Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आचारसंहिता विपरीत गतिविधिप्रति प्रेस काउन्सिल नेपालको चासो, जिम्मेवार पत्रकारिता गर्न आग्रह

केही अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्लेटफर्महरूमा तथ्यहीन, भ्रामक, आपसी द्वेष फैलाउने तथा गालीगलौजपूर्ण सामग्री उत्पादन र प्रसारण गर्ने प्रवृत्ति बढ्दै गएको छ । यस्ता सामग्रीहरूलाई दर्शक संख्या बढाउने र आर्थिक लाभ (मोनिटाइजेशन) केन्द्रित उद्देश्यले प्रसारण गरिनु पत्रकारिताको मूल मर्मविपरीत भएको काउन्सिलले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ८, २०८३
सदस्यता वितरणमा कडाई गर्न पत्रकार महासंघलाई प्रेस काउन्सिलको आग्रह

वीरगंज (पर्सा), ८ असार । प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रभित्र बढ्दै गइरहेका आचारसंहिता विपरीत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र मर्यादित व्यवहार अपनाउन आग्रह गरेको हो ।

काउन्सिलका अनुसार पछिल्लो समय केही सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पत्रकारिता पेशाको आचारसंहिता र मर्यादाविपरीत गतिविधि हुने क्रम बढ्दो छ । विशेषगरी अनुमति बिना विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र कार्यक्रमस्थलमा प्रवेश गर्ने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, विवाद तथा हातपातका घटनालाई सामाजिक सञ्जालमा प्रचारप्रसार गर्ने तथा अश्लील र गैरजिम्मेवार सामग्रीलाई प्राथमिकता दिने प्रवृत्तिले पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठाएको काउन्सिलको भनाइ छ ।

विज्ञप्तिमा केही अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्लेटफर्महरूमा तथ्यहीन, भ्रामक, आपसी द्वेष फैलाउने तथा गालीगलौजपूर्ण सामग्री उत्पादन र प्रसारण गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ । यस्ता सामग्रीहरूलाई दर्शक संख्या बढाउने र आर्थिक लाभ (मोनिटाइजेशन) केन्द्रित उद्देश्यले प्रसारण गरिनु पत्रकारिताको मूल मर्मविपरीत भएको काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिलले यस्ता गैरजिम्मेवार गतिविधिले पत्रकारिता क्षेत्रको गरिमा, विश्वसनीयता र स्थापित मर्यादामा नकारात्मक असर पारिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । पत्रकारिताको संवेदनशीलता, सत्यतथ्य, निष्पक्षता, सन्तुलन र जिम्मेवारीलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिइएको छ ।

काउन्सिलले सम्पूर्ण सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आचारसंहिताको दायराभित्र रही सत्य, तथ्य र जिम्मेवारीबोधका साथ सामग्री उत्पादन तथा प्रसारण गर्न आग्रह गरेको छ । सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा पत्रकारिताको विश्वसनीयता जोगाउन सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरिएको छ ।

Tags: पत्रकारिताको मर्यादा जोगाउन काउन्सिलको चेतावनी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सदस्यता वितरणमा कडाई गर्न पत्रकार महासंघलाई प्रेस काउन्सिलको आग्रह

आचारसंहिता विपरीत गतिविधिप्रति प्रेस काउन्सिल नेपालको चासो, जिम्मेवार पत्रकारिता गर्न आग्रह

असार ८, २०८३
ईशनाथ नगरपालिकाको १३औँ नगरसभा सम्पन्न, विकास निर्माणलाई प्राथमिकता

ईशनाथ नगरपालिकाको १३औँ नगरसभा सम्पन्न, विकास निर्माणलाई प्राथमिकता

असार ८, २०८३
ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ

ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ

असार ८, २०८३
अतिक्रमित सडक खाली गर्न सडक डिभिजन कार्यालयको पुनः अर्को सूचना

अतिक्रमित सडक खाली गर्न सडक डिभिजन कार्यालयको पुनः अर्को सूचना

असार ८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि