Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नापी प्रमुखलाई धम्की दिएको आरोपमा लेखनदास पक्राउ, छोरा फरार

प्राप्त विवरणअनुसार केही दिनअघि नापी कार्यालय पुगेका रामाशिषले आफू स्थानीय बासिन्दा तथा पूर्व लेखापढी व्यवसायी सङ्घको अध्यक्ष भएको उल्लेख गर्दै कार्यालय प्रमुख पाण्डेमाथि दबाब सिर्जना गरेका थिए । आफू बसोबास गर्ने वडामै कार्यालय रहेकाले आफूले चाहेजस्तै काम हुनुपर्ने भन्दै उनले नियमविपरीत काम गराउन खोजेको आरोप छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २४, २०८३
नापी प्रमुखलाई धम्की दिएको आरोपमा लेखनदास पक्राउ, छोरा फरार

पोखरिया (पर्सा), २४ असोज । पर्साको पोखरियास्थित नापी कार्यालयका प्रमुख बब्लु पाण्डेमाथि गालीगलौज, अभद्र व्यवहार र धम्की दिएको आरोपमा लेखनदास रामाशिष साह गोढ पक्राउ परेका छन् । घटनामा संलग्न रहेको आरोप लागेका उनका छोरा विनय साह गोढ भने फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले रामाशिषलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पोखरियामा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्राप्त विवरणअनुसार केही दिनअघि नापी कार्यालय पुगेका रामाशिषले आफू स्थानीय बासिन्दा तथा पूर्व लेखापढी व्यवसायी सङ्घको अध्यक्ष भएको उल्लेख गर्दै कार्यालय प्रमुख पाण्डेमाथि दबाब सिर्जना गरेका थिए । आफू बसोबास गर्ने वडामै कार्यालय रहेकाले आफूले चाहेजस्तै काम हुनुपर्ने भन्दै उनले नियमविपरीत काम गराउन खोजेको आरोप छ ।

तर, कार्यालय प्रमुख पाण्डेले कानुनी प्रक्रिया र निर्धारित मापदण्डविपरीत काम गर्न नमिल्ने अडान लिएपछि रामाशिषले गालीगलौज गर्दै अभद्र व्यवहार र धम्की दिएको आरोप लगाइएको छ । सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई दबाब दिएर नियमविपरीत काम गराउन खोजिएको यो घटनालाई गम्भीर रूपमा हेरिएको छ ।

रामाशिषमाथि सेवाग्राहीको काम गराइदिने आश्वासन दिएर रकम असुल्ने तथा धाकधम्कीको सहारामा नियमविपरीत काम गराउन खोज्ने गरेको आरोपसमेत लागेको छ । यद्यपि, यी आरोपहरूको सत्यतथ्य प्रहरी अनुसन्धानबाट पुष्टि हुन बाँकी छ । घटनामा उनका छोरा विनयको समेत संलग्नता रहेको आरोप छ । उनी फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

सरकारी कार्यालयमा कानुनी प्रक्रिया पालना गराउनुपर्ने कर्मचारीमाथि नै दबाब, दुर्व्यवहार र धम्की दिइएको आरोप सार्वजनिक भएपछि घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीको विषय महत्त्वपूर्ण बनेको छ । प्रहरीले घटनासँग सम्बन्धित आरोपहरूको सत्यतथ्य पत्ता लगाउने जनाएको छ । आरोप अनुसन्धानबाट पुष्टि भएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुने व्यवस्था छ ।

Tags: नापी कार्यालय पोखरिया
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नाङ्गो तारको करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

नाङ्गो तारको करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

अशोज २५, २०८३
विद्युत् सर्टसर्किटबाट दुई ठाउँमा आगलागी, चार पशुचौपायाको मृत्यु

विद्युत् सर्टसर्किटबाट दुई ठाउँमा आगलागी, चार पशुचौपायाको मृत्यु

अशोज २४, २०८३
१४ लाखबढीको भन्सार छलीका सामान बरामद, दुई ई–लोडर पनि नियन्त्रणमा

१४ लाखबढीको भन्सार छलीका सामान बरामद, दुई ई–लोडर पनि नियन्त्रणमा

अशोज २४, २०८३
चाडपर्वमा यात्रु ठगिए प्रहरीलाई खबर गर्नुस्, रौतहटका चार स्थानमा सहायता कक्ष

चाडपर्वमा यात्रु ठगिए प्रहरीलाई खबर गर्नुस्, रौतहटका चार स्थानमा सहायता कक्ष

अशोज २४, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि