Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कल बाइपास गर्ने एकजना भारतीय नागरिक पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ७, २०७९
कल बाइपास गर्ने एकजना भारतीय नागरिक पक्राउ

वीरगन्ज (पर्सा), ७ असार / प्रहरीले कल बाइपास गरेको आरोपमा वीरगञ्जबाट एकजनालाई नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले अवैध रुपमा कल बाइपास गरेको आरोपमा भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो । ब्युरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्लको सहयोगमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैध रुपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई मंगलबार दिउँसो पक्राउ गरेको जनाइएको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले तेलीको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओईपी) कल बाइपास गरिरहेको अवस्थामा विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अन्सन्धान भइरहेको र खानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सिआइबी काठमाडौंका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

कसरी हुन्छ अवैध कल बाइपास ?
एउटा नेटवर्कदेखि अर्को नेटवर्कलाई जोड्ने काम गेटवेको हो । नेपालमा दुरसञ्चार प्राधिकरणबाट अनुमति लिएर टेलिफोन सेवा प्रदायक कम्पनीहरु एनसेल, एनटीसी, स्मार्टसेललगायतले अन्तर्राष्ट्रिय कल नेपालमा भित्र्याउने गरेका छन् । यो वैधानिक गेटवे हो । तर, कुनै गिरोहले त्यसरी नेपाल बाहिरबाट आउने कललाई वैधानिक गेटवेतिर प्रवेश गर्न नदिई आफ्नो रुटमा डाइभर्ट गर्छन् । र, अन्तर्राष्ट्रिय कललाई लोकल कलका रुपमा सम्बन्धित टेलिफोन वा मोबाइलसम्म पु¥याउँछन् ।
यही प्रक्रियालाई नै अवैध कल बाइपास भनिन्छ । प्रविधिका जानकारहरुका अनुसार दूरसञ्चारको गेटवेलाई बाइपास गरेर सिधै अवैध बाटोबाट सम्बन्धित ल्याण्डलाइन वा मोबाइलमा कल टर्मिनेट गराउने प्रक्रियालाई अवैध कल बाइपासको रुपमा बुझ्न सकिन्छ । कल बाइपास गर्दा दुरसञ्चार प्रदायककालाई जाने रकम जाँदैन । जस्तै–विदेशबाट नेपालमा आउने कलको रकम प्रतिमिनेट ९ रुपैयाँ छ भने भीओआईपीको प्रयोगपछि त्यो रकम ५ रुपैयाँमा झर्छ । त्योबीचको फरक ४ रुपैयाँ चाहिँ जुन देशबाट फोन आउँछ, त्यहाँका समूह वा सञ्जाललाई हुने फाइदा हो ।
त्यस्ता गिरोहले अन्तर्राष्ट्रिय कललाई आधिकारिक गेटवेबाट प्रवेश गर्न नदिई भीओआईपी वा जीओआईपी (जीएसएम ओभर इन्टरनेट प्रोटोकल) र दुरसञ्चार प्रदायकका सीम कार्ड प्रयोग गरेर अवैध बाटोबाट भित्र्याउँछन् । यसरी दुरसञ्चार वा एनसेलको सर्भरमा टर्मिनेट हुँदै सम्बन्धित व्यक्तिको फोनमा कल टर्मिनेट हुनु पर्नेमा सिधै प्रयोगकर्तामा कल टर्मिनेट गराउने गरिन्छ । त्यसपछि प्रयोगकर्ता समक्ष फोन आउँदा समेत लोकल नम्बर नै देखिन्छ । अधिकारीहरुका अनुसार नेपालमा कल बाइपास गर्नु अवैध भए पनि अहिले अवैध कल बाइपास गर्न मुख्य सर्भर राखिने गरेका सिंगापुर, थाइल्याण्ड, बंगलादेश, श्रीलंका लगायतका देशमा वैध छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि