Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कुशवाहा मृत्यु प्रकरणमा मुछिएका अभियुक्त संरक्षण गर्दै बारा प्रहरी

काँग्रेसकै कार्यकर्ता भएकै कारण अभियुक्तहरुलाई बचाउन लागि परे एस.पी. देउवा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ७, २०७९
कुशवाहा मृत्यु प्रकरणमा मुछिएका अभियुक्त संरक्षण गर्दै बारा प्रहरी

आदर्शकोतवाल (बारा), ७ असार / बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. ६ पटेर्वा निवासी प्रभु कुशवाहा मृ्त्यू प्रकरणमा बारा प्रहरीले अभियुक्त संरक्षण गरि रहेको तथ्य फेला परेको छ । गत जेठ २३ गते जग्गा नाप नक्साको विषयलाई लिएर विवाद हुँदा दोश्रो पक्षले कुटपिट गर्दा गम्भिर घाइते भएका प्रभू कुशवाहाको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । मृत्यु पश्चात पीडित पक्षले १३ जना विरुद्ध किटानी जाहेरी दिएपनि बारा प्रहरीले अभियुक्तलाई पक्राउ गर्न कुनै किसिमको कदम नचालेको पीडित पक्षको आरोप छ । पीडित पक्षले जाहेर दिएपश्चात आरोपीहरुलाई पक्राउ गर्न पटक पटक जिल्ला प्रहरी कार्यालय बारा धाउँदा प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले अभियुक्तलाई पक्राउ गर्नुभन्दा पनि संरक्षण गरि रहेको पीडित पक्षको आरोप छ ।
घटनाका मुख्य योजनाकार मानिएका पूर्व गाविस अध्यक्ष एवं नेपाली काँँग्रेसका कार्यकर्ता रामअयोध्या प्रसाद यादव, लालबाबु प्रसाद कुशवाहा, सन्जय प्रसाद कुशवाहालाई संरक्षण गर्न लागि परेका छन् । घटना भएको दुई हप्ता वितिसक्दा समेत जिल्ला प्रहरी कार्यालय बाराले हालसम्म अभियुक्त पक्राउ गर्न पक्राउ पुर्जी समेत जारी नगरेको पीडित पक्षको आरोप छ । जिल्ला प्रहरी कार्यालय बाराका मुद्दा फाँटका प्रहरी निरीक्षक एवं अनुसन्धान अधिकृत सुरेन्द्र यादवको आफन्त पर्ने रामअयोध्या यादव यस घटनामा मुच्छिएपछि उनलाई बचाउन प्रहरी निरीक्षक सहित प्रहरी उपरीक्षक देउवा पनि लागि परेका छन् ।


नेपाली काँग्रेसका राष्ट्रिय अध्यक्ष एवं प्रधानमन्त्री शेर बहादुर देउवाका आफन्त पर्ने प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले हत्या जस्तो घटनामा मुछिएका नेपाली काँग्रेसका कार्यकर्ता पक्राउ गर्नुभन्दा पनि कार्यकर्ता संरक्षण अभियानमा नै लागेका छन् । घटनाका मुख्य योजनाकार मानिएका पूर्व गाविस अध्यक्ष एवं नेपाली काँग्रेसका कार्यकर्ता रामअयोध्या प्रसाद यादव काँग्रेसकै कार्यकर्ता भएकै कारण हालसम्म कारवाहीबाट उन्मूक्ति पाएका छन् । उनलाई पक्राउ गर्नका लागि पीडित पक्षले पटक पटक प्रयास गरेपनि प्रहरीले तदारुक्ता नदेखाएको कारण उनी हालसम्म प्रहरी कारवाहीबाट उम्किन सफल भएका छन् ।
घटना भएपश्चात मुख्य योजनाकार सहित अन्य एक दर्जन व्यक्तिहरु फरार छन्, तर तिनीहरु त्यही आसपासको वस्तीमा लुकेर बस्ने गरेको पीडित पक्षले सूचना दिदा समेत प्रहरीले कारवाही गर्न आनाकानी गरि रहेको छ । त्यस्ता घटनामा अन्य कुनै सर्वसाधारण भएको भए, अहिलेसम्म प्रहरी हिरासतमा हुन्थ्यो तर काँग्रेसको कार्यकर्ता भएकै कारण मुख्य योजनाकार सहित केही व्यक्तिहरु प्रहरीको फन्दामा हालसम्म पर्न सकेको छैन ।
रौतहटको औरहियामा अभियुक्तहरु लुकेर बसेको आदर्श कोतवाल इलाका प्रहरी कार्यालय, सिम्रौनगढ इलाका प्रहरी कार्यालय एवं जिल्ला प्रहरी कार्यालय बारालाई सूचना दिदा पनि प्रहरीले आफूहरुलाई आदेश नआएको कारण पक्राउ गर्न नमिल्ने भनि पीडितलाई फर्काइ रहेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले अभियुक्तलाई कारवाही गरिने भनेर आश्वासन दिइरहेका छन् तर प्रहरी उपरीक्षक देउवा र प्रहरी निरीक्षक यादव अभियुक्त संरक्षण गरि रहेका छन् ।
त्यो झैझगडाको बहानामा हत्या भएको छ, त्यसमा संलग्न कोही पनि कानूनी कारवाहीबाट उम्किन सक्दैन, हामी विभिन्न तरिकाले अनुसन्धान गरि रहेका छौं भन्दै प्रहरी नायब उपरीक्षक थापाले आश्वासन दिइरहँदा उनकै माथिल्लो तहका हाकिम प्रहरी उपरीक्षक भने पार्टी कार्यकर्ता संरक्षण गर्न लागि परेका छन् । यसरी बारा प्रहरीको कार्यशैलीले सर्वसाधारण कसरी न्याय पाउँछन् भन्ने आशंका उब्जिएको छ । बारा प्रहरी अपराधी संरक्षणमा जुटेका छन्, कि अपराध न्यूनीकरणमा जुटेका छन्, त्यो खोजनविनको विषय बनेको छ ।
गत जेठ २३ गते जग्गा नाप नक्साको विषयलाई लिएर विवाद हुँदा कुशवाहालाई छिमेकी विलाश महतो कोइरी, किशोरी महतो, लालबाबु प्रसाद कुशवाहा, रामबाबु कुशवाहा, रामदेव महतो, हिरामन कुशवाहा, बुनी महतो लगायतका परिवारले प्रभु कुशवाहालाई मरणासन्न हुनेगरि कुटपिट गरेका थिए कुटपिट पश्चात गम्भिर घाइते भएका प्रभु कुशवाहाको उपचारको क्रममा सोही दिन नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतक कुशवाहा पूर्व सहायक वन अधिकृत थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि