Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शक्तिकेन्द्र धाउने अधिकृतहरुको ‘रेकर्ड’ राख्दै प्रहरी हेडक्वार्टर

घुस खाने इन्स्पेक्टरलाई बर्खास्त गर्न सिफारिस

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १७, २०७९
शक्तिकेन्द्र धाउने अधिकृतहरुको ‘रेकर्ड’ राख्दै प्रहरी हेडक्वार्टर

काठमाडौं, १७ जेठ / नेपाल प्रहरीमा शक्तिकेन्द्रको हस्तक्षेपले सीमा नाघेको विषय ‘ओपन सेक्रेट’जस्तै छ । शैलेश थापा प्रहरी प्रमुख हुँदा प्रहरी अधिकृतहरु भन्थे– आईजीपीकहाँ गएर न सरुवा हुन्छ, न बढुवा । दर्जाअनुसार शक्तिकेन्द्रमा धाउने चलन प्रहरीमा दाल–भातजस्तै भएको छ । तर, अहिलेका प्रहरी प्रमुख धिरज प्रताप सिंहले सो संस्कारलाई ‘ब्रेक’ गर्न खोजेका छन् । सिंहलाई वैशाख १८ मा मन्त्रिपरिषद्ले २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको थियो ।
आईजीपी भएपछि सिंहले शक्तिकेन्द्र धाउने प्रहरी कर्मचारीको ‘रेकर्ड’ राख्न आफ्नो सचिवालयलाई निर्देशन दिएका छन् । आफू अनुकूलको निर्णय गराउन संगठन बाहिरबाट दबाब दिनेहरूलाई ‘नोटिस’मा राख्न थालिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु केसीले बताए । केसीले भने, ‘काम गर्नेलाई संगठनले नै पहिचान गरेर अवसर दिन्छ ।’
गृह–सचिव नेतृत्वको बढुवा समितिले जेठ ९ मा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । एआईजी बढुवा समितिको सदस्य–सचिव आईजीपी हुन्छन् । वरीयता अनुसार बढुवा सिफारिस गरिएको हुनाले सो बढुवा ‘सुनौलो’ रहेको जानकारहरु बताउँछन् ।

पद दुरुपयोग गर्नेलाई धमाधम कारवाही
आईजीपी सिंह गलत काम गर्ने प्रहरी कर्मचारीविरुद्ध आक्रामक भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा कार्यरत इन्स्पेक्टर राजु प्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । अहिले उनी निलम्बनमा छन् । जेठ २० मा निलम्बनको अवधि सकिनुअघि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको छ ।
इन्स्पेक्टर कुर्मीलाई बर्खास्त गर्न मन्त्रालयमा लेखेर पठाइएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए । कुर्मीले तराईका जिल्लाहरुका प्रहरी युनिटबाट पैसा उठाउने गरेको आरोप छ ।
सामाजिक सञ्जालमार्फत युवतीलाई हैरानी गर्ने र धम्की दिने एक जना प्रहरी जवान थुनामा छन् । प्रहरी चौकी बटेश्वर, धनुषामा दरबन्दी भएका प्रहरी जवान कृष्ण कुमार यादवलाई साइबर ब्यूरोले जेठ ११ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सामाजिक संजालमा युवतीलाई साथी बनाएर ‘च्याट’ र भिडियो कल गर्ने क्रममा प्रलोभनमा पारेर खिचेका अन्तरङ्ग तस्वीर उनले सामाजिक सञ्जालमा पोष्ट गर्ने धम्की दिएका थिए ।
रौतहटको दुर्गा भवानीपुर गाउँपालिका–४ घर भएका २७ वर्षीय प्रहरी जवानलाई विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साभार : राटोपाटी

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

भदौ २, २०८३
सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

भदौ २, २०८३
वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

वीरगंज चिनी कारखाना पुनः संचालनका लागि कार्यदल गठन

भदौ २, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि