Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

पानी आउने आशामा जडान गरिएका अधिकांश चापाकल सुकेपछि करिब २०० घरपरिवार अहिले गाउँमा रहेको एउटै सबमर्सिबल पम्पको भरमा दैनिक पानीको जोहो गरिरहेका छन् । बिहान र साँझ सबमर्सिबल पम्पमा पानी भर्न स्थानीयको लामो भीड लाग्छ । दुई बाल्टिन पानी लिनसमेत घण्टौँ पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

गोलबजार (सिरहा), २९ भदौ । सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना–हरिपुरमा खानेपानीको संकट यति गहिरिएको छ कि घर–घरमा रहेका चापाकल देखाउनलाई मात्र बाँकी छन् । पानी आउने आशामा जडान गरिएका अधिकांश चापाकल सुकेपछि करिब २०० घरपरिवार अहिले गाउँमा रहेको एउटै सबमर्सिबल पम्पको भरमा दैनिक पानीको जोहो गरिरहेका छन् । बिहान र साँझ सबमर्सिबल पम्पमा पानी भर्न स्थानीयको लामो भीड लाग्छ । दुई बाल्टिन पानी लिनसमेत घण्टौँ पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । आफ्नै घरको चापाकलले पानी दिन छाडेपछि छिमेकीको घरमा रहेको सबमर्सिबल पम्पबाट पानी भरेर दैनिक गुजारा चलाउनुपर्ने अवस्था आएको उनीहरू बताउँछन् ।

बेतौनाकी ४५ वर्षीया चन्दरदेवी मुखियाको घरआँगनमै चापाकल छ । तर, केही वर्षयता उक्त चापाकलबाट पानी आउन छाडेको छ । घरमै पानीको स्रोत हुँदाहुँदै पनि उनी अहिले छिमेकी मोहन झाको घरमा जडान गरिएको सबमर्सिबल पम्पबाट पानी बोकेर जीवन चलाइरहेकी छन् । स्थानीय आशादेवी मुखियाले पनि चापाकलबाट पानी तान्न विशेष मोटर जडान गरेकी छन् । मोटर जडान गरेको वर्षौँ बितिसक्दा पनि चापाकलबाट पानी नआएको उनको भनाइ छ । वडाध्यक्ष गणेश मुखियाको घरआँगन तथा बारीमा समेत दुईवटा चापाकल छन् । तीमध्ये एउटामा विशेष मोटरसमेत जोडिएको छ । तर, भूमिगत पानीको सतह घट्दै गएपछि उनको घरका चापाकलले समेत पानी तान्न छाडेका छन् ।

पाँच वर्षदेखि बढ्दै संकट, यस वर्ष झन् भयावह
स्थानीय मोहन झाका अनुसार बेतौनामा खानेपानीको समस्या आजको होइन । पछिल्लो पाँच वर्षदेखि समस्या क्रमशः बढ्दै गएको हो । वर्षायाममा पर्याप्त पानी परेको समयमा केही महिनासम्म चापाकलमा थोरै भए पनि पानी आउने गरेको थियो । तर, यस वर्ष लामो समयसम्म पर्याप्त वर्षा नहुँदा अवस्था थप गम्भीर बनेको छ । ‘हाम्रोमा पछिल्लो पाँच वर्षदेखि पानीको समस्या छ । असार–साउनमा राम्रो पानी पर्दा मंसिर–पुससम्म चापाकलमा थोरै–थोरै पानी आउँथ्यो’, झाले भने, ‘तर, यस वर्ष लामो समयदेखि पर्याप्त पानी नपर्दा चापाकलबाट पानी आउनै छाडेको छ ।’

लामो खडेरीसँगै धानखेतमा सिँचाइको आवश्यकता बढेपछि भूमिगत पानीमाथिको निर्भरता झन् बढेको छ । खेतमा सिँचाइका लागि मोटर तथा दमकल एकैपटक सञ्चालन हुँदा जमिनमुनिको पानीमा अत्यधिक दबाब परेको स्थानीयको भनाइ छ । झाका अनुसार गाउँका अधिकांश बासिन्दा नुहाउन र कपडा धुनसमेत खेततर्फ जाने गरेका छन् । यसले गाउँमा रहेको एउटै सबमर्सिबल पम्पमा पर्ने दबाब केही कम भए पनि त्यसले करिब २०० परिवारको आवश्यकता धान्न सक्ने अवस्था भने छैन ।

‘खेतमा भएका मोटर र दमकल धान सिँचाइका लागि चलिरहेका छन् । नुहाउन र लुगा धुन पनि धेरैजसो मानिस चौरी (धानखेत) जाने भएकाले यहाँ केही चाप कम छ’, झाले भने, ‘उताका मोटर नचल्ने हो भने एउटा समरसेवलले यो गाउँलाई धान्नै सक्दैन ।’ स्थानीयले तत्काल वैकल्पिक खानेपानीको व्यवस्था गर्न माग गरेका छन् । अन्यथा खडेरी लम्बिँदै जाँदा बेतौनामा खानेपानीको संकट अझ विकराल बन्ने उनीहरूको चेतावनी छ ।

वडा भन्छ– प्रत्येक घरलाई समरसेवल दिन सकिँदैन
गोलबजार नगरपालिका–१२ का वडाध्यक्ष गणेश मुखियाले घरायसी प्रयोजनका लागि बेतौनामा खानेपानीको गम्भीर समस्या देखिएको स्वीकार गरेका छन् । तर, वडाको सीमित स्रोतसाधनबाट प्रत्येक घरलाई छुट्टाछुट्टै सबमर्सिबल पम्प उपलब्ध गराउन सम्भव नरहेको उनको भनाइ छ । ‘घर व्यवहारमा चलाउने पानीकै ठूलो समस्या आएको छ । तर हामीले व्यक्ति–व्यक्तिलाई समरसेवल दिन सक्ने अवस्था वडाको छैन’, मुखियाले भने ।

उनका अनुसार लामो समयको खडेरी र धानखेतमा जडान गरिएका मोटर तथा दमकल एकैपटक सञ्चालन हुँदा भूमिगत पानीको सतह तल झरेको हो । पानीको सतह घटेपछि चापाकलले पानी तान्न नसकेको उनको भनाइ छ ।

चापाकल बाँडेर संकट टर्दैन, दीर्घकालीन योजना आवश्यक
गोलबजार नगरपालिकाले खानेपानी तथा सिँचाइका नाममा हरेक वर्ष करोडौँ रुपैयाँ खर्च गर्दै आए पनि खानेपानी संकटको दीर्घकालीन समाधान खोज्न नसकेको स्थानीयको आरोप छ । स्थानीयसमेत रहेका पूर्व खानेपानी डिभिजनल इन्जिनियर देवनाथ महतोका अनुसार घर–घरमा चापाकल वितरण गरेर वा साना–साना योजनामा बजेट छरेर अहिले देखिएको संकट समाधान हुन सक्दैन ।

‘अब घर–घरमा चापाकल बाँडेर मात्र खानेपानीको समस्या समाधान हुँदैन’, महतोले भने, ‘एउटा गाउँ वा टोललाई लक्षित गरेर सामूहिक बोरिङ, सानो ओभरहेड ट्याङ्की र व्यवस्थित वितरण प्रणाली निर्माण गर्न स्थानीय तहले दीर्घकालीन योजना बनाउनुपर्छ ।’ उनका अनुसार खानेपानीको स्रोत नै कमजोर हुँदै गएको अवस्थामा विगतकै शैलीमा साना योजनामा रकम खर्च गर्नुको सट्टा बस्तीको आवश्यकता र भूमिगत पानीको अवस्थालाई अध्ययन गरेर सामूहिक तथा दिगो खानेपानी आयोजना सञ्चालन गर्न आवश्यक छ ।

पानीको संकटले घरसँगै खेत पनि संकटमा
यस वर्षको लामो खडेरीले बेतौनामा खानेपानीको समस्या मात्र बढाएको छैन, कृषि उत्पादनमा समेत प्रत्यक्ष असर पार्ने जोखिम बढेको छ । पर्याप्त वर्षा नहुँदा धानखेतमा सिँचाइको माग बढेको छ भने त्यसको पूर्ति गर्न भूमिगत पानीको अत्यधिक दोहन भइरहेको छ । यही दोहनका कारण घरायसी प्रयोजनका चापाकलसमेत सुक्दै गएका छन् ।

बेतौनाको अवस्था तराई–मधेशमा बढ्दो पानी संकटको एउटा प्रतिनिधि उदाहरण बनेको स्थानीयको भनाइ छ । पछिल्ला वर्षहरूमा भूमिगत पानीको सतह निरन्तर घट्दै जाँदा विभिन्न बस्तीमा खानेपानीको समस्या गहिरिँदै गएको जानकारहरू बताउँछन् । चुरे क्षेत्रमा भइरहेको अनियन्त्रित दोहन, वर्षाको अनियमितता, लामो खडेरी, भूमिगत पानीको बढ्दो प्रयोग, परम्परागत पोखरी तथा जलाशयको अतिक्रमण र निरन्तर बढिरहेको तापक्रमले पानीको प्राकृतिक पुनर्भरण प्रक्रियामै असर पारिरहेको विज्ञहरूको भनाइ छ ।

भूमिगत पानीको सतह घट्ने क्रम नरोकिए बेतौनाजस्ता बस्तीमा आगामी दिनमा समस्या झन् जटिल बन्न सक्छ । बढ्दो तापक्रम र घट्दो पानीको सतहले तराई–मधेशमा खानेपानी, कृषि र वातावरण—तीनै क्षेत्रमा एकसाथ संकट निम्त्याउने जोखिम बढाएको छ ।

Tags: बेतौनामा पानीको चरम संकट: दुई बाल्टिन पानीका लागि घण्टौँ लाइन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित आठैजना धरौटीमा रिहा

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित आठैजना धरौटीमा रिहा

भदौ २९, २०८३
संघीय सरकारले बजेटमा वीरगंजसँग पुनः विभेद गर्यो : मेयर सिंह

भ्रष्टाचार मुद्दामा राजेशमान सिंहलाई विशेष अदालतबाट सफाइ, निलम्बित मेयर पद फुकुवा

भदौ २९, २०८३
गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि