वीरगंज (पर्सा), १५ असार । वीरगंज महानगरपालिकाका निलम्बित प्रमुख राजेशमान सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान तथा सम्भावित कारबाही रोक्न माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालत पुगेको छ ।
सो मुद्दामा सोमबार पेसी तोकिएको भए पनि सर्वोच्च अदालतले उक्त निवेदनलाई ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाललाई समेत विपक्षी बनाउँदै असार ८ गते रिट दर्ता गराएका थिए ।
प्रारम्भिक रूपमा आजको पेसी सूचीमा समावेश गरिएको मुद्दा प्राविधिक वा कानुनी कारण देखाउँदै तत्काल सुनुवाइ हुन नसक्ने गरी स्थगित गरिएको अदालत स्रोतले जनाएको छ । यससँगै मेयर सिंहले दायर गरेको रिटमा तत्काल कुनै सुनुवाइ अघि नबढ्ने भएको छ भने मुद्दा अर्को पेसीमा कहिले जाने भन्नेबारे औपचारिक जानकारी आउन बाँकी छ ।







प्रतिक्रिया दिनुहोस् !