Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वन्यजन्तु संरक्षणमा स्थानीय सहभागिता अपरिहार्यः ठोरीमा संरक्षणसम्बन्धी गोष्ठी सम्पन्न

कार्यक्रममा वन संरक्षण, वातावरणीय सन्तुलन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे विस्तृत अभिमुखीकरण तथा छलफल गरिएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १४, २०८३
वन्यजन्तु संरक्षणमा स्थानीय सहभागिता अपरिहार्यः ठोरीमा संरक्षणसम्बन्धी गोष्ठी सम्पन्न

वीरगंज (पर्सा), १४ असार । वन तथा वन्यजन्तु संरक्षणप्रति स्थानीय समुदायको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले पर्साको ठोरी गाउँपालिका–३, रामनगरमा शनिबार एकदिने संरक्षण गोष्ठी सम्पन्न भएको छ । रामनगरस्थित सिंगल ट्री रिसोर्टमा आयोजित गोष्ठी निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समिति, ठोरी–२ को आयोजनामा तथा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति, कसराको सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रममा वन संरक्षण, वातावरणीय सन्तुलन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे विस्तृत अभिमुखीकरण तथा छलफल गरिएको थियो । निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष जीवन खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् । संरक्षण अभियानमा सक्रिय स्थानीय अगुवा तथा सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रेग्मीले ठोरी क्षेत्रका बासिन्दा लामो समयदेखि वन तथा वन्यजन्तुको प्रभाव झेल्दै आएको उल्लेख गर्दै संरक्षणबाट प्राप्त हुने लाभ स्थानीय समुदायसम्म न्यायोचित रूपमा पुग्नुपर्नेमा जोड दिइन् । उनले स्थानीयमैत्री वन ऐन तथा व्यवहारिक कानुनी व्यवस्थाको अभावले संरक्षणप्रति समुदायको आकर्षण क्रमशः घट्दै गएको धारणा व्यक्त गरिन् ।

कार्यक्रमका सभापति एवं आयोजक समितिका अध्यक्ष जीवन खड्काले वन, वन्यजन्तु तथा पर्यावरण संरक्षणमा स्थानीय समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए । आयोजकका अनुसार गोष्ठीले वन संरक्षणप्रति स्थानीय तहमा सचेतना अभिवृद्धि गर्नुका साथै संरक्षण र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Tags: वन तथा वन्यजन्तु संरक्षण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

तस्करी गर्न लागिएको २ किलो अफिमसहित दुईजना पक्राउ

असार १४, २०८३
वार्तापछि टुंगियो वीरगंजका सरसफाइकर्मीको आन्दोलन, ठेकेदारको प्रतिबद्धतापछि काममा फर्किए कर्मचारी

वार्तापछि टुंगियो वीरगंजका सरसफाइकर्मीको आन्दोलन, ठेकेदारको प्रतिबद्धतापछि काममा फर्किए कर्मचारी

असार १४, २०८३
सर्वसाधारणलाई सास्ती, उद्योगीलाई मस्ती ? विद्युत प्राधिकरण वीरगंजको दोहोरो मापदण्डमाथि प्रश्न !

रातीको समयमा विद्युत ट्रिपिङको समस्याः वीरगंजका बासिन्दालाई सास्ती

असार १४, २०८३
गृहमन्त्रीको गोप्य भ्रमणः तस्करी सञ्जालमा हलचल ! प्रहरी प्रशासनको भूमिका छानबिनको घेरामा

गृहमन्त्रीको गोप्य भ्रमणः तस्करी सञ्जालमा हलचल ! प्रहरी प्रशासनको भूमिका छानबिनको घेरामा

असार १४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि