Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वन संरक्षणमा मधेशकै उत्कृष्ट बन्यो जगरनाथपुर गाउँपालिकाः १ लाख २५ हजारसहित सम्मानित

‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत सञ्चालन भएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, स्थानीय स्तरमा वन विकास, वातावरण संरक्षण तथा प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै जगरनाथपुर गाउँपालिकालाई सम्मान गरिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ९, २०८३
वन संरक्षणमा मधेशकै उत्कृष्ट बन्यो जगरनाथपुर गाउँपालिकाः १ लाख २५ हजारसहित सम्मानित

वीरगंज (पर्सा), ९ असार । पर्साको जगरनाथपुर गाउँपालिकाले वन संरक्षण, वातावरणीय व्यवस्थापन तथा स्थानीय तहस्तरमा प्रभावकारी कार्यक्रम सञ्चालन गरेको भन्दै राष्ट्रिय स्तरको सम्मान प्राप्त गरेको छ । नेपाल सरकार, कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्र, बबरमहल काठमाडौंले गाउँपालिकालाई ‘प्रशंसा तथा प्रमाण–पत्र’ सहित नगद १ लाख २५ हजार रुपैयाँ प्रदान गर्दै सम्मानित गरेको हो ।

‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत सञ्चालन भएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, स्थानीय स्तरमा वन विकास, वातावरण संरक्षण तथा प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै गाउँपालिकालाई सम्मान गरिएको हो । रेड कार्यान्वयन केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा परियोजनाअन्तर्गत सञ्चालन भएका गतिविधिहरूको मूल्यांकनका आधारमा मधेश प्रदेशभरका स्थानीय तहमध्ये जगरनाथपुर गाउँपालिका उत्कृष्ट ठहरिएको हो । सो उपलब्धिका आधारमा गाउँपालिकालाई प्रशंसा–पत्रसहित नगद पुरस्कार प्रदान गरिएको केन्द्रले जनाएको छ ।

सम्मानपत्रमा गाउँपालिकाले वन संरक्षण, हरियाली प्रवद्र्धन, वातावरणीय सन्तुलन कायम राख्न तथा प्राकृतिक स्रोतको संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ । साथै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिँदै वातावरण संरक्षणका क्षेत्रमा नमूना कार्य गर्न शुभकामना व्यक्त गरिएको छ । वन तथा वातावरण संरक्षणका क्षेत्रमा प्राप्त यो सम्मानले जगरनाथपुर गाउँपालिकाको छवि थप उचो बनाएको स्थानीयवासीको भनाइ छ । गाउँपालिकाले पछिल्ला वर्षहरूमा वृक्षारोपण, सामुदायिक वन संरक्षण, वातावरणमैत्री विकास कार्यक्रम तथा जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले यो सम्मान सम्पूर्ण गाउँवासीको साझा उपलब्धि भएको बताएका छन् । उनीहरूले वन तथा वातावरण संरक्षणलाई विकासको आधार मानी आगामी दिनमा पनि संरक्षणमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । मधेश प्रदेशमै उत्कृष्ट स्थानीय तहको रूपमा प्राप्त यो सम्मानले जगरनाथपुर गाउँपालिकालाई वातावरण संरक्षण र दिगो विकासका क्षेत्रमा थप जिम्मेवार र सक्रिय बन्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

Tags: जगरनाथपुर गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि