Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एमाले देशमा समृद्ध ल्याउनेछ : नेता यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १७, २०७८
एमाले देशमा समृद्ध ल्याउनेछ : नेता यादव

वीरगन्ज / आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्य नजर गरि पर्साको बहुदरमाई नगरपालिकामा चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढे संगै बहुदरमाई नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित नगर उप–प्रमुख गायत्री देवीका श्रीमान नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित भएको नगर प्रमुख नितेन्द्र साह भन्दा एक हजार बढी मत प्राप्त गरि निर्वाचित नगर उप–प्रमुख गायत्री देवीका श्रीमान साबिकको बिश्रामपुर गाउँ विकास समितिका अध्यक्षसमेत रहेका राजदेव यादव नेकपा एमालेमा प्रवेश गरेका हुन् । बहुदरमाई वडा नं.–२ पिपरामा बुधवार नेकपा एमाले बहुदरमाई नगर समितिले आयोजना गरेको वडास्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व संविधानसभा सदस्य राजकुमार गुप्ताले टिका लगाई यादवलाई पार्टीमा स्वागत गरेका छन् । यादवले आगामी निर्वाचनमा एमालेबाट नगरप्रमुख पदका उम्मेदवारी दिने परिवारीक स्रोतले जनाएको छ ।
यादवको एमाले प्रवेशसँगै अब उनकी श्रीमती एवम् नगरपालिकाकी नगर उप–प्रमुख गायत्री देवी पनि एमालेमै जान सक्ने संकेत देखिएको स्थानीयको भनाई रहेको छ । यस विषयमा नगर उप–प्रमुख संग कुरा गर्दा आफूले पनि एमाले नै रोजने प्रतिक्रिया दिएकी छिन् । वडा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले नेकपा एमालेको बढ्दो जनलहरले एमालेबाहेक अरु कुनै पार्टी देशमा समृद्ध ल्याउन नसक्ने दावी गरे ।
नेकपा एमाले बहुदरमाई नगर कमिटीका अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा भएको भेलालाई एमालेका नेता शिव पटेल, जिल्ला कमिटी सदस्य एवम् वडा अध्यक्ष केदार तिवारी, डा. सन्तोष साह, कृष्ण यादव, रामबाबु साह लगायतले सम्बोधन गरेका थिए । भेलाले चन्द्रशेखर प्रसाद रावको अध्यक्षता ५१ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि