Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रहरी समायोजन नभएसम्म विधेयक ल्याउनु गलत : सांसद् यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ६, २०७९
प्रहरी समायोजन नभएसम्म विधेयक ल्याउनु गलत : सांसद् यादव

वीरगञ्ज ६ असार / पर्सा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद् प्रदीप यादवले नेपालको ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु बिना सेनाको सेनापति भएको बताएका छन् । सोमबार संघीय सांसदमा नपेाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सपुररवेक्षण र समन्वय) २०७६ को पहिलो संसोधन विधेयकमाथि चलिरहेको छलफलमा बोल्दै सांसद् यादवले प्रदेशका मुख्यमन्त्रीहरुलाई एउटा हवल्दार र सिपाहीलाई सरुवा गर्ने अधिकारसमेत नभएको बताउँदै उनीहरु बिना सेनाको सेनापति भएको बताए ।
‘अहिले प्रदेशका मुख्यमन्त्रीहरु बिना सेनाको सेनापति जस्तै भएका छन् । एउटा हवल्दार र सिपाहीलाई यहाँबाट त्यहाँ गर्ने अधिकार छैन,’ उनले भने, ‘अहिले हामी संघीयताको कुरा गर्छौँ, संघीयतालाई मजबुत बनाउने तर्फ अगाडि बढेको कुरा गर्छौँ । तर एकातिर चाहिँ हामीलाई संघीयतालाई कमजोर पार्ने कोशिस गर्छौँ जस्तो हामीलाई लाग्छ ।’
त्यसैगरी सांसद् यादवले प्रदेशको प्रहरी प्रमुख डीआईजीको सट्टामा एआईजीलाई राख्नुपर्ने सुझाव दिए । डीआईजीसँग प्रदेश चल्न नसक्ने तर्क गर्दै उनले प्रदेश प्रहरीलाई राम्ररी सञ्चालन गर्न एआईजीको दरबन्दी कायम गर्नुभने बताए । ‘ऐनमा प्रदेशमा डीआईजीको दरबन्दी राखिएको छ प्रदेश प्रमुखको रुपमा । त्यो ठिक भएन, यसलाई हामीले संघीयतालाई कमजोर पार्ने षडयन्त्रको रुपमा लिरहेको छौँ । डीआइजीले प्रदेशलाई थाम्न सक्दैन । खासगरेर हाम्रो सिमा भारत र चिनसित टाँसिन्छ । अन्य धेरै कुराको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ र त्यो डीआईजीले सक्दैन,’ उनले भने ।
उनले प्रदेशको प्रहरी प्रमुख भन्दा जिल्लाको सिडिओ ठूलो भएको भन्दै भने, ‘पूर्व माननीयजीहरुले पनि भनेर जानुभएको छ, जिल्लामा सिडीओका रुपमा सह-सचिवलाई दिएको छ र सह-सचिव भन्दा डीआईजी तल हुन्छ । त्यसकारण त्यहाँ डीआईजीको ठाउँमा एआईजीको दरबन्दी कायम गर्नुपर्छ । काठमाडौँमा एआईजीलाई राख्नुको सट्टा उनीहरुलाई ७ वटै प्रदेशमा खटाउनु पर्छ । काठमाडौँको लागि आईजी हुनहुन्छ ।’
विधेयकमा उपत्यकामा केन्द्र शासित प्रहरी प्रणाली लागू गर्ने कुरालाई पनि संघीयता विरोधी कदमको संज्ञा दिँदै उनले भने, ‘यो कदम संघीयता विरोधी हो र प्रदेशलाई कमजोर पार्ने एउटा षडयन्त्रको हो । यस कारण यसलाई प्रदेशमा नै राख्नु पर्ने मेरो सुझाव छ ।’ यादवले प्रदेशमा प्रहरी समायोजन नै नभई ऐन संसोधन गर्नु गलत भएको बताए । ‘पहिला त मेरो हिसाबले प्रहरी प्रदेशमा समायोजन हुन जरुरी थियो । त्यसपछि ऐन संसोधन गरेको भए राम्रो हुन्थ्यो । विगतको केपी ओलीको सरकारमा पनि त्यस्तै भयो । अब समायोजन हुन्छ, अब समायोजन हुन्छ तर समायोजन हुन सकेन,’ उनले भने ।
यादवले देशभरका कारागारलाई पनि प्रदेशको मातहातमा राख्नु पर्ने सुझाव दिए । उनले कारागारहरुको जिर्ण अवस्थाको बारेमा ध्यानाकर्षण गराउँदै शहरी क्षेत्रको कारागारलाई अन्यत्रै सार्नु पर्छ बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि