Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार प्रेमनाथ यादव हत्या प्रकरणका मुख्य अभियुक्त उपेन्द्र यादवविरुद्ध कर्तव्य ज्यान र संगठित अपराध तथा श्यामसुन्दर ठाकुरमाथि भएको गोली प्रहार घटनाका अभियुक्त हरी ठाकुर बरहीविरुद्ध ज्यान मार्ने उद्योग र संगठित अपराधको मुद्दा दर्ता गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २८, २०८३
भारतीय सुटर प्रयोग गरी हत्या गराएको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान

गोलबजार (सिरहा), २८ असार । भारतीय सुटर प्रयोग गरी हत्या तथा गोली प्रहार गराएको आरोप लागेका दुई अभियुक्तलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा संगठित अपराधसम्बन्धी छुट्टाछुट्टै मुद्दामा पक्राउ परेका उपेन्द्र यादव र हरी ठाकुर बरहीलाई अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश दिएको हो ।

प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार प्रेमनाथ यादव हत्या प्रकरणका मुख्य अभियुक्त उपेन्द्र यादवविरुद्ध कर्तव्य ज्यान र संगठित अपराध तथा श्यामसुन्दर ठाकुरमाथि भएको गोली प्रहार घटनाका अभियुक्त हरी ठाकुर बरहीविरुद्ध ज्यान मार्ने उद्योग र संगठित अपराधको मुद्दा दर्ता गरिएको छ ।

प्रहरीका अनुसार गत पुस १६ गते सिरहा नगरपालिका–७ स्थित मैनावती नदी किनारको बाँसघारीमा ४२ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या गरिएको थियो । अनुसन्धानका क्रममा उपेन्द्र यादवले योजनाबद्ध रूपमा भारतबाट सुटर बोलाएर हत्या गराएको खुलेपछि उनलाई गत वैशाख २७ गते पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो ।

यस्तै, गत माघ ४ गते औरही गाउँपालिका–५ स्थित जितिया मन्दिर परिसरमा श्यामसुन्दर ठाकुरमाथि भएको गोली प्रहार घटनामा पनि भारतीय सुटर प्रयोग गरिएको प्रहरीको दाबी छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हरी ठाकुर बरहीले भारतबाट सुटर मगाएर गोली प्रहार गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बरहीलाई पनि गत वैशाख २७ गते सिरहा नगरपालिका–१ स्थित हनुमानचोकबाट पक्राउ गरिएको थियो ।
प्रारम्भिक प्रमाण र अनुसन्धानका आधारमा सिरहा जिल्ला अदालतले दुवै अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय सप्तरी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि