Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भोटेकोशी बाढीकाे कहरः बाराका १५ जना सम्पर्कविहीन

हालसम्म प्राप्त विवरणअनुसार मकवानपुर छतिवन गाउँपालिका-४ नयाँ डुमर स्थायी ठेगाना भई बारामा बस्दै आएका मदन स्याङ्दोला लामा, बाराको परवानीपुर गाउँपालिका-५ बहुअरीका नमनारायण सिंह, कलैया उपमहानगरपालिका-२२ धोधाटोलका सत्यप्रकाश राम र आदर्श कोतवाल गाउँपालिका-१ चिउटाहाका अङ्कित पटेल सम्पर्कविहीन भएका सहायक प्रजिअ भट्टराईले जानकारी दिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ११, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

कलैया (बारा), ११ भदाै । रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका १५ जना सम्पर्कविहीन बनेका छन् । बाढीपछि रसुवाको विभिन्न स्थानमा काम तथा अन्य प्रयोजनका लागि पुगेका व्यक्ति परिवार तथा आफन्तको सम्पर्कमा नआएका बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए । “बाढीका अझ कति सम्पर्कविहीन भएका छन् त्यसको यथार्थ खोजी तथा सूचना सङ्कलन गर्ने काम सुरु गरेका छौँ”, उनले भने, “विभिन्न स्रोतबाट अहिलेसम्म १५ जना सम्पर्कविहीन भएका भन्ने सूचना सङ्कलन गरिएको छ ।” सूचना सङ्कलन कार्यलाई जारी राखिएको जनाउँदै उनले यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताए ।

हालसम्म प्राप्त विवरणअनुसार मकवानपुर छतिवन गाउँपालिका-४ नयाँ डुमर स्थायी ठेगाना भई बारामा बस्दै आएका मदन स्याङ्दोला लामा, बाराको परवानीपुर गाउँपालिका-५ बहुअरीका नमनारायण सिंह, कलैया उपमहानगरपालिका-२२ धोधाटोलका सत्यप्रकाश राम र आदर्श कोतवाल गाउँपालिका-१ चिउटाहाका अङ्कित पटेल सम्पर्कविहीन भएका सहायक प्रजिअ भट्टराईले जानकारी दिए । सहायक प्रजिअ भट्टराईका अनुसार प्रसौनी गाउँपालिका-३ का जितेन्द्रकुमार दास, कलैया उपमहानगरपालिका-२३ का श्रीनिवास मण्डल, जितपुरसिमरा उपमहानगरपालिका-१६ का रञ्जित श्रेष्ठ, करैयामाई गाउँपालिका-२ का धिरेन्द्र चौधरी, सुवर्ण गाउँपालिका-५ औरैयाका रमेशकुमार साह र सुवर्ण गाउँपालिका-४ हरैयाका रमेशकुमार यादव पनि सम्पर्कविहीन भएका छन् ।

यसैगरी, निजगढ नगरपालिका-९ शान्तिटोलका राजु बिष्ट, निजगढ नगरपालिका-९ का दिनेश परियार, कलैया उपमहानगरपालिका-६ आदर्शटोलका देवेश भट्टराई, सुवर्ण गाउँपालिका-१ का सुरजकुमार साह र निजगढ नगरपालिका-८ का उत्तम न्यौपाने भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका सहायक प्रजिअ भट्टराईले जानकारी दिए । सम्पर्कविहीन भएकामध्ये केही रसुवामा, केही भोटेकोशी क्षेत्रमा तथा केही रसुवाका जलविद्युत् आयोजना र अन्य काममा खटिएका थिए । केही व्यक्ति त्रिशूली हाइड्रोपावर तथा रसुवाका विभिन्न आयोजनामा कार्यरत रहेको जानकारी प्राप्त भएको उनले जानकारी दिए ।

भोटेकोशी नदीमा बुधबार गएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको जनाइएको छ । बाढीपछि सयौँ मानिस सम्पर्कविहीन भएको र खोज तथा उद्धार कार्य जारी रहेको छ । बाराका सम्पर्कविहीन व्यक्तिहरुको खोजी तथा अवस्थाबारे सम्बन्धित निकायमार्फत थप विवरण सङ्कलन गर्ने कार्य भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । “हामी गम्भीर भएर बाढीमा हराएका बाराका नागरिकको सूचना सङ्कलन गरिरहेका छौँ”, उनले भने, “सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्यका लागि हामी संवेदनशील भएर लागेका छौँ ।” सम्पर्कविहीन भएकाहरूको सङ्ख्या अझ बढ्न सक्ने अनुमान पनि गरिएको उनले बताए । अहिलेसम्म भेटिएका शवहरू बाढीपछि सम्पर्कविहीन बनेका बाराका व्यक्तिको नभएको उनले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय वडाध्यक्षमार्फत सम्पर्कविहीनहरूको विवरण सङ्कलन गर्ने कार्य भइरहेको प्रजिअ मिश्रले जानकारी दिनुभयो । परिवारजनले सम्पर्कविहीन व्यक्तिको अवस्था तत्काल सार्वजनिक गरी खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन आग्रह पनि गरेका छन् । रासस

Tags: भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि