Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लागुऔषध दुव्र्यसन तथा ओसारपसार विरुद्धको सातदिने अभियान सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १३, २०७९
लागुऔषध दुव्र्यसन तथा ओसारपसार विरुद्धको सातदिने अभियान सुरु

वीरगन्ज (पर्सा), १३ असार / लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको ७ दिने अभियान आइतबारदेखि वीरगञ्जमा सुरु भएको छ । लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर सानो पाइलाले अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन लागुऔषध दुव्र्यसन तथा ओसार पसार विरुद्ध मार्च (र्याली) गर्दै ७ दिने अभियानको औपचारिक उद्घाटन गरिएको थियो । वीरगञ्ज स्थित घण्टाघरदेखि सुरु भएको र्याली माईस्थान, आदर्शनगर, अलखियामठ हुँदै ग्रिनसिटी चोक, घडिअर्वा भएर पुनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । -यालीमा सहभागीहरुले ‘हग्स नट ड्रग्स, लागु औषधबाट टाढा रहौँ, लागु औषध दुव्र्यसनविरुद्ध एक हौँ, ड्रग्स् किल्स्, ड्रग्स्लाई नाई’ लगायतका सचेतनामुलक नारा अंकित प्ले कार्ड बोकेका थिए ।
कोण सभालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले लागुऔषध विरुद्ध सबै क्षेत्रको साझा सहकार्यमा जोड दिएका थिए । लागुऔषधको क्षेत्रमा कार्य गर्दै आएका संस्थाहरुलाई प्रशासनबाट पनि सहयोग रह्ने उनले बताए । खुल्ला सिमानाका कारण देखिएको लागुऔषध दुर्व्यसन तथा ओसारपसारको समस्याहरुलाई अबको दिनमा सुधार गर्दै लैजाने उनले प्रतिबद्धता समेत जनाए ।
कोण सभाकै क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी ढकाल, पर्सा प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रकाश पोख्रेल, रिकभरिङ्ग नेपाल मधेश प्रदेशका सभापति गौरव वर्मा, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल, सामुदायिक पुनस्र्थापना केन्द्रका व्यवस्थापन प्रमुख साविर हुसैन लगायतकाले संयुक्त रुपमा बैलुनको गुच्छा हावामा उडाउँदै ७ दिने अभियानको उद्घाटन गरेका थिए ।
अभियानको दोस्रो दिन सोमबार “समाज सुधारका लागि सँगसँगै” नाराका साथ जिल्ला प्रहरी कार्यालय पर्सा र सानो पाइलाका बीच क्रिकेट म्याच आयोजना हुने आयोजक संस्थाले जनाएको छ ।

लागुऔषधले पार्ने असर, चुनौति विषयक वक्तित्वकला प्रतियोगिता
लागु औषध दुरुपयोग र ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आइतबार वीरगंजमा लागु औषधले पार्ने असर, चुनौती विषयक वक्तृत्वकाला प्रतियोगिता सम्पन्न भएको छ ।
किशोरी सशक्तिकरणको लागि शिक्षा कार्यक्रम अन्तर्गत भएको प्रतियोगितामा कन्हैया साह प्रथम, श्रेया राय द्वितिय र प्रिया सर्राफ तृतिय भएका हुन् । कार्यक्रममा वोल्दै बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीले अहिलेको युवा जमात गलत संगतका कारण लागु औषधको कुलतमा फसन्ने गरेको वताए । उनले गतल संगत र सल्लामा नलाग्न युवाहरुलाई आग्रह समेत गरे ।
नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहले लागु औषध दुरुपयोग र ओसारपसार नियन्त्रणको लागि प्रहरीको भुमिका महत्त्वपूर्ण रहेको वताए । उनले प्रहरीलाई सहयोग गर्ने काम पनि समुदायको रहेको वताए । सह सचिव सिंहले यस्ता कार्यक्रमहरु सहर केन्द्रित मात्र नगरी ग्रामिण भेगका पालिकाहरुमा पनि गर्न आयोजक संस्थालाई सुझाव दिए ।
पोखरिया नगरपालिकाकी पूर्व उप मेयर सल्लमा खातुनले तनावका कारण कतिले र कतिले रहरले लागु औषध सेवन गर्ने गरेको वताईन । उनले भनिन “विशेष गरी युवाहरु विभिन्न किसिमको तनावले लागु औषध सेवन गर्छन भने कतिपय युवाहरुले हेरौं नि के रहे छ सोचेर गर्ने गरेका छन् । तर त्यो गलत हो, त्यस्तो गर्नु हुँदैन” ।
जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन साहको अध्यक्षतामा भएको प्रतियोगितामा बिन्दवासिनी गाउँपालिकाकी उप प्रमुख ज्योति चौरसिया, बहुदरमाई नगरपालिका वडा नं. ७ का वडाध्यक्ष विरेन्द्र प्रसाद यादव, वडा नं. ८ का वडाध्यक्ष पुनिलाल साह तेली, अवार संसार नेपाल अध्यक्ष मुकेश साह, दिव्य युवा क्लबका परियोजना संयोजक गणेश बहादुर ठकुरी, श्रीचन्दन जैसवाल, पत्रकार शम्भु कुमार सुमन, नितिन नरेन सिंह, दीपक पटेल, आदित्य साह लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन दिवश सर्रफले गरेको थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि