गोलबजार (सिरहा), ९ भदौ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला किनारमा करिब ५० वर्षीया महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयवासीले भैँसी चराउने क्रममा खोलाको किनारमा घोप्टो परेको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।
उनको साथबाट पहिचान खुल्ने कुनै कागजातसमेत फेला नपरेको प्रहरीले जनाएको छ। मृत्युको कारण पनि तत्काल खुल्न सकेको छैन ।







प्रतिक्रिया दिनुहोस् !