काठमाडौँ, २० असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले विद्युतीय कारोबारसम्बन्धी कसुरमा चलाइएको मुद्दामा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको हो । अदालतका सूचना अधिकारी शिव खतिवडाले प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेश भएको जानकारी दिए ।
विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई असार १२ गते पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले मंगलबार प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशसँगै प्रसाईं धरौटी बुझाएर रिहा हुने भएका छन् । 












प्रतिक्रिया दिनुहोस् !