पकाहामैनपुर (पर्सा), २० असोज । पकहा मैनपुर गाउँपालिकास्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा आज विद्यार्थीहरूका लागि Dental Awareness & School Health Interaction कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा डा. आमिर आलम ले विद्यार्थीहरूलाई दाँत तथा मुखको स्वास्थ्य, नियमित दाँत सफा गर्ने तरिका, oral hygiene तथा समयमै dental check-up गराउनुपर्ने महत्वबारे जानकारी गराएका थिए ।
कार्यक्रमका क्रममा विद्यालयका शिक्षकहरूसँग पनि विद्यालय स्वास्थ्य, विद्यार्थीको स्वास्थ्य अवस्था तथा आगामी स्वास्थ्य सचेतना कार्यक्रमहरू सम्बन्धमा छलफल गरिएको थियो । विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी सचेतना बढाउने उद्देश्यले आगामी दिनमा पकहा मैनपुर क्षेत्रका अन्य विद्यालयहरूमा समेत यस्ता Dental Awareness & School Health Interaction कार्यक्रमलाई निरन्तरता दिने डा. आलमले बताए ।
“स्वस्थ विद्यार्थी, स्वस्थ विद्यालय, स्वस्थ समाज” भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।












प्रतिक्रिया दिनुहोस् !