Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पतालका डा. चौरसिया मानवीय सेवामा सक्रिय

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २७, २०७८
नारायणी अस्पतालका डा. चौरसिया मानवीय सेवामा सक्रिय

वीरगन्ज, २७ चैत / नारायणी अस्पतालमा कार्यरत डाक्टर दिपक चौरसिया बिगत केही दिनदेखि मानवीय सेवामा सक्रिय भएका छन् । उनले अहिले बेवारिसे मानिसहरुको उपचार गर्नमा व्यस्त भएका छन् । बिगत लामो समयदेखि वीरगन्ज लगायत पर्सा जिल्लामा बेवारिसे अवस्थामा फुटपाथमा भौतारि रहेका व्यक्तिहरुलाई भेटेर तिनीहरुको स्वास्थ्यमा देखिएको समस्यालाई न्यूनीकरण गर्न नारायणी अस्पतालमा ल्याएर उपचार गर्न थालेका छन् ।
बेवारिसे एवम् मानसिक अवस्था गुमाएका मानिसहरु सडक पेटिमा भौतारि रहेकोले कसैले खासै ध्यान नदिएपछि तिनीहरुको स्वास्थ्य अवस्थालाई सुधार गर्नका लागि डा. चौरसिया अग्रसर देखिएका छन् । प्रहरीहरुले फुटपाथबाट स्वास्थ्य अवस्था विग्रिएकाहरुलाई नारायणी अस्पतालमा ल्याए छाड्ने गरेको बताइएको छ । केही दिन पहिला त्यस्तै बेवारिसे अवस्थामा रहेका मानसिक सन्तुलन गुमाएका एक व्यक्तिको खुट्टामा घाउ खटिरा भएको आएकोमा यसलाई उचित ब्यवस्थापन गर्न भनेर मानव सेवा आश्रमलाई जानकारी गराएपनि कसैले चासो नदिएपछि समस्या आएको डाक्टर चौरसियाको भनाई छ ।
ति ब्यक्तिको खुट्टामा घाउ सडेर किरा परिसकेको अवस्थामा ल्याइएको थियो, आफुले मानवीय सेवाको भावनाले उपचारमा खटि त्यसको उपचार गरेको उनको भनाई छ । हामी अस्पतालमा सेवा दिने डाक्टर भएको तर यसलाई उचित ब्यवस्थापन गर्ने जिम्मेवारी जनप्रतिनिधिहरुको रहेकोमा त्यस्ता वेवारिसे व्यक्तिहरुलाई कसैले व्यवस्थापन नगरेको कारण समस्या भएको बताए । प्रहरीले त्यस्ता वेवारिसे व्यक्तिहरुलाई ल्याएर अस्पतालमा छाड्ने गरेको कारण ब्यवस्थापनमा समस्या हुने गरेको डा. चौरसियाको भनाई छ । अस्पतालमा एक त विमारी राख्ने ठाउँको अभाव छ, त्यसमा पनि यस्ता वेवारिसे अवस्थाका मानसिक सन्तुलन गुमाएकाहरुलाई ल्याएर अस्पतालमा छाड्े पश्चात सम्बन्धित निकायलाई बारम्बार जानकारी गराउँदा समेत कसैले चासो नदिएको बताए ।
डा. चौरसियाको भनाइ अनुसार कुनै जन्मजात मानसिक सन्तुलन बिग्रिएको हुन्छ भने कुनै विभिन्न कारणले मानसिकता गुमाएका हुन्छन्, विरामीहरुलाई उपचार गर्न खासै कठिनाई छैन, तर मानसिक अवस्था गुमाएकाहरुलाई उपचारमा समस्या पर्ने गरेको तर त्यसमा पनि व्यवस्थापन सबै भन्दा ठूलो चुनौति रहेकोले त्यस्ता वेवारिसे मानसिक सन्तुलन गुमाएकाहरुलाई सम्बन्धित निकायले व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।
अहिले ती बिमारीको उपचार आफ्नो ब्यक्तिगत खर्च र नारायणी अस्पतालको आर्थिक सहयोगमा भइरहेको भएपनि उनको रेखदेख गर्ने मानिस नहुँदा समस्या भएको डा. चौरसियाको भनाई छ । वीरगन्जमा धेरै सामाजिक सँस्थाहरु छन्, जो मानवीय सेवा कार्य गर्दै आएको देखावटी प्रचार गरेपनि देखावटी भन्दा वेवारिसे अवस्थामा रहेकाहरुलाई व्यवस्थापनमा ध्यान दिए सहज हुने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि