Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगर : ३ अर्ब ३३ करोड बढिको नीति कार्यक्रम तथा बजेट सार्वजनिक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १०, २०७९
वीरगंज महानगर : ३ अर्ब ३३ करोड बढिको नीति कार्यक्रम तथा बजेट सार्वजनिक

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १० असार / वीरगंज महाजगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि ३ अर्ब ३३ करोड बढि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । वीरगंज स्थित नगरसभागृह टाउनहलमा शुक्रबार आयोजित महानगरपालिकाको ११ औ अधिवेशनमा उप–प्रमुख एवंराजश्व परामर्श समितिका संयोजक इम्तियाज आलमले आगामी आ.व. २०७९÷८० को लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजारको बजेट सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको नीति कार्यक्रम तथा बजेटमा आगमी आवको चालूतर्फ रु २ अर्ब ६ करोड ९८ लाख ५० हजार अर्थात ६२.०४ प्रतिशत, पूँजीगत तर्फ रु १ अर्ब २६ करोड ६४ लाख ७५ हजार अर्थात ३७. ९६ प्रतिशत गरि जम्मा रु ३ अर्ब ३३ करोड ६३ लाख २६ हजारको अनुमानित आय–व्यय प्रस्तुत गरेका हुन् ।
महानगरपालिकाले बजेटमा पूर्वाधार विकासको क्षेत्रलाई सबैभन्दा बढि प्राथमिकता रोखेको छ । पूर्वाधार विकासका लागि १ अर्ब १९ करोड ९३ हजार रकम छुट्टयाएको छ भने दोश्रो प्राथमिकतामा परेको सामाजिक विकासतर्फ ९९ करोड ३५ लाख ७९ हजार र तेश्रो प्राथमिकतामा परेको सेवा प्रवाहमा सुधार र संगठन सुदृढीकरणतर्फ ९३ करोड ५३ लाख २१ हजार रकम विनियोजन गरिएको छ ।
यसैगरि महानगरले शिक्षा, स्वास्थ्य र सरसफाईलाई समेत प्राथमितकामा राखेको छ । शिक्षा, युवा तथा खेलकुद तर्फ ६६ करोड ३८ लाख ३५ हजार, स्वास्थ्य तर्फ १५ करोड २० लाख ३० हजार, सरसफाई व्यवस्थापन तर्फ ८ करोड ९१ लाख, वन तथा वातावरण र विपद व्यवस्थापनतर्फ रु ५ करोड ९९ लाख, महानगरपालिकालाई उत्पादन र उपभोगमा आत्मनिर्भर बनाउन कृषितर्फ ३ करोड २६ लाख ९० हजार रकम विनियोजित गरिएको छ भने सूचना प्रविधि र संचारतर्फ १ करोड ५ लाख ९५ हजार रकम विनियोजति गरिएको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यवहर्ने श्रोत मध्ये आन्तरिक आय तथा राजश्वबाट रु ९५ करोड, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपूरक अनुदान, विशेष अनुदान र सर्शत अनुदान समेतबाट रु १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेश प्रदेश सरकार वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपूरक अनुदान, विशेष अनुदान र सशर्त अनुदान समेतबाट ७ करोड ९८ लाख २४ हजार, क्षेत्रीय शहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैंकबाट रु १२ करोड ६१ लाख ८५ हजार, सडक बोर्ड नेपालबाट रु २ करोड, जिल्ला समन्वय समितिको पर्साबाट रु ९६ लाख, यूनिसेफबाट रु २५ लाख प्राप्त हुने महानगरले अनुमान गरेको छ भने अपुग हुने ४४ करोड १९ लाख ५९ हजार चालु आर्थिक वर्षको अन्त्यमा स्थानीय संचित कोषमा रहेको नगद मौज्दातबाट व्यहोरिने व्यवस्था मिलाएको बताएको छ ।
किसानले बिद्युत निःशुल्क पाउने, चक्रपथ बनाउने, वीरगन्जलाई शैक्षिक हब बनाइने महानगरको आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा किसानको सिँचाई मिटरको सम्पूर्ण विद्युत महशुल महानगरपालिकाले तिर्ने उल्लेख गरिएको छ । यस्तै महिनामा बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्ताको महशुल पनि महानगरपालिकाले नै तिर्ने वार्षिक नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले करिब २ दशक देखि बन्द रहेको वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना पुनः सचालनका लागि संघ सरकार र प्रदेश सरकारसंग पहल गर्ने बताएका छन् । त्यसैगरि वीरगंज महानगरपालिका भित्रका अतिक्रमित जग्गाहरुको खोजबिन गरि महानगरपालिकाको स्वामित्वमा ल्याईने उनले बताए ।
उनले सुशासनलाइ सेवा प्रवाहको मूल मन्त्र बनाएर महानगरपालिकाको कार्यालयमा भ्रष्टचारमा शून्य सहनशीलता अपनाउने, आर्थिक वर्षको अन्त्यमा हतारमा काम गरेर बजेट सक्याउने प्रवृतिलाई अन्त्य गरिने बताए । वीरगन्ज महानगरलाई शैक्षिक हबको रुपमा विकास गरिने भन्दै प्रमुख सिंहले छोरीहरुलाई शिक्षित र आत्मनिर्भर बनाउन महानगरका ग्रामीण वडाहरुमा कन्या विद्यालय र क्याम्पस स्थापना गरिने बताए । महानगरका ३२ वटै वडाहरुलाई सडक सन्जालमार्फत जोड्न चक्रपथको निर्माण गरिने कार्यक्रम पनि नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको मेयर सिंहले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

बन्द वीरगंज चिनी कारखाना तत्काल संचालन गर्न सरकारलाई ध्यानाकर्षण

असार १२, २०८३
बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

असार १२, २०८३
मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

असार १२, २०८३
पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

असार १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि