अमेरिका (अर्कान्सास) / संयुक्त राज्य अमेरिकाको अर्कान्सासमा एउटा कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते भएको शनिबार सञ्चारमाध्यमले जनाएका छन् । “एएसपी (अर्कन्सास राज्य प्रहरी)लाई प्राप्त प्रारम्भिक जानकारीअनुसार गोली चल्दा ती १० जना घाइते भएका हुन्,” प्रहरीले शनिबार अमेरिकी प्रसारण नेटवर्क नेसनल ब्रोडकास्टिङ कम्पनी (एनबीसी)लाई उद्धृत गर्दै विज्ञप्तिमार्फत जनाएको छ । अर्कान्ससको देशा काउन्टीस्थित डुमस शहरमा शनिबार राति गोली चलेको हो ।
प्रहरीका अनुसार राजमार्ग गस्ती अधिकारी, सेना र अन्वेषकलाई कार शो भइरहेको व्यावसायिक स्थानमा पठाइएको थियो । सम्भावित संदिग्ध र घाइतेको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । (रासस(एएनआई)
प्रतिक्रिया दिनुहोस् !