कलैया (बारा), १२ कात्तिक । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी बरैनियाबाट खटिएको गस्ती टोलीले बिहीबार सीमावर्ती क्षेत्रमा निगरानीका क्रममा उक्त सामान नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार बरामद लत्ताकपडा तथा सामान ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकलको कुल अनुमानित मूल्य ६ लाख ४६ हजार ७५० रुपैयाँ रहेको छ । भन्सार प्रक्रिया पूरा नगरी भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बरामद सामान र मोटरसाइकलमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सीमावर्ती क्षेत्रमा भन्सार छली र अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा निकायले गस्ती तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ । पछिल्लो बरामदगीले सीमामा हुने अवैध सामान ओसारपसार रोक्न निगरानीको आवश्यकता फेरि उजागर गरेको छ ।

























प्रतिक्रिया दिनुहोस् !