Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

यसअघि भदौ १९ गते सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत संरचना आफैँ हटाउन आग्रह गरिएको थियो । सोहीअनुसार भदौ २७ गतेदेखि संरचना हटाउने तयारी गरिएको थियो । तर, अनुगमनका क्रममा कतिपय सम्बन्धित व्यक्तिले संरचना आफैँ हटाउन सुरु गरेको र थप समय माग गरेपछि कार्यान्वयन समितिले १५ दिनको अतिरिक्त समय दिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २९, २०८३
गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

जनकपुरधाम (धनुषा), २९ भदौ । गुठीका पोखरी तथा पोखरीका डिलमा निर्माण गरिएका अतिक्रमित संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई थप १५ दिनको समय दिइएको छ । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलका विभिन्न प्रतिवेदनले औँल्याएका अतिक्रमित पोखरीलाई चरणबद्ध रूपमा अतिक्रमणमुक्त गर्ने अभियानअन्तर्गत थप समय दिइएको हो ।

यसअघि भदौ १९ गते सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत संरचना आफैँ हटाउन आग्रह गरिएको थियो । सोहीअनुसार भदौ २७ गतेदेखि संरचना हटाउने तयारी गरिएको थियो । तर, अनुगमनका क्रममा कतिपय सम्बन्धित व्यक्तिले संरचना आफैँ हटाउन सुरु गरेको र थप समय माग गरेपछि कार्यान्वयन समितिले १५ दिनको अतिरिक्त समय दिएको हो । गुठी संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार रेखाङ्कन तथा नक्साङ्कनका आधारमा पोखरी र पोखरीका डिलमा रहेका संरचनाको अनुगमन गर्दा कतिपय संरचना आधा भागसम्म हटाउनुपर्ने अवस्था देखिएको थियो ।

तत्काल डोजर लगाएर संरचना हटाउँदा थप क्षति हुनसक्ने भएकाले सम्बन्धित व्यक्तिलाई आफैँ संरचना हटाउन समय दिइएको उनले बताए । थप समय दिइएका पोखरीमा देवान पोखरी (चन्द्रकूप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गोन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जीरो माइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्ड रहेका छन् ।

तोकिएको थप अवधिभित्र पनि अतिक्रमित संरचना पूर्णरूपमा नहटाए कार्यान्वयन समितिले आफैँ संरचना हटाउने जनाएको छ । गुठी संस्थानले यसअघि पनि नक्साङ्कनका आधारमा केही अतिक्रमित संरचना हटाइसकेको जनाएको छ ।

Tags: अतिक्रमित संरचना हटाउन ताकेता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित आठैजना धरौटीमा रिहा

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित आठैजना धरौटीमा रिहा

भदौ २९, २०८३
संघीय सरकारले बजेटमा वीरगंजसँग पुनः विभेद गर्यो : मेयर सिंह

भ्रष्टाचार मुद्दामा राजेशमान सिंहलाई विशेष अदालतबाट सफाइ, निलम्बित मेयर पद फुकुवा

भदौ २९, २०८३
गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि