Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राधाकृष्ण माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २६, २०७९
राधाकृष्ण माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास

वीरगन्ज (पर्सा), २६ जेठ / बिन्दबासिनी गाउँपालिकाका वडा नं. २ स्थित रहेको श्री राधाकृष्ण माध्यमिक विद्यालयमा निर्माण हुन लागेको चार कोठे भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले निर्माण हुन लागेको भवनको एक कार्यक्रमबीच शिलान्यास गरेका थिए ।
अध्यक्ष तिवारीले भवन शिलान्यस कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, कृषि र विकास निर्माण कार्य यस पालिकाको विशेष प्राथमिकतामा रहेको बताए । उनले पालिकामा शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारको विकास भए पालिका नै विकसित हुने भन्दै सबैभन्दा महत्वपूर्ण शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताए । सामुदायिक विद्यालयमा विगतमा भएको कमि कमजोरीलाई सुधार्दै सामुदायिक विद्यालयमा पनि गुणस्तरी शिक्षा प्रदान गर्ने तर्फ आफू लागि परेको बताए ।
केही सामुदायिक विद्यालयमाहरुमा कमि कमजोरी छन्, ति कमिकमजोरीलाई सुधार गर्दै लैजाने भन्दै अध्यक्ष तिवारीले अबको दिनमा शिक्षामा देखिएको कमि कमजोरीलाई तत्काल सुधार गर्नुपर्ने विद्यालयका प्रअहरुलाई सचेत समेत गराए । जुन विद्यालयमा भौतिक पूर्वाधार छैन, त्यहाँ तत्काल पूर्वाधारहरु निर्माण हुन्छ तर गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा कुनैपनि सम्झौता नहुने बताए ।
आफूले पालिकालाई विकास गर्न आएकाले सबै क्षेत्रलाई समेटेर अगाडि बढ्ने भन्दै पालिकाभित्र रहेका माध्यमिक विद्यालयहरुलाई स्तरोन्नति गर्दै लैजानुको साथै गुणस्तरीय शिक्षा प्रदानका लागि सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पनि पढाइ सुरु गरिने बताए ।
अध्यक्ष तिवारीले पहिलाको गाउँपालिका र अहिलेको गाउँपालिकाको तुलना गर्न सबैलाई अनुरोध गर्दै पालिकाभित्र केही कमजोरी भए आफूलाई सरसल्लाह सुझाव दिन अनुरोध समेत गरे । राम्रो कामको प्रशंसा गर्नुको साट्टो गलत प्रचारवाजी गर्न केही तत्वहरु सक्रिय भएकाले सर्वसाधारणहरुलाई सचेत रहन समेत आग्रह गरे ।
भौतिक पूर्वाधार विकासको सन्दर्भमा गाउँपालिकाको मुहार फेरिने ठोकुवा गर्दै शिक्षा क्षेत्रमा आफ्नो राम्रो अनुभव रहेकोले यस पालिकामा शिक्षा क्षेत्रमा पनि ठूलो परिर्वतन ल्याउने दावी समेत गरे । अंग्रेजी भाषा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने गरेकाले सानो कक्षादेखि नै सिक्न र सिकाउन जरुरी रहेको उनले बताए ।’
गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसियाले भवनको आवश्यकतालाई मध्यनजर गर्दै भवनको लागि पालिकाबाट सहयोग गरेको बताइन् । भवन निर्माण कार्यमा निगरानी बढाउन आवश्यक रहेकाले समय–समयमा सबैले मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले विद्यालय शान्ति क्षेत्र भएकाले राजनीतिको अखडा नबनाउन सबैलाई आग्रह गरे । सकारात्मक सोचको विकासबाट नै समाजको उन्नित र प्रगति हुन सक्ने भएको हुँदा सामाजिक एकता कायम हुनुपर्नेमा जोड दिए । पालिकामा शिक्षामा सुधार ल्याउनुपर्ने एकजनाको मात्र नभई सम्पूर्ण अभिभावकहरुको पनि उत्तिकै जिम्मेवारी रहेको हुनाले विद्यालयमा निर्माण हुन लागेको भवन निर्माण कार्यमा सरोकारवालाहरुले चासो देखाउनुपर्ने बताए ।
उक्त भवन निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रकम विनयोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले बताए । उक्त रकम विद्यालयको खातामा पठाई विद्यालय मार्फत निर्माण काम हुने उनको भनाई छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योति चौरसिया, वडा अध्यक्ष मुक्ति पटेल, प्रमुख प्रशासकीय अधिकृत राजु साह, लेखा अधिकृत मिथलेश कुशवाहा, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, इन्जिनियर नगेन्द्र कुशवाहा, प्रधानाध्यापक सरोज चौहान लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि