वीरगंज (पर्सा), ९ भदौ । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित पर्सा राष्ट्रिय निकुञ्जको भाठामेला जाने बाटोमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका युवकको ट्याक्टरले किचेर मृत्यु भएको पुष्टि भएको छ । उनी बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ इटियाही निवासी १७ वर्षीय आकाश राम रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
निकुञ्जको चारभैया पोस्ट नजिक मंगलबार बिहान करिब ८ः३० बजे अन्दाजी २५ वर्षको पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको थियो । शव देखेपछि स्थानीयवासी तथा निकुञ्ज सुरक्षामा खटिएका नेपाली सेनाले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले शवलाई मंगलबार दिउँसो पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको थियो ।
सुरुमा मृतकको नाम, थर र ठेगाना खुल्न नसके पनि अस्पतालमा आफन्त पुगेपछि मृतकको पहिचान खुलेको हो । मृतकका बुवा अजय रामले अस्पताल पुगेर शवको शनाखत गरेका छन् ।







प्रतिक्रिया दिनुहोस् !