Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरुवा भएको १४ दिनसम्म पनि पर्सा प्रशासनमैः मन्त्रालयको सरुवा आदेशलाई लत्याउँदै नासु गुप्ता

गुप्ता जिल्ला प्रशासन कार्यालय पर्साको ‘मुद्दा शाखा प्रमुख’को जिम्मेवारीमा छन् । गृह मन्त्रालयबाट औपचारिक रूपमा सरुवा भइसकेका कर्मचारीलाई तत्काल नयाँ कार्यालयमा पठाउनुको सट्टा पुरानै जिम्मेवारीमा निरन्तर राखिएपछि पर्सा प्रशासनमा मन्त्रालयको निर्णय कार्यान्वयनप्रति नै प्रश्न उठेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २१, २०८३
सरुवा भएको १४ दिनसम्म पनि पर्सा प्रशासनमैः मन्त्रालयको सरुवा आदेशलाई लत्याउँदै नासु गुप्ता

वीरगंज (पर्सा), २१ असोज । गृह मन्त्रालयले सरुवा गरेको दुई साता बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकर प्रसाद गुप्तालाई नयाँ कार्यस्थलमा पठाइएको छैन । मन्त्रालयको कर्मचारी प्रशासन शाखाले असोज ८ गते उनलाई ओखलढुंगास्थित खिजिफलाटे इलाका प्रशासन कार्यालयमा सरुवा गरेको थियो । तर सरुवा आदेश भएको १४ दिन बितिसक्दा पनि गुप्ता जिल्ला प्रशासन कार्यालय पर्सामै कार्यरत छन् ।

गुप्ता जिल्ला प्रशासन कार्यालय पर्साको ‘मुद्दा शाखा प्रमुख’को जिम्मेवारीमा छन् । गृह मन्त्रालयबाट औपचारिक रूपमा सरुवा भइसकेका कर्मचारीलाई तत्काल नयाँ कार्यालयमा पठाउनुको सट्टा पुरानै जिम्मेवारीमा निरन्तर राखिएपछि पर्सा प्रशासनमा मन्त्रालयको निर्णय कार्यान्वयनप्रति नै प्रश्न उठेको छ ।

सरुवा आदेश कार्यान्वयनमा भइरहेको ढिलाइले प्रशासनिक आवश्यकताभन्दा कार्यालयभित्रको सम्बन्ध र प्रभावले प्राथमिकता पाएको त होइन भन्ने प्रश्नसमेत उठाएको छ । विशेषगरी मुद्दा शाखाजस्तो संवेदनशील र महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका कर्मचारीलाई सरुवा आदेशपछि पनि पुरानै कार्यालयमा राखिरहनुले यस विषयलाई थप शंकास्पद बनाएको छ ।

सरकारले सुशासन, प्रशासनिक सुधार र सार्वजनिक निकायमा जवाफदेहितालाई प्राथमिकतामा राख्दै आएको दाबी गरिरहेको छ । तर गृह मन्त्रालयबाटै भएको सरुवा निर्णय जिल्ला तहमा आएर कार्यान्वयनमा ढिलाइ हुनु भने प्रशासनिक अनुशासनमाथि प्रश्न उठाउने अवस्था हो । सरुवा भइसकेका कर्मचारीलाई नयाँ कार्यालयमा पठाउने प्रक्रिया सम्बन्धित कार्यालयले अघि बढाउनुपर्ने हुन्छ । त्यसैले मन्त्रालयको निर्णय कार्यान्वयनमा अनावश्यक विलम्ब किन भइरहेको छ भन्ने विषयमा पर्सा प्रशासनले स्पष्ट पार्नुपर्ने देखिन्छ ।

गुप्तालाई किन अहिलेसम्म रवाना नदिइएको भन्ने प्रश्नमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णा थापाले उनी हाल बिदामा रहेको बताए । उनका अनुसार सरुवा भएको कर्मचारीलाई रवाना हुन २१ दिनसम्मको समय रहने भएकाले उक्त अवधिभित्र गुप्तालाई रवाना दिइनेछ । तर २१ दिनसम्मको समयसीमा छ भन्दैमा सरुवा आदेश कार्यान्वयनमा ढिलाइ गर्नुपर्ने आवश्यकता के हो ? भन्ने प्रश्न भने उठेको छ । मन्त्रालयले सरुवा गरेको कर्मचारीलाई समयमै नयाँ जिम्मेवारीमा पठाउनुको सट्टा पुरानै कार्यालयमा निरन्तर राखिनु प्रशासनिक आवश्यकता हो वा अन्य कुनै कारण, त्यसको स्पष्ट जवाफ आवश्यक देखिन्छ ।

गृह मन्त्रालयबाट भएको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले कार्यान्वयन गर्नुपर्ने अवस्थामा आदेश भएको १४ दिनसम्म पनि गुप्ता पर्सामै रहनुले मन्त्रालयको सरुवा निर्णयको प्रभावकारितामाथि समेत प्रश्न खडा गरेको छ । यससँगै जिल्ला प्रशासन कार्यालयभित्र कर्मचारी व्यवस्थापन, जिम्मेवारी हस्तान्तरण र निर्णय प्रक्रियाको पारदर्शिताबारे पनि बहस सुरु भएको छ । सरुवा आदेशपछि पनि गुप्तालाई पर्सामै रोकिराख्नुको वास्तविक कारण के हो ? कार्यालयको प्रशासनिक आवश्यकता हो, बिदाको अवस्था हो वा अन्य कुनै प्रभाव ? यसको स्पष्टता पर्सा प्रशासनले दिनुपर्ने देखिन्छ ।

सुशासन र प्रशासनिक सुधारको प्रतिबद्धता दोहोर्‍याइरहेको राज्य संयन्त्रमा मन्त्रालयकै निर्णय कार्यान्वयन गर्न जिल्ला तहमा देखिएको ढिलाइले भने सरकारी प्रशासनको व्यवहारिक कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ ।

Tags: सरुवा आदेश लत्याउँदै नासु गुप्ता पर्सा प्रशासनमै !
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहटमा फैसला कार्यान्वयन अभियानः ३७ जना फरार प्रतिवादी पक्राउ

अशोज २१, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

चाडपर्व लक्षित पर्सा प्रहरीको विशेष सुरक्षा योजना लागू

अशोज २१, २०८३
पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

पर्सामा जिल्लास्तरीय बालक्लब सञ्जाल गठन, अध्यक्षमा करिश्मा गुप्ता

अशोज २१, २०८३
पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

पीएचडी हासिल गरेका बैठालाई वीरगंज महानगरको विशेष सम्मान

अशोज २१, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि