वीरगन्ज (पर्सा), १९ जेठ / भन्सार एजेण्टको परीक्षाको विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भन्सार विभागले भन्सार एजेण्टको लागि लिएको परीक्षामा निजामति कर्मचारीहरु समेत संलग्न भएको भन्दै भन्सार एजेण्टको परीक्षा दिएका परीक्षार्थीहरुले अख्तियारमा उजुरी दिएका हुन् ।
पटक पटक परीक्षा स्थगित हुदै आएको भन्सार एजेण्टको परीक्षा गत बैशाख १७ गते लिएको थियो । त्यसमा पनि निजामति कर्मचारीहरुले समेत परीक्षा दिएको भन्दै कानून विपरित निजामति कर्मचारीले एजेण्टको परीक्षा लिएर लाईसेन्स लिन खोजेपछि अख्तियारमा उजुरी परेको हो ।
निजामती सेवा ऐन २०४९ को दफा ४९ निजामति कर्मचारीहरुले कुनैपनि अन्य आर्थिक लाभको काम गर्न नहुने स्पष्ट उल्लेख भएकोले भन्सार एजेण्टमा पनि निजामति कर्मचारीले लाईसेन्स लिन नपाउने भन्दै अख्तियारमा उजुरी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस् !