Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डिसिसिएमसी पर्साले विधुत महसुल भुक्तानी नगर्दा ठाराब क्याम्पसलाई ठूलो आर्थिक भार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २४, २०७९
डिसिसिएमसी पर्साले विधुत महसुल भुक्तानी नगर्दा ठाराब क्याम्पसलाई ठूलो आर्थिक भार

• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), २४ जेठ / जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र पर्साले विद्युतको रकम भुक्तनी नगर्दा ठाकुरराम बहुमुखी क्यापस मर्कामा परेको छ । लामो समयदेखि विद्युतको रकम भुक्तानी नहुँदा ब्याज बढ्दै गएकोले क्पामप्समा आर्थिक भार थपिएको छ ।
कोरोनाको पहिलो लहरमा संक्रमितको कन्टेक्ट ट्रेसिङमा परेकाहरुलाई राख्नका लागि बनाइएको ठाकुरराम बहुमुखी क्याम्पस क्वारेन्टाइनको विद्युत महसुल नतिर्दा समस्या उत्पन्न भएको क्याम्पस प्रमुख उमेश कुमार चौरसियाले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण नेपालमा देखिएपछि संक्रमितको कन्टेक्ट टेूसिङ्गमा परेकाहरुलाई राख्नको लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले ठाकुरराम बहुमुखी कयाम्पस सहित सिद्धार्थ स्कुल, त्रिजुद्ध स्कुल लगायतका सार्वजनिक सँस्थानहरुलाई क्वारेन्टाइन बनाएको थियो । त्यो बखत करिब ८ महिनाको अवधिसम्म प्रयोग भएको ठाराब क्याम्पसमा खपत भएका विद्युतको महसुल हालसम्म भुक्तानी गरिएको छैन । जसको कारण विद्युत प्राद्यिकरणले पटक पटक भुक्तानी गर्न ताकेता गरि रहेको क्याम्पस प्रमुख चौरसियाको भनाई छ ।


तात्कालीन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र पर्सा र ठाकुरराम बहुमुखी क्याम्पसका तात्कालीन क्याम्पस प्रमुख प्रमोद कुशवाहाबीच क्वारेन्टाइन सेन्टर बनाउन क्याम्पसको भवन प्रयोग गर्ने र सो अवधिभरमा प्रयोग भएको विजुलीको रकम कोभिट संकट व्यवस्थापन केन्द्रले भुक्तानी गर्ने मौखिक सम्झौता भएको थियो । तर, १४ महिना बितसिक्दा पनि विद्युतको रकम भुक्तानी नहुँदा ठाकुरराम बहुमुखी क्याम्पसलाई ठूलो आर्थिक भार थपिएको छ । आयश्रोत न्यून रहेको ठाराब क्याम्पसलाई आन्तरिक खर्च धान्न पनि धौ धौ परि रहेको अवस्थामा विद्युतको रकम भुक्तानी नगर्दा झनै भार थपिएको क्याम्पस प्रमुख कुशवाहाको भनाई छ । रकम भुक्तानीका लागि बारम्बार पर्साका प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिँदा पनि कुनै सुनुवाई नभएको चौरसिया बताउछन् । उनले यस अघि कोरोनाको पहिलो लहरमा प्रमुख जिल्ला अधिकारी रहेका आस्मान तामाङ्ग र दोश्रो लहरमा पिताम्बर अधिकारीलाई समेत निवेदन दिईसकेको तर कसैले वास्ता नगरेको र आश्वासन मात्रै पाएकोले समस्या उत्पन्न भएको बताए ।


क्याम्पसले सो बेलाको १०÷११ लाख रुपैया विद्युत प्राधिकरणलाई तिनुपर्नेछ । समयमा भुक्तानी नगरिँदा ब्याज माथि ब्याज थपिदै गएकोप्रति क्याम्पस चिन्तित बनेको छ । नेपाल विद्युत प्राधिकरणले बाकीँ रकम भुक्तनी नगरे विद्युत काटी दिने भन्दै बारम्बार ताकेता गरिरहेकोले उनको भनाई छ । पुरानौ रकम बक्यौता रहेकोले अहिले खपत भएको विद्युतको रकम बुझाउन जाँदा पनि बुझ्न नमान्ने गरेको उनको भनाई छ । त्रिभुवन विश्व विद्याालय अन्तर्गतको ठाकुरराम बुहुमुखी क्याम्पसलाई कर्मचारी तलब बाहेकको सम्पूर्ण खर्च क्याम्पस आफैले धान्नु पर्ने बाध्यता छ । विद्यार्थीहरुबाट लिने शूल्कबाट नै क्याम्पसले आफ्नो आन्तरिक खर्च धानिरहको छ ।
यसबारे जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले ठाकुराम क्याम्पसले विद्युत महसुल तिर्न दिएको विवरण बजेट भन्दा बढि रहेकोले त्यो बेला भुक्तानी गर्न नसकिएको बताए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई प्रदेश सरकारले दिएको सीमित बजेटले त्यो बेला अन्य अत्यावश्यक सामाग्रीहरु खरिद गरिएको भन्दै बजेट सकिएको कारण विद्युत महसुल तिर्न नसकिएको बताए । क्याम्पसले दुई तीन पटक निवेदन दिएको छ, निवेदनमा उल्लेखित रकमको विषयमा जाँचबुझ गर्न आफू र विद्युत प्राद्यिकरणको इन्जिनियर सहितको समिति गठन भएको छ, त्यसले दिएको प्रतिवेदन अनुसार डिसिसिएमसीले उक्त रकमको भुक्तानी गर्ने बताए । उनले अहिले निर्वाचन लगायत जिल्ला प्रशासन कार्यालयको सेवाको चाप बढेकोले त्यो समस्याको समाधान गर्न नसकिएको भन्दै आउँदा एक हप्ताभित्र उक्त समितिले मूल्याँकन गरि डिसिसिएमसिलाई सिफारिस गरिने बताए ।
कोरोनाको पहिलो चरणमा निषेधाज्ञा जारी भएपछि २०७६ सालको चैत्रदेखि २०७७ साल कात्तिकसम्म करिब ८ महिनासम्म ठाराब क्याम्पसलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । सो बखत संक्रमितहरुको कन्टेक्ट टेूसिङ्गमा आएका नेपाली तथा भारतीय नागरिकहरु गरि करिब ५ सय जना बसेका थिए । सो बखत क्याम्पसमा फोहर हुनुका साथै केही डेक्स, बेन्चहरुमा क्षति भएको थियो तर त्यसको मर्मत क्याम्पसल गरि सकेको छ भने विद्युत महसुल ठुलो रकम भएकोले सम्बन्धित निकायलाई पटक पटक भुक्तानीको लागि तोकता गर्दै आएको छ । चिनको वुहानमा देखा परेको कोरोना भाईरस विश्वभरी महामारीको रुपमा फैलीन थालेपछि नेपाल सरकारले २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन जारी गरेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि