढिको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १५, २०७९
जिराभवानी गा.पा.द्वारा ३६ करोड बढिको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), १५ असार / पर्साको जिराभवानी गाउँपालिकाले ३६ करोड बढिको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिका स्थित विवाह भवनमा आयोजित १० औं गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले आर्थिक वर्ष २०७९/०८० को लागि रु ३६ करोड ३९ लाख २२ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेकी छिन् ।
उनले व्यय तर्फ कुल विनियोजित बजेट मध्ये गाउँपालिकाको चालु खर्च रु. ८ करोड ७० लाख ८५ हजार, पूँजीगत खर्च ११ करोड ५७ लाख ३७ हजार, सशर्त तर्फको चालु खर्च रु. ११ करोड २९ लाख र शसर्त पुँजीगत तर्फ ४ करोड ८२ लाख विनियोजन गरिएको वताइन् । त्यसैगरि २०७९/०८० को लागि आय तर्फ अनुमान गरिएको खर्च श्रोत व्यवस्थापन गर्न संघीय तथा प्रदेश सरकारको वित्तिय समानीकरण अनुदानबाट ११ करोड ३० लाख ३४ हजार, सशर्त तर्फ संघीय तथा प्रदेश अनुदान रु. १३ करोड ११ लाख, संघीय तथा प्रदेशको समपुरक तथा विशेष अनुदान रु. ३ करोड, संघीय तथा प्रदेश सरकारको राजस्व बाँडफाँडवाट ८ करोड ८५ हजार मात्र र नपुग हुने रकम रु. १ करोड आन्तरिक श्रोतबाट प्राप्त हुने अनुमान गरेको वताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अनोज चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनतामुखी रहेको बताए । उनले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरिएको नीति कार्यक्रम तथा बजेट शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको वताए । उनले स्वास्थ्य तर्फ प्रत्येक वडामा एक÷एक एम्बुलेन्सको ब्यवस्था गरिने तथा बर्थिङ्ग सेन्टर स्थापना गर्ने र सुत्केरी गराउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने वताए ।


प्रस्तुत बजेटमा गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण कार्यको लागि रु. ३ करोड, वडा स्तरीय योजना सञ्चालन तथा कार्यान्वयनका लागि रु. २ करोड, गाउँपालिका स्तरीय योजना सञ्चालन तथा कार्यान्वयनका लागि रु. २ करोड २५ लाख, गाउँपालिकाका भरि रहेको विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार, पुर्वाधार निर्माण, शैक्षिक समाग्री खरिद अनुदानको लागि रु १ करोड विनियोजन गरिएको छ ।
यसैगरि कृषि विकास कार्यक्रमको लागि रु. १ करोड, महिला, अपाङ्ग, बालबालिका, जेष्ठ नागरिक, पिछडिएको क्षेत्र, दलित, माहादलित, मुस्लिम समुदाय लगायतको जीवनस्तर उकास्नको लागि लक्षित वर्ग कार्यक्रम सञ्चालन गर्न रु. ८० लाख विनियोजन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले गाउँपालिकाले लिएको समृद्ध गाउँपालिकाको लक्ष्य पूरा गर्न कर्मचारी र जनप्रतिनिधि बीचको समन्वय आवश्यक रहेको बताए । उनले किसानहरुको लागि निःशुल्क बिद्युतीय मिटर जडान गरि बार्षिक १०० यूनिटसम्म विद्युत निःशुल्क प्रदान गरिने र भाषा, धर्म सँस्कृति तथा थारु कला संरक्षण एवं सम्बद्र्धनका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको वताए ।
गाउँ सभामा प्रदेश सभा सदस्य शंकर चौधरीले चुनाव जितेपछि जनप्रतिनिधि सबै जनताको प्रतिनिधि भएको वताए । उनले गाउँपालिकाले लिएको लक्ष्य पूरा गर्न र बजेट फ्रिज हुन नदिने गरि काम गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह समेत गरे । गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा आयोजित गाउँ सभामा वडाध्यक्षहरु रामशरण ख्वास थारु, महादेव महतो थारु, सुरुज राय थारू, राजेश्वर महतो थारु, दारा सिंह, लेखा शखा प्रमुख मुकेश मिश्र, गाउँ सभा सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई कार्यपालिका सदस्य सरोज चौरसियाले संचालन गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि