Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महोत्तरीका किसान ओल खन्न व्यस्त

“अहिले खेतीपातीको अन्य धपेडी छैन । नवरात्र लागेपछि चाडपर्वको तयारीमा लाग्नुपर्छ। त्यसैले ओल खन्न लागेका छौँ,” यादवले भने, “अहिले खनेर राखे दसैँ, दीपावली र छठका बेला बजार पुर्‍याउने काममात्र रहन्छ ।” यादवसँगै उनका छिमेकी हशन कवारी, चन्देश्वर राय दनुवार र उपेन्द्र यादव पनि ओल खन्ने तयारीमा छन् । मधेसमा ओललाई परम्परागत रूपमा महँगो तरकारीका रूपमा लिइन्छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २०, २०८३
महोत्तरीका किसान ओल खन्न व्यस्त

भङ्गाहा (महोत्तरी), २० असोज । चाडपर्व सुरु हुनै लाग्दा महोत्तरीका ओल किसानको व्यस्तता बढेको छ । दसैँ, तिहार र छठ नजिकिँदै गएपछि किसान अहिले ओल खन्ने र भण्डारण गर्ने काममा जुटेका छन् । माटोमुनि फल्ने ओल खनेर राखेपछि महिनौँसम्म ताजा रहने भएकाले किसानले चाडपर्वलाई लक्षित गरेर अहिले नै उत्पादन संकलन गर्न थालेका हुन् । भङ्गाहा–४ रामनगरका किसान रामसागर यादव अहिले खेतीपातीको अन्य कामको चाप कम भएकाले ओल खन्ने काममा लागेको बताउँछन् ।

“अहिले खेतीपातीको अन्य धपेडी छैन । नवरात्र लागेपछि चाडपर्वको तयारीमा लाग्नुपर्छ। त्यसैले ओल खन्न लागेका छौँ,” यादवले भने, “अहिले खनेर राखे दसैँ, दीपावली र छठका बेला बजार पुर्‍याउने काममात्र रहन्छ ।” यादवसँगै उनका छिमेकी हशन कवारी, चन्देश्वर राय दनुवार र उपेन्द्र यादव पनि ओल खन्ने तयारीमा छन् । मधेसमा ओललाई परम्परागत रूपमा महँगो तरकारीका रूपमा लिइन्छ । अन्य तरकारीको तुलनामा यसको मूल्य राम्रो पाइने र उत्पादनसमेत राम्रो हुने भएकाले महोत्तरीका किसान ओलखेतीतर्फ आकर्षित हुँदै आएका छन् ।

जिल्लाका भङ्गाहा, बर्दिबास र गौशाला नगर क्षेत्रका विभिन्न बस्तीमा ओलखेती गरिएको छ । बलवा नगरपालिका–१० धमौरा, लोहारपट्टी तथा मटिहानी नगरपालिकाका अधिकांश बस्तीका किसानले समेत ओल लगाएका छन् । बलवा–१० धमौराका किसान नविजान कवारीका अनुसार ओल बिक्रीका लागि किसानले धेरै समस्या भोग्नुपर्दैन । व्यापारीहरू घरमै आउने गरेको र बजार पुर्‍याएपछि पनि सहजै बिक्री हुने गरेको उनले बताए । “व्यापारी घरमा आउने गरेका छन् । नआए पनि बजार पुर्‍याएपछि बिक्री भइहाल्छ,” कवारीले भने, “राम्रो भाउ पाउने बेला पारेर बेच्न सकिन्छ ।”

स्थानीय किसानका अनुसार एक कठ्ठा जमिनमा १० क्विन्टलसम्म ओल उत्पादन हुने गरेको छ । ओलबाट तरकारी, चटनी, अचार र तरुवा बनाइन्छ । मधेसमा यी परिकार लोकप्रिय छन् । पहिले रैथाने ओल सीमित परिवारको भान्सामा पुग्ने गरेको थियो । अन्य तरकारीभन्दा महँगो भएकाले ओललाई हुनेखाने परिवारले खाने तरकारीका रूपमा लिइन्थ्यो । अहिले यसको बजार विस्तार भए पनि महोत्तरीमा ओलखेती अझै व्यावसायिक रूपमा अघि बढ्न सकेको छैन । भङ्गाहा गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष कार्कीका अनुसार किसानले ओललाई मुख्य बालीका रूपमा अझै स्वीकार गरिसकेका छैनन् । किसानले व्यावसायिक रूपमा ओलखेती गर्न चासो देखाए सुलभ मूल्यमा बीउ, प्राविधिक सहयोग र टाढाका बजारसँग आवश्यक समन्वयको व्यवस्था गर्न कृषि शाखा तयार रहेको उनले बताए ।

उनका अनुसार पछिल्ला केही वर्षयता जिल्लामा ओलखेती विस्तारै बढ्दै गएको छ र केही किसान कृषि शाखासँग प्रत्यक्ष सम्पर्कमा आएर खेतीसम्बन्धी सल्लाह लिन थालेका छन् । स्थानीय किसानका अनुसार ओलखेतीका लागि धेरै सिँचाइ आवश्यक पर्दैन । अन्य तरकारी बालीको तुलनामा बढी वर्षा सहन सक्ने भएकाले खेती गर्न सहज छ । गौशाला–१० लक्ष्मीनियाँका किसान लक्ष्मीप्रसाद महतो थोरै लगानी र कम मेहनतमै ओलबाट राम्रो उत्पादन लिन सकिने बताउँछन् । उनका अनुसार अन्य बालीको तुलनामा ओलमा मौसमको प्रभाव पनि कम पर्ने गरेको छ ।

बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतो ओल लामो समयसम्म घरमै भण्डारण गर्न सकिने भएकाले किसानका लागि सहज र आम्दानीका दृष्टिले भरपर्दो बाली भएको बताउँछन् । कृषि कार्यालयका फलफूल विज्ञ तथा सूचना अधिकारी अविरलकुमार महतोका अनुसार दुई वर्षअघिसम्म ओलखेतीबारे खासै चासो नदेखाउने किसान पछिल्लो समय खेतीसम्बन्धी सल्लाह लिन कार्यालयसम्म आउन थालेका छन् । बजार र उत्पादनको सम्भावना देखिएसँगै किसानमा ओलखेतीप्रतिको चासो क्रमशः बढ्दै गएको उनको भनाइ छ ।

Tags: ओल खेतीमा व्यस्त किसान
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीका किसान ओल खन्न व्यस्त

महोत्तरीका किसान ओल खन्न व्यस्त

अशोज २०, २०८३
प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

प्रभु बैंकका सिइओ सुमन शर्मा दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३
उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम तीव्र गतिमाः शिक्षामन्त्री

अशोज २०, २०८३
दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

अशोज २०, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि