Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सिया नदी प्रदूषणमुक्त बनाउनुपर्ने माग गर्दै सामाजिक अभियन्ताहरु धर्नामा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २३, २०७८
सिर्सिया नदी प्रदूषणमुक्त बनाउनुपर्ने माग गर्दै सामाजिक अभियन्ताहरु धर्नामा

वीरगन्ज (पर्सा), २३ फागुन ।
वीरगन्ज स्थित सिर्सिया नदी प्रदूषण मुक्तका लागि सामाजिक अभियन्ताहरुले सडकमा उत्रेका छन् । सिर्सिया नदी प्रदूषणमुक्त हुनुपर्ने माग गर्दै उनीहरुले वीरगन्जको घण्टाघर स्थित धर्नामा बसेका हुन् । बाराको जीतपुर सिमरादेखि वीरगन्ज महानगरपालिका हुँदै छिमेकी मुलुक भारतसम्म पुगेको सिर्सिया नदी उद्योग, कलकारखानाहरुबाट निस्कने फोहर सिधै नदीमा मिसाएको कारण नदी प्रदूषणभई सर्वसाधारणहरु विभिन्न प्रकारको रोगको शिकार हुने गरेका छन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ स्थित रामवन झाडीबाट वीरगन्ज महानगरपालिका हुँदै भारतसम्म पुगेको सिर्सिया नदी विगत तीन दशकदेखि प्रदूषणको शिकार बनेको छ । सिमरा स्थित रामवन झाडीमा यसको मुहान छ । परवानीपुरको दक्षिणमा कियासुत नदी यसमा मिसिन्छ । वौद्यी खोला यसमै विलय हुन्छ । तर, वीरगन्ज नपुग्दै यो नदी औद्योगिक प्रदूषणको चपेटामा पर्छ । बारा, पर्सा क्षेत्रमा उद्योग–कारखाना बाक्लिएसँगै सिर्सिया प्रदूषित हुँदै गएको हो ।

यस क्षेत्रमा साना, मझौला र ठूला गरि करिब २५ सयको हाराहारीमा उद्योगहरु छन्, र प्रायः सबैले उत्सर्जित ठोस वा तरल फोहोरमैलाको उचित व्यवस्थापनमा ध्यान दिएका छैनन् । कतिपयले खुलेआम त अन्यले नदेखिने गरी भूमिगत नालाबाट सिर्सिया नदीमा फोहोर पानी मिसाउने गरेका छन् । नदीको प्रदूषणले सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदिना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँव, बेहरा, बलुवा, सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगर क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित परेकोले त्यसलाई रोक्नका लागि बाध्य भएर सडकमा उत्रिनु परेको अधिवक्ता सुरेन्द्र कुर्मीले बताउँछन् ।खास गरि छाला उद्योगहरुबाट छालाका टुक्रा, रौ का टुक्रा र फोहरयुक्त पानी सिधै नदीमा फोहरपानी मिसाउने गरिएको छ । त्यस्तै सिमेन्ट उद्योग, साबुन उद्योगहरुले आफ्नो छाईहरु नदीमै भण्डारण गर्ने गरेको भन्दै कुर्मीले जगरनाथपुर स्थित नदी छेउमा टनै टन छाईहरु थुपारिएको छ, त्यसबाट नदीको पानी प्रदूषण भई जलचर मरि सके, जुन पानीबाट छालाको रोग निको हुन्थ्यो आज त्यही पानीबाट क्यान्सर र मुटु रोगहरु हुने गरेको बताए । नेपालको संविधानमा सस्वच्छ र स्वस्थ्य वातावरणमा बाच्न पाउने र प्राकृत्तिक सम्पदा विगार्नेनलाई १० वर्षसम्म कैदको पनि सजाय हुँदाहुँदै यसरी खुलेयाम सिर्सिया नदीलाई प्रदूषण गर्नेहरुलाई कसैले कारवाही गर्न नसकेको बताए ।

 

वीगन्ज महानगरपालिकाले पनि नदी सरसफाईमा ध्यान दिनुपर्ने हो, तर नदीलाई सफा गर्नुको साटो महानगरको अधिकाँश नालालाई नदीमै खसालेको छ, ट्याक्टरबाट पनि फोहर लगेर नदीमा खसाल्ने गरेको नदी फोहर बन्दै गएको भन्दै यसबाट नदी छेउछाउँमा बस्ने सर्वसाधारणहरुले नाक थुनेर बस्नुपर्ने बाध्यता रहेको बताए । क्यान्सर अस्पतालमा गएर तथ्याँक लिँदा यस क्षेत्रकै मान्छेहरु बढि रहेको भन्दै यहाँका उद्योगपतिहरुको कारण नै सर्वसाधारणहरु क्यान्सरको सिकार बनेको आरोप लगाए ।

सिर्सिया नदीको स्वच्छताको लागि आफूले तीन चार वर्षदेखि संघर्ष गर्दै आएको कुर्मीको दाबी छ । उनका अनुसार आफूले विगत ३ वर्ष पहिला ९ वटा उद्योग र वीरगन्ज महानगरपालिका विरुद्ध अदालतमा मुद्दा हालेको भन्दै त्यसको प्रतिउतरमा सम्पूर्ण उद्योगहरुले आफूहरुसँग वाटर ट्रिटमेन्ट प्लान्ट रहेको भन्दै जवाफ दिएको थियो र अदालतले हकदैयाको अभावमा अदालतले आफ्नो मुद्दा खारेज गरेको बताए । यसरी विगत लामो समयदेखि संघर्ष गर्दा पनि सिर्सया नदी सफाईमा सम्बन्धित निकायले कुनै चासो नदिएको कारण बाध्य भएर सडकमा धर्ना दिनुपर्ने अवस्था सृजना भएको बताए ।

यसैगरि अर्का सामाजिक अभियन्ता ओमप्रकाश सर्राफले वीरगन्जको मुख्य सम्पदा सिर्सिया नदी बचाउनका लागि आफूहरु संघर्षमा उत्रेको बताए । जुन सिर्सिया नदीका पानीले खाने पानीको रुपमा प्रयोग गरिन्थ्यो तर अहिले त्यो पानी अहिले जहरको रुपमा परिवर्तन भएको छ, नदीको स्वरुप रहेको उक्त अतिक्रमणको सिकार बनी नालाको स्वरुपमा परिवर्तन भएको भन्दै यसलाई संरक्षण गर्ने सम्बन्धित निकाय नै उद्योगहरुको आर्थिक प्रलोभनमा परेर र यहाँको सरकारको निकम्मापनको कारण यो नदी प्रदूषण एवं अतिक्रमणको शिकार बनेको बताए ।

यसबारे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सिर्सिया नदी यस क्षेत्रको सर्वसाधारणहरुको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने नदी रहेकोले यसलाई संरक्षण गर्नु सबैको दायित्व रहेको बताए । यस नदीलाई संरक्षण गर्नका लागि सर्वसाधारणहरु पनि जागरुक हुनुपर्ने भन्दै खास गरेर उद्योगहरुले यसमा फोहर नफाल्नुपर्ने हो तर स्थानीय सरकारले कडाईका रुपमा पालना गर्न नसकेको कारण यस्तो अवस्था सृजना भएको बताए । सिर्सिया नदी संरक्षणका लागि सबै पक्षको सहकार्य भए मात्रै सम्भव हुने भन्दै छठ पर्वको बेला मात्रै स्वच्छ हुने यस नदीलाई दीर्घकालीन रुपमै स्वच्छ बनाउनुपर्ने बताए ।

सिर्सिया नदी प्रदुषणको चपेटामा परेको ३ दशक भइसकेको छ । बाराको सिमरादेखि पश्चिममा पर्ने रामवनमा रहेको जंगलमा मुल रहेको सिर्सिया नदीलाई दुषित बनाउनेमा बारा, पर्साको औद्योगिक करिडोरमा रहेका साना ठूला गरि ४६ उद्योग र वीरगन्ज महानगरपालिका रहेका छन् । ती उद्योगहरुबाट उत्सर्जित हुने प्रदुषित रसायनयुक्त पानी र फोहोर पदार्थ प्रशोधन नगरि सिधै नदीमै उत्सर्जन हुँदै आएको छ । औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिइँदा दुर्गन्धित बनेको हो ।
सिर्सिया नदी अनुगमन समितिले नदी प्रदुषित बनाउने दोषिहरुको किटान गरि स्थानीय प्रशासनलाई प्रतिवेदन बुझाएको १२ वर्ष वितिसक्दा पनि कारवाही प्रक्रिया अगाडि बढ्न सकेको छैन । सिर्सिया नदी आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदुषणको कारण उद्योगहरु नै रहेको उल्लेख थियो । प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नामै किटान गरिएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि