Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कुशवाहा मृत्यु प्रकरण : बारा प्रहरीले अभियुक्तलाई संरक्षण गर्न खोजेको पीडित पक्षको आरोप

घटनामा संलग्न सबैजनालाई कानूनी दायरामा ल्याइने प्रनाउ थापाको भनाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १, २०७९
कुशवाहा मृत्यु प्रकरण : बारा प्रहरीले अभियुक्तलाई संरक्षण गर्न खोजेको पीडित पक्षको आरोप

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), १ असार / बारा जिल्ला आदर्शकोतवाल गाउँपालिका – ६ पटेर्वा निवासी प्रभु प्रसाद कुशवाहा मृत्यु प्रकरणमा बारा प्रहरीले कानूनी कारवाही प्रक्रियामा ढिलाई गरेको पीडित पक्षले आरोप लगाएको छ । गत २३ गते जग्गा नाप नक्साको विषयलाई लिएर विवाद उत्पन्न हुँदा छिमेकी रामप्रवेश महतो र किशोरी कुशवाहाका परिवारले कुटपिट गरि प्रभु कुशवाहालाई गम्भिर घाइते बनाएका थिए । कुशवाहालाई कुटपिट गरेकै दिन उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।
पीडित परिवारले जाहेरी दिन जाँदा पनि जिल्ला प्रहरी कार्यालय बाराका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्र यादवले यति धेरै जनाको नामले किटानी जाहेरी किन हालेको नाम सच्याएर ल्याउनुस् भन्दै फर्काएको पीडित परिवारको आरोप छ । प्रनिले जाहेर लिन नमानेपछि दुई तीन दिनपछि प्रहरी नायब उपरीक्षक राजेश थापालाई भेटेर जाहेरी दिएको उनीहरुको भनाई छ । यस मुद्दामा प्रहरी निरीक्षक सुरेन्द्र यादवले पीडक पक्षलाई बचाउन मुद्दा भाँडभैलो गर्न खोजेको मृतकका छोरा सन्दिप कुशवाहाले आरोप लगाए ।
यस घटनामा संलग्न दुई जना किशोरी कुशवाहा र रामप्रवेश महतो प्रहरीको हिरासतमा रहेका छन् । तर यस घटनाका मुख्य योजनाकार सहित अन्य आधा दर्जन व्यक्तिहरुको फरार रहेका छन् । यस घटनाका मुख्य योजनाकार मानिएका पूर्व गाविस अध्यक्ष रामअयोध्या यादव सहित घटनामा संलग्न आधा दर्जन भन्दा बढि व्यक्ति फरार छन् । प्रहरीले उनीहरुको खोजी कार्य गरि रहेको छ भने पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर म्याद थप गराई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
यो घटना झडपले नभई पूर्व योजना अनुसार हत्या गरिएको स्थानीय बासिन्दाहरुको आरोप छ । स्थानीयका अनुसार यो जग्गा नाप नक्साको विवाद आजको होइन, विगत ५ वर्षदेखि यसरी पटक पटक विवाद हुँदै आएको छ तर यस पटक जसरी भएपनि जग्गाधनी प्रभु कुशवाहालाई कुटपिट गरेर मारिदिने योजना नै बनाएको उनीहरुको भनाई छ । जग्गा नाप नक्साको लागि जिल्ला अदालत बाराका अमिन तथा इलाका प्रहरी कार्यालय आदर्शकोतवालका प्रहरी सहितको टोलीकै रोहबरमा दर्जनौं व्यक्तिको समूहले एकजनालाई कुटपिट गरि मारिदिनु भनेको प्रहरीले आफ्नै संरक्षणमा हत्या गर्न लगाएको उनीहरुको आरोप छ ।


कुशवाहालाई ज्यानै जानेगरि कुटपिट गर्न आजदेखि होइन, विगत ५ वर्षदेखिको योजना रहेको स्थानीयहरुको भनाई छ । मृतक कुशवाहा अवकास प्राप्त सहायक वन अधिकृत रहेकोले उनी कानूनबाटै न्याय माग गर्दै आएको तर छिमेकीहरुले उनीलाई कसरी ज्यानै जानेगरि कुटपिट गर्न सकिन्छ भन्ने मौकाको तलास गर्दै आएको र सो दिन उक्त मौका पाएको उनीहरुको भनाई छ । कुशवाहा एक्लै भएको मौका छोपी छिमेकीहरुले समूह बनाई भिण्डी, बोडी लगाएको खेतमा लगि हात, खुट्टा, टाउको समातेर कुटपिट गरेका थिए ।
कुटपिट पश्चात कुशवाहा १ सय मिटर समेत हिँड्न नसकेर बसेको र उठ्न नसकेपछि उनीलाई अस्पताल ल्याइएको थियो । उपचारको लागि नेशनल मेडिकल कलेजमा ल्याए पश्चात दुई तीन घण्टामो कुशवाहाको मृत्यु भएको थियो । यो घटना हुनुभन्दा अगाडि मृतक कुशवाहाले दर्जनौं पटक शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिइसकेका छन्, तर उनको निवेदन डस्टिवनमा मात्रै पुगेको छ । सायद प्रहरीले गम्भिरतापूर्वक लिएको भए कुशवाहा ज्यान गुमाउने थिएनन्, प्रहरीले आफुनै रोहबरमा उनलाई कुटपिट गराएको स्थानीयहरुको भनाई छ ।
यता मृतक प्रभु कुशवाहाकी छोरीले जग्गा नाप नक्साको विवादको बहानामा बुवालाई समूह बनाएर छिमेकीहरुले कुटपिट गरेको आरोप लगाएकी छिन् । जग्गा नाप गर्दागर्दै विवाद उत्पन्न भएको तर कसैले विवादलाई साम्य पार्नुभन्दा पनि झन उक्साएर बुवालाई कुटपिट गर्न लगाएको बताइन् । उनका अनुसार पूर्व गाविस अध्यक्ष रामअयोध्या यादवले छिमेकीहरुलाई उक्साएर जसरी भएपनि कुट, हामी व्यवहोर्छौ भनेर उक्साएको र महिला एवं पुरुष सबैजना मिली बुवालाई मर्णासन्न हुनेगरि कुटपिट गरेको बताइन् ।
कुटपिट पछि बुवाको मृत्यु भइसक्दा पनि प्रहरीले पीडकलाई कारवाही गर्न खासै ध्यान नपु¥याएको छोरा सन्दिप कुशवाहाले आरोप लगाए । मृत्यु भएको एक हप्ता वित्न लाग्दा एक पटक पनि प्रहरीले अनुसन्धान एवं सोधपुछ गर्न समेत नआएकोले आफूहरुले न्याय पाउने आशा मरि सकेको उनको भनाई छ । पीडकहरुलाई आवश्यक कारवाहीको लागि मृतक कुशवाहाकी बुहारी आशा कुमारी कुशवाहाले १३ जना विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।


यसबारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याइने प्रतिबद्धता जनाए । उनले घटनामा संलग्न २ जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको भन्दै पीडित परिवारले दिएको जाहेरीकै आधारमा अन्य फरार आरोपीहरुको खोजविन भइरहेको बताए । घटनामा संलग्न कोही पनि कानूनी कारवाहीबाट उम्किन नसक्ने भन्दै प्रहरीले आफ्नो तरिकाले छानविन गरि रहेको छ, तत्काल यसको नतिजा नआएपनि घटनामा संलग्न सबै पक्राउ पर्ने र कारवाही समेत हुने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि