Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुसहर बस्तीमा होलीसँगै पञ्जाव जाने लहर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २, २०७८
मुसहर बस्तीमा होलीसँगै पञ्जाव जाने लहर

गोपालप्रसाद बराल
महोत्तरी, १ चैत / मधेशमा उल्लास र उमङ्गको पर्व ‘होली’ (फागु) नजिकिँदै छ । मधेशको प्राचीन मिथिला क्षेत्रमा सामान्यतया सबै घरपरिवार अहिले वर्षभरिका दुःखसुख बिर्सेर ‘होली’ को तयारीमा देखिदा छन् । यही नै मुसहर समुदायको बस्तीमा भने ‘होली’ को रङभित्रै किशोर र युवामा पञ्जाव हिँड्ने तयारी छ । “रौ, होली त लक्चियागेलौ, कहिया चल्बे ?” (ल, होली त आइसक्यो, कहिले जाने) मुसहर बस्तीमा आमरुपमा किशोर र युवा पुस्ताले एकअर्कासँग राख्ने जिज्ञासा यस्तै सुनिन्छ । जीवन गुजारा र घरपरिवारको प्रतिपालका लागि पञ्जाव जानु यो समुदायका किशोर र युवाको नियति नै देखिन्छ । थोरै जग्गाजमीन हुनेलाई साहुले ऋण पत्याउँछन्, त्यस्ता विदेश (भारतबाहेकका मुलुक) जान्छन् । आम मुसहर जग्गाविहीन हुनाले यिनीहरूको विदेश कमाइ भनेको भारतको पञ्जाव र हरियाणा नै हुने गर्छ । पासपोर्ट (राहदानी), भिसा केही नचाहिने र एकाध हजार बाटो खर्चको जोहोले पुग्न सकिने भएपछि मुसहर किशोर र युवाको कमाइको गन्तव्य हरियाणा, पञ्जाव हुने गरेको हो ।
कृषि कार्यमा पोख्त मानिने यो समुदायका किशोर र युवा पञ्जाव र हरियाणामा यसै कामले गरेको आर्जनले घरपरिवारमा चाडपर्वको खुसी दिन्छन् । मुसहर बस्तीमा जुडशीतल (विक्रम संवत्को नयाँ वर्षमा मनाइने पर्व), छठ र होलीपछि हरियाणा, पञ्जाव जाने लहर चल्छ । ‘जो रे पञ्जाव, चल रे पञ्जाव !’ (जाउ पञ्जाव, हिंड पञ्जाव) यी पर्वपछि मुसहर बस्तीमा यस्तै स्वर गुञ्जन्छन् । पाका अभिभावकले आफ्ना किशोर र युवा उमेरका भाइ, छोरा, भतिजालाई ‘जो रे पञ्जाव’ (पञ्जाव जाउ) र यी उमेरका किशोर र युवाले आफ्ना दौँतेरीलाई ‘चल रे पञ्जाव’ (हिँड पञ्जाव) भनेको सुनिन्छ । मुसहर युवाको श्रम गन्तव्य हरियाणा र पञ्जाव भएपनि यिनीहरू बेलीचालीमा भने उता जानुलाई ‘पञ्जाव’ नै भन्ने गर्छन् ।

मुसहर समुदायको बस्ती

मुसहर बस्तीमा घरका भाइ, छोरा, भतिजा पञ्जाव जाने तयारीमा लागेपछि यो अवसर नै खास पर्वजस्तै बन्छ । जोरजाम गरेर सुँगुरको मासु, घोङी (मुसहरको प्रिय परिकार मानिने सङ्खेकिरा जस्तै हिलोमा हुर्कने जिव) को झोल र मुसाको चटनी अनि लोकल खोयाबिर्के दारु (रक्सी) को चुस्की । बस्तीभरिका मुसहरको जमघट । भोलि टोलैभरिका केटाहरूको पञ्जाव प्रस्थान । पर्वपछि देखिने मुसहर बस्तीको दृश्य यस्तै हुन्छ । यसै क्रममा अहिले मुसहर बस्तीमा ‘होली’ को रङ् (उत्सव) सँगै पञ्जावको तयारी बढ्दो छ । ‘जो रे पञ्जाव, चल रे पञ्जाव !’
चाडपर्व मनाएपछि बस्तीका किशोर र युवा पञ्जाव जाने तयारीमा लाग्नु पछिल्लो एक÷दुई दशकयता मुसहर समुदायको चलनजस्तै बनेको छ । मुसहर बस्तीमा पर्व सकेर चैत लागेसँगै बाबु, काका पुस्ताले आफ्ना सन्तानलाई पञ्जाव जान अभिप्रेरित गर्न ‘जो रे पञ्जाव’ र किशोर युवाभने पञ्जाव जाने आफ्नो जमात बढाउन सम वयस्कलाई ‘चल रे पञ्जाव’ भनी रहेका भेटिने गर्छन् । जीवन गुजाराको मुख्य काम नै भारतको पञ्जावमा कृषि मजदुरीलाई बनाएका मुसहर किशोर र युवा त्यता जाने तयारीमा लागेपछि उनीहरू बिदा हुने अघिल्लो रात बस्तीमा भोज खाने यो जातिको परम्पराजस्तै बनेको छ ।
“हाम्रो टोलका केटाहरू अब एक साताभित्रै पञ्जाव जान्छन्”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरस्थित मुसहरीटोलका बिलासवा सादा मुसहरले भावुक हुँदै भन्नुभयो, “हामी होलीसँगै उनीहरूलाई पञ्जाव पठाउने भोजको तयारीमा जुटेका छौँ ।” महोत्तरी जिल्लाका सबैजसो मुसहर जातिको बसोबासका बस्तीमा होलीसँगै अहिले पञ्जावको तयारी छ । जिल्लाको बर्दिबास नगरपालिकाका बर्दिवास मुसहरी, बिजलपुरा, पशुपतिनगर, गौशाला नगरपालिकाका रजखोर र फुलकाहा, भङ्गाहा नगरपालिकाका रामनगर, सकरी, भङ्गाहा मुसहरी, कर्पुरगञ्ज, टिकुलिया, अजगेवा, धर्मपुर, हतिसर्वा, सिङ्ग्याही, मेघरोल, धनसपुर र हरिनमरी, औरही नगरपालिकाका चेप्कोट, टिम्किया, भोइल, औरही मुसहरी, खोपी, एकडारा गाउँपालिकाको भटौलिया, लोहारपट्टी नगरपालिकाको डोठारा, लेउरी, पिपराढी र रामगोपालपुरसहितमा मुसहर जातिको सघन बसोबास रहँदै आएको छ । यी बस्तीमा अहिले आमाहरू भारी मनले भर्खर १५÷१६ टेकेका छोरालाई पञ्जाव बिदा गर्ने तयारीमा छन् ।
सम्पतिको नाउँमा सानो पराले झुप्रोमात्र भएका आफ्नो समुदायका किशोर र युवाको वैदेशिक रोजगारको गन्तव्य भनेकै भारतको पञ्जाव रहेको यस समुदायका बुढापाकाको भनाइ छ । “साहुले ऋण पत्याएका गाउँका अरु समुदायका युवा कमाउन अरब कत्तार काहाँ काहाँ जान्छन्”, भङ्गाहा मुसहर बस्तीका परेग्वा सादाले भन्नुभयो, “हाम्रा छोरालाई त त्यति टाढा जाने रकम पत्याउने साहु (धनी) नै पाइँदैनन्, त्यसैले पञ्जाव नै जान्छन् ।”
पञ्जाव जान नागरिकता र राहदानी नचाहिने र बढी खर्च नलाग्ने भएकाले मुसहर समुदायका किशोर र युवाको रोजगारीको गन्तव्य पञ्जाव हुने गरेको छ । ‘कमाइ ल्यायो, भुटी खायो’ आहानका उदाहरण मुसहर समुदायमा अहिले पनि नागरिकता बनाउने, पढ्नुपर्ने र सामाजिक÷राजनीतिक गतिविधिमा सरिक हुने मालिक (मुसहर गाउँका उपल्लो जात भनिने अरु जाति समुदायलाई मालिकको सम्बोधन गर्छन् ) हरूको काम भएको धारणा पाइने गरेको सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सामाजिक संस्था प्रयास महोत्तरीका अध्यक्ष जिल्लाकै एकडारा गाउँपालिकाको भटौलियाका बासिन्दा प्रवीण कर्णको भनाइ छ ।
जिल्लामा कृषि मजदुरको अभावले खेतबारी बाँझै रहने र यहीकै कृषि कार्यमा दक्ष मानिएका मुसहर भने कृषि मजदुरी गर्न पञ्जाव जाने कुरा उदेकलाग्दो भएको बुद्धिजीवीको टिप्पणी छ । यहाँको कृषि जनशक्ति यही लगाउन राज्यस्तरबाट कुनै अग्रसरता नदेखिनु उदेकलाग्दो कुरा भएको बर्दिवास बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरीले बताउनुभयो । सम्पत्ति कमाउने र सञ्चित गर्ने सोचसम्म पनि नराख्ने मुसहर समुदायको पञ्जाव पलायन गुजारासँग मात्र जोडिएको छ । आफ्नो गाउँघर वरिपरिनै उचित बनी (पारिश्रमिक) पाए कलकलाउँदो उमेरको छोरालाई पञ्जाव पठाउनु नपर्ने कुरा आफ्ना लागि मीठो कल्पना हुने गरेको मुसहर बस्तीका आमा बताउँछन् । “केकरा ललसा नई जे परिवारके सब गोटे दुःखसुख बाइँट क सँगसाथ रही”, (परिवारका सबै सदस्य एकसाथ दुःखसुख बाँडेर बसौँ भने कसलाई लाग्दैन र ?) अब एक साताभित्रै छोरो सुकनालाई पञ्जाव पठाउने तयारीमा रहेकी अजगेवाकी फुलोवती सादाले भन्नुभयो, “मुदा, परिवारके गुजरबसरकेलेल बेटा के पञ्जाव भेज परैछै” (तर, परिवारको प्रतिपालका लागि छोरा पञ्जाव पठाउनुको विकल्प छैन) ।
जिल्लाका मुसहर बस्तीबाट एकलट किशोर र युवा छठ सकिएलगत्तै पञ्जाव गई सकेका छन् । होलीका लागि पर्खेका किशोर र युवा अब धमाधम पञ्जाव जाने तयारीमा रहेका देखिदो छ । “धेरैजसो हाम्रा नानीहरू लाग्दो मङ्सिरमै पञ्जाव गइसके”, धमौराको दलित बस्तीका अगुवा उत्तिम सादा मुसहरले भन्नुभयो, “अब बस्तीमा देखिएका किशोर र युवा पनि एक साताभित्रै पञ्जाव जाने छन् ।” सम्पत्ति आर्जन गर्ने कुनै लालसा नपालेका मुसहर समुदायका लागि छोरो पञ्जावबाट फर्किएको दिन मनमाफिकको भोजन गर्ने अवसर हुने गरेको छ । त्यसदिन आफन्तसहित सुँगुरको मासु, मुसाको चटनी, घोङीको झोलसँगै घरैया दारु (घरेलु मदिरा) खाएर एकछिन नाचगान गरेपछि छोरो पञ्जाव गएको सार्थक ठानिने मुसहर समुदायको आम धारणा पाइने गरेको छ ।
“अरु गाउँका मालिकले अरु चाडपर्व मनाउँछन्”, सकरीको मुसहर बस्तीका अगुवा रेबिया सादाले भन्नुभयो, “हामीचैँ छोरो पञ्जावबाट फर्केपछि जलसा (उत्सव) मनाउछौं ।” आफ्नो गरिबी र पछौटेपनप्रति सरकार, राजनीतिक दल वा राज्यका अन्य कुनै निकायप्रति कुनै गुनासो नरहेका मुसहर समुदाय आपूmलाई भगवानको खटनपटनले नै ठूलाबडाको सेवाका लागि बनाएका विश्वास गर्छन् । कुपोषण र खानकै कमीले ५० वर्ष नपुग्दै मृत्युको मुखमा पुग्ने मुसहर मुलुकमा जातीय उत्पीडन र पछौटेपनबाट मुक्तिका लागि भइरहेका जातीय र क्षेत्रीय आन्दोलनबाट बेखबर देखिन्छन् । यो समुदायका नानीहरूको विद्यालय पहुँच छैन । जिल्लामा करिब ३५ हजार हाराहारी जनसङ्ख्या रहेको यस समुदायबाट अहिलेसम्म एसइई उत्तीर्ण गर्नेको सङ्ख्या अझै ५० ननाघेको त जिल्ला शिक्षा विकास एकाइ कार्यालय महोत्तरीले नै स्वीकार गरेको छ ।
कृषि कार्यका लागि दक्ष जनशक्ति मानिने मुसहर समुदायको पञ्जाव पलायन रोक्न राज्य र सङ्घ संस्थाबाट पहलकदमी नभएको जिल्लाका बुद्धिजीवीले टिप्पणी गरेका छन् । यो कृषि मजदुरको जनशक्तिलाई छेक्न नसके मजदुरकै अभावमा जिल्लाका उर्बर जग्गा बाँझो रहने क्रम बढ्दै जाने जिल्लाकै भङ्गाहाको सीतापुरका बासिन्दा कृषि मन्त्रालयकै सहसचिवबाट अवकाश लिनुभएका कृषि विज्ञ रामबहादुर भुजेलको भनाइ छ । (रासस)

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

असार २८, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

असार २८, २०८३
एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५६ जना विद्यार्थी सम्मानित

असार २८, २०८३
दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

दुई महिनादेखि सार्वजनिक बाटो बन्दः निजी बंगला निर्माणका कारण रेल्वे रोडका स्थानीय सास्तीमा

असार २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि