Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारागढी गाउँपालिका : कृषि तथा पशु क्षेत्रमा परिवर्तन, आधुनिक तथा व्यावसायिक खेतीतर्फ कृषकहरु आकर्षित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १३, २०७९
बारागढी गाउँपालिका : कृषि तथा पशु क्षेत्रमा परिवर्तन, आधुनिक तथा व्यावसायिक खेतीतर्फ कृषकहरु आकर्षित

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), १३ असार / बारा जिल्लाको बारागढी गाउँपालिकामा पाँच वर्षको अवधिमा कृषि क्षेत्रमा अत्याधिक सुधार आएको छ । पालिका अन्तर्गत ६ वटै वडामा रहेका कृषियोग्य खेतहरुमा बढि भन्दा बढि बाली उत्पादन गर्न तथा कृषकहरुलाई कृषिप्रति आकर्षित गर्न विभिन्न कार्यहरु गरि कृषि क्षेत्रमा परिवर्तन ल्याएको हो । सिचाईको अभाव, मल एवं बीउको अभावमा बाँझै खेत राख्ने तथा न्यून स्तरमा उत्पादन गर्दै आएका कृषकहरुले अहिले बढि भन्दा बढि धान, गहुँ, मकैहरु उत्पादन गर्न थालेका छन् । पालिकाले कृषकहरुलाई कृषितर्फ आकर्षित गर्नका लागि विभिन्न सेवाहरु दिन थालेपछि पालिकाका कृषकहरु अहिले सिचाईदेखि मल, वीउ सहजै तरिकाले प्राप्त गर्न थालेपछि कृषि क्षेत्रमा परिवर्तन आएको हो ।
पालिकाले कृषकहरुको सहयोगको लागि कृषि इकाईको सहयोगमा कृषि मिटरको सिफारिस दिई सेवा प्रभावकारी बनाएको छ भने विभिन्न खाद्यान्न बालीको उन्नत र मूल बीउ किसानहरुलाई अनुदानमा उपलब्ध गराई खाधान्न बालीमा आत्मनिर्भर बनाउन सहयोग पुयाएको छ । यसैगरि साना सिचाईका आयोजनाहरु मार्फत सिचाईको समस्या न्यूनिकरण गर्नुका साथै बाली अनुसारका सुक्ष्म तत्वहरु किसानलाई अनुदानमा उपलब्ध गराई उत्पादनमा बृद्धि ल्याउन सहयोग पु¥याएको छ ।
हरियो मल प्रयोगमा जोड दिई माटो सुधारमा सहयोग पुर्याएको छ भने बाली बिमा सम्बन्धि अन्तरक्रिया गोष्ठी सञ्चालन गरि बाली बिमा तर्फ पनि कृषकहरुलाई अग्रसर गराई बाली जोखिम न्यूनिकरणमा जोड दिएको छ ।
उन्नत कृषि प्रधान गाउँपालिका रहेकोले यहाँका ९० प्रतिशत सर्वसाधारणहरु कृषितर्फ आत्मनिर्भर छन्, यहाँ खास गरेर धान, गहुँ, मकै बढि उत्पादन हुने गरेको कारण सिजन अनुसार पालिकाले उत्पादनमा वृद्धि गर्नका लागि विभिन्न प्रकारको कार्यक्रमहरु ल्याउनुको साथै सिजन अनुसार धान, गहुँ एवं मकैको वीउ समेत वितरण गर्ने गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले बताए । उनले उत्पादनको लागि चाहिने मल, खाद पनि समयमै वितरण गर्नुको साथै कृषकहरुलाई चाहिने यान्त्रिकरणहरु पनि पालिकाले बेला बखत वितरण गर्ने गरेको अधिकृत चौधरीको भनाई छ ।


किसानहरुलाई आधुनिक खेतीतर्फ अग्रसर गर्न तालिम लगायत जिल्ला एवं प्रदेशबाट प्राविधिकहरु बोलाई कृषकहरुसँग छलफल अन्तरक्रिया समेत गर्ने गरिएको छ । पालिकाको वडा नं. १ र ४ मा मकै पकेट कार्यक्रम संचालन छन् भने वडा नं. २ मा तरकारी पकेट, वडा नं. ३, ५ र ६ मा धान मिसन कार्यक्रम संचालनमा रहेको उनको भनाई छ । अधिकृत चौधरीका अनुसार सिचाईको लागि कृषक समूह, कृषि सहकारी सँस्था मार्फत बोरिङ्गको कार्यक्रमहरु पनि संचालन गरिएको छ भने गाउँपालिकाको सहकार्यमा वडा नं. ४ मा जमुनी सिचाई योजना पनि संचालन रहेको छ भने ससाना सिचाईको लागि प्रत्येक आर्थिक वर्षमा पानी तान्ने मोटर कृषक समूहरुलाई वितरण गर्ने गरिएको छ ।
पालिकाले माछापालकको माग बमोजिम माछाको भुर्रा वितरण गरेको छ भने पशु तर्फ गाई पकेट तथा बाख्रा पकेट संचालनमा रहेको छ । पशुपालक कृषकहरुलाई बेला बखत विभिन्न ठाउँमा भ्रमण, अवलोकन गराएर आधुनिक पशु पालन तर्फ आकर्षित गर्ने कार्य गरिएको छ भने पालिकाबाटै गोठ सुधार कार्यक्रम पनि संचालन गरिएको छ । पालिका अन्तर्गत रहेका ५÷७ वटा पशुपालक समूहहरु छन्, जसले राम्ररी तरिकाबाट पशुपालन कार्यलाई तिब्रता दिएको छ भने पालिकामा कृषि फार्महरु पनि संचालनमा रहेको छ ।
यस पालिकाको आव २०७८/०७९ मा लक्षित कार्यक्रमहरु अन्तर्गत कृषकहरुको माग अनुसार स्याउको वीउ वितरण, सशर्त कार्यक्रम अन्तर्गत तरकारी पकेट कार्यक्रम, मकै पकेट कार्यक्रमहरु सम्पन्न भइसकेको छ भने तरकारी पकेट कार्यक्रम सकिन लागेको पालिकाका कृषि प्रमुख अभिषेक चौधरीले जानकारी दिए । उनका अनुसार सुक्ष्म तत्वहरु जिँक, भिटामिन, वीमा सम्बन्धित तालिम, धान उत्पादन कार्यक्रम अन्तर्गत उन्नत र मुल वीउ वितरण लगायतका कार्यहरु गरिएको बताए ।


पालिकाका कृषकहरुले पाल्ने पशुहरुको पनि संख्यात्मक वृद्धि भएको छ । पालिकामा किसानहरुले बाख्रा, गाई, भैसी लगायतका पशुहरु पाल्ने गरिएकोमा पालिकाले यसतर्फ विशेष कार्यक्रमहरु ल्याएपछि पशुहरुको संख्यात्मक वृद्धि हुनुका साथै व्यावसायिक तरिकाले फार्महरु संचालनमा वृद्धि भएको पशु स्वास्थ्य प्राविधिक प्रमुख लक्ष्मीनारायण चौधरीले जानकारी दिए । उनका अनुसार पालिकामा अहिले व्यावसायिक फार्महरुमा बृद्धि भइरहेको छ भने यहाँका किसानहरुले पशु पालनलाई व्यावसायिकरण तर्फ लगि रहेको बताए ।
पालिकाले पशु सेवा क्षेत्र विस्तारको क्रममा वडा नंं. १ र ५ मा सेवा केन्द्रहरु स्थापना गरिएको छ भने पशु अहारा विकास (घाँसमा आधारित पशुपालनमा जोड तथा वर्षे, बहुबर्षे घाँसहरुको बिउ वितरण), पशुहरुमा नश्ल सुधारको व्यापक कार्यक्रम (कृत्रिम गर्भाधान तथा प्राकृतिक गर्भाधानको लागि बोयर बोका वितरण), दुध संकलन केन्द्र स्थापनामा सहयोग, पशुसँग यान्त्रीकरणमा सहयोग जस्ता कार्यक्रमहरु संचालन गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि