Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई सम्मानसहित बिदाइ

वीरगंजस्थित त्रिशालामा सफल तेक्वान्दो डोजाङ क्लबद्वारा आयोजित कार्यक्रममा प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूलाई खादा ओढाएर सम्मान गर्दै सफलताको शुभकामनासहित बिदाइ गरिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ९, २०८३
तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई सम्मानसहित बिदाइ

वीरगंज (पर्सा), ९ कात्तिक । सौराहा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन जाने वीरगंजका खेलाडीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेलले सम्मानसहित बिदाइ गरेका छन् । वीरगंजस्थित त्रिशालामा सफल तेक्वान्दो डोजाङ क्लबद्वारा आयोजित कार्यक्रममा प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूलाई खादा ओढाएर सम्मान गर्दै सफलताको शुभकामनासहित बिदाइ गरिएको हो ।

क्लबका गुरु एमडी ओसामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित पटेलले खेलाडीहरू राष्ट्रको पहिचान स्थापित गर्ने भविष्यका कर्णधार भएको बताए । खेलकुदमार्फत देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलाडीहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले आगामी दिनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

छ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै
सौराहा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका लागि छनोट भएका अनिश कुमार सराफ, सौरभ गिरि, राजन शाह, सचिन कुशवाहा, दुर्गा गिरि र कुकि मुखियालगायत खेलाडीलाई कार्यक्रममा सम्मानसहित बिदाइ गरिएको थियो । प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडीहरूको हौसला अभिवृद्धि गर्दै आयोजकले उनीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका थिए ।

खेलाडीको मनोबल बढाउन सहयोग गर्ने प्रतिबद्धता
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी जेन–जी पर्साका सल्लाहकार वीरेन्द्र कण्ठ, रास्वपा वीरगंज महानगर कार्यसमिति सदस्य सुरज महसिन राजा, चन्दन महतो तथा युवा नेता सुरेश गुप्तालगायतले खेलाडीहरूलाई शुभकामना दिँदै सफलताको कामना गरेका थिए ।

कार्यक्रमको सहजीकरण जेन–जी पर्साका संयोजक महादेवप्रसाद कुर्मीले गरेका थिए । सफल तेक्वान्दो डोजाङ क्लबका गुरु एमडी ओसामाले कार्यक्रमको समापन गरेका थिए । खेलाडीहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित बिदाइ कार्यक्रमले प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीहरूको मनोबल बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Tags: सफल तेक्वान्दो डोजाङ क्लब
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने नियम लागू

पर्सामा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने नियम लागू

कार्तिक १०, २०८३
पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’को चौथो संस्करण, पहिलो दिन २५० विद्यार्थी सहभागी

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’को चौथो संस्करण, पहिलो दिन २५० विद्यार्थी सहभागी

कार्तिक १०, २०८३
वीरगंज सुक्खा बन्दरगाह र आईसीपीको अनुगमन, २४ घण्टा प्रवेशद्वार सञ्चालन गर्न पहल

वीरगंज सुक्खा बन्दरगाह र आईसीपीको अनुगमन, २४ घण्टा प्रवेशद्वार सञ्चालन गर्न पहल

कार्तिक १०, २०८३
पर्सागढीमा अवैध सालको काठ तस्करी, पिकअपसहित चालक पक्राउ

पर्सागढीमा अवैध सालको काठ तस्करी, पिकअपसहित चालक पक्राउ

कार्तिक १०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि