Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगन्ज महानगरको मेयरमा जसपाका राजेशमान सिंह निर्वाचित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १०, २०७९
वीरगन्ज महानगरको मेयरमा जसपाका राजेशमान सिंह निर्वाचित

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), १० जेठ / वीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राजेशमान सिंह निर्वाचित भएका छन् । मंगलबार विहान प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले वीरगन्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंह निर्वाचित भएको घोषणा गरेका छन् । सिंह ४६ हजार २१५ मत प्राप्त गरि महानगरपालिकाको मयरमा निर्वाचित भएका छन् ।
उनका प्रतिद्वन्दी नेकपा एमालेबाट मेयर पदका उम्मेदवार विजय सरावगीले २३ हजार ६७१ मत प्राप्त गरेका थिए । सरावगी भन्दा सिंह २२ हजार ५४४ मत बढि ल्याई महानगरको मेयरमा विजयी भएका हुन् । निर्वाचित सिंहलाई उनका कार्यकर्ताहरुले मतगणना स्थलमै भव्य स्वागत गरेका थिए । उनका शुभचिन्तक सहित कार्यकर्ताहरुले फुलको माला लगाई काँधमा बोकी मतगणना स्थलबाट वीरगन्ज बजार ल्याएका थिए ।


यसैगरि महानगरपालिकाको मेयर पदमा राप्रपाका गिरिश गिरीले ३ हजार ३१३ मत प्राप्त गरेका थिए भने स्वतन्त्र उम्मेदवार दिनेश रामले ९८ मत प्राप्त गरेका थिए । यसैगरि स्वतन्त्र उम्मेदवार लक्ष्मी हजारले ९५ मत प्राप्त गरेका छन् भने महम्मद ज्याउल हक हवारीले ३८ मत प्राप्त गरेका छन् । यसरी नै मेयर पदमा स्वतन्त्र उम्मेदवार कैलाश प्रसाद सर्राफ र जमिल राय भाटले शुन्य मत प्राप्त गरेका थिए ।
यसैगरि वीरगन्ज महानगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । आलमले ३० हजार ७८ मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाले ९ हजार ५६८ मत प्राप्त गरेका थिए । आलम झा भन्दा तेब्बर मत ल्याई उपमेयरमा निर्वाचित भएका हुन् ।
नव निर्वाचित उपमेयर आलमलाई उनका पार्टीका नेता तथा कार्यकर्ताहरुले मतगणना स्थलमा भव्य स्वागत गरेका थिए । उपमेयरमा राप्रपाकी विना जयसवार (कुर्मी) ले ५ हजार ९८८ मत प्राप्त गरेकी थिइन् भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ९०९ मत प्राप्त गरेकी थिइन् । यसैगरि स्वतन्त्र उम्मेदवार अनिता देवीले १९४ मत प्राप्त गरेकी थिइन् भने सालिकराम प्रसाद कानुले २४२ मत प्राप्त गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि