Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छठपछि मधेशका अधिकारका लागि ठूलो आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सरार्फले जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि तथा अधिकारको संरक्षणका लागि मधेशी जनता सधैँ सचेत र खबरदारीपूर्ण अवस्थामा रहनुपर्ने बताए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १६, २०८३
छठपछि मधेशका अधिकारका लागि ठूलो आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

वीरगंज (पर्सा), १६ कात्तिक । जनमत पार्टीले मधेश आन्दोलन र ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धि तथा मधेशी जनताको हक–अधिकारमाथि हुने कुनैपनि हस्तक्षेपविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीले छठ पर्वपछि मधेशका मुद्दालाई केन्द्रमा राखेर ठूलो आन्दोलन गर्ने घोषणा गरेको हो ।

वीरगंज महानगरपालिका–१६ स्थित इनर्वा दक्षिण टोलमा आयोजित टोलस्तरीय दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले यस्तो चेतावनी दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सरार्फले जनआन्दोलन र मधेश आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि तथा अधिकारको संरक्षणका लागि मधेशी जनता सधैँ सचेत र खबरदारीपूर्ण अवस्थामा रहनुपर्ने बताए । वर्तमान सरकारले मधेश र मधेशी समुदायको हक–अधिकार कटौती गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै उनले सीमाक्षेत्रमा सर्वसाधारण नागरिकमाथि अपराधीसरह व्यवहार गरिनु आपत्तिजनक भएको टिप्पणी गरे ।

सरकारको यस्तो रवैयाविरुद्ध मधेशी जनतालाई एकजुट हुन आह्वान गर्दै उनले छठ पर्वलगत्तै सशक्त आन्दोलनमा उत्रिने संकेत गरे । शुभकामना आदानप्रदान कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रम्भा मिश्र, जिल्ला उपाध्यक्ष नागेन्द्र गुप्ता, जिल्ला सचिव फुलेना कुशवाहा, सहसचिव सत्जुग साह, जिल्ला सदस्य निकेश महतो, तुलसी राम, अलि अकबर मियाँ, दलित जिल्ला अध्यक्ष रामनरेश राम तथा नेता नसिबलाल सेठलगायतको सहभागिता थियो ।

त्यसैगरी युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साहसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले दीपावली र छठ पर्वले समाजमा सुख, शान्ति, समृद्धि र आपसी एकता तथा सद्भाव कायम गर्ने विश्वास व्यक्त गर्दै टोलवासी र नगरवासीलाई पर्वको शुभकामना दिएका थिए । कार्यक्रमको सहजीकरण जनमत पार्टी पर्साका जिल्ला प्रवक्ता सहनवाज राकीले गरेका थिए ।

Tags: जनमत पार्टी पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

काठ बरामद गर्न पुगेको संयुक्त टोली र उद्योग सञ्चालक पक्षबीच झडप, प्रहरीसहित केही घाइते

काठ बरामद गर्न पुगेको संयुक्त टोली र उद्योग सञ्चालक पक्षबीच झडप, प्रहरीसहित केही घाइते

कार्तिक १६, २०८३
मोटरसाइकल चोर समाते स्थानीयले, जस प्रहरीको विज्ञप्तिमा ! पक्राउको श्रेय लिन पर्सा प्रहरीको हतारो

मोटरसाइकल चोर समाते स्थानीयले, जस प्रहरीको विज्ञप्तिमा ! पक्राउको श्रेय लिन पर्सा प्रहरीको हतारो

कार्तिक १६, २०८३
गोलीले क्षतविक्षत बनाएको शरीरः चिकित्सकको प्रयासले आदित्यले पाए नयाँ जीवन, फर्कियो होस

गोलीले क्षतविक्षत बनाएको शरीरः चिकित्सकको प्रयासले आदित्यले पाए नयाँ जीवन, फर्कियो होस

कार्तिक १६, २०८३
छठपछि मधेशका अधिकारका लागि ठूलो आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

छठपछि मधेशका अधिकारका लागि ठूलो आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

कार्तिक १६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि